बेलायत बस्दै आएका गायक केसी झुण्डिएको अवस्थामा फेला
- आइतबार, २६ पुष, २०७७
- 1 week ago
- युके

लण्डन । करिब डेढ दशकदेखि बेलायतको लण्डनमा बस्दै आएका गायक बद्री केसी मृत भेटिएका छन् ।
शुक्रबार उपराह्न ४ बजे आफ्नो फेसबुकमा आफ्ना साथी, परिवार र संसारलाई गुडबाई लेखेका केसी आफ्नो कार्यस्थलको हातामा रहेको रुखमा झुण्डिएको अवस्था भेटिएको समाजसेवी एवं पाल्पा समाज युकेका अध्यक्ष बाचस्पति रेग्मीले जानकारी दिए ।
पोखरा स्थायी घर भएका ३२ वर्षीय केसी अध्ययनका क्रममा बेलायत आएका थिए । केही वर्षअघि नेपाल नै बस्ने गरी फर्किएका केसी पुनः बेलायत फर्किएका थिए । लण्डनको मिलहिल स्कूलको क्याटरिङमा काम गर्दै आएका केसी लण्डनको चिरपरिचित गायक थिए ।
उनी पाँच वर्ष अल्टरसटको नीरमाया दोहोरी साँझमा दोहोरी गायकका रूपमा काम गर्थे भने पछि लण्डन सरेर स्कूलमा काम गर्दै आएका थिए । आत्महत्याको कारण अझै खुल्न सकेको छैन भने घटनाबारे लण्डन प्रहरीले अनुसन्धान थालेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सत्ता सम्हालेसँगै विडेनले उल्टाए ट्रम्पका यी निर्णयहरु
- 22 seconds ago

एजेन्सी । अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित जो बाइडेनले क्यापिटोल हिलमा बुधबार आयोजित समारोहमा पद तथा गोपनीयताको सपथ लिए ।
बलिउडका ती अभिनेत्रीहरु जसले हिरोसँग नभई भिलेनसँग विवाह गरे
- 11 minutes ago

एजेन्सी । बलिउड इन्डस्ट्रीका कैयौं अभिनेत्रीहरुले कलाकारसँग नै बिहे गरेका छन् । तीमध्ये कसैले पर्दामा हिरोको भूमिकामा देखा पर्नेसँग नभई भिलेनको भूमिकामा देखा पर्ने कलाकारसँग बिहे गरेका छन् ।
पूर्व राष्ट्रपति ट्रम्प फ्लोरिडामा
- 11 minutes ago

यसैबीच, अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प नवनिर्वाचित राष्ट्रपति जो बाइडेनको सपथ ग्रहण समारोहमा सहभागी समेत नभई ह्वाइट हाउसबाट बुधबार बिहान गृहराज्य फ्लोरिडातर्फ प्रस्थान गरे ।
पर्यटन
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।
जीवनशैली
वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
विचित्र विश्व
जब रक्सीले मात्तिएका पिताले आफ्नो १० वर्षिय छोरालाई जिउँदै जलाउने प्रयास गरे

एजेन्सी । भारतस्थित हैदराबादको कुकटपल्लीमा एक जना पिताले आफ्नो १० वर्षिय छोरालाई जिउँदै जलाउने प्रयास गरेका छन् । रक्सीले मात्तिएका उनले आफ्नो छोरालाई जिउँदै जलाउने प्रयास गरेका हुन् ।