'५० लाख बालबालिकाको मृत्यु'

Global IME
Norvic Hospital

पेरिस । अफ्रिकामा जारी सशस्त्र द्वन्द्वबाट सिर्जित चोटपटक, रोग र भोकका कारण सन् १९९५ देखि २०१५ सम्मका २० वर्षको अवधिमा पाँच वर्षमुनिका करिब ५० लाख बालबालिकाको मृत्यु भएको एक अध्ययनले देखाएको छ । 

 

अध्ययनमा, यीमध्ये १२ महिना वा सोभन्दा कम उमेरका शिशुमात्र ३० लाख रहेका छन् । 

 

विश्व प्रसिद्ध द ल्यान्सेट मेडिकल जर्नलमा प्रकाशित अनुसन्धानमा मृत्यु भएका बालबालिकाको एकएक गणना नगरिएको, तर अफ्रिकामा भएका १५,४४१ वटा द्वन्द्वको विश्लेषण गरिएको उल्लेख छ । यो द्वन्द्वमा झण्डै दशलाख मानिसको मृत्यु भएको थियो । ल्यान्सेटमा यिनै मृत्यु भएका व्यक्ति, बालबालिकाको जन्म र मृत्यु दर्तालाई अनुसन्धानमा समेटिएको छ । 

 

अनुसन्धाताहरुले १०० किलोमिटरको वरिपरिको क्षेत्रभित्र हुने बालमृत्यु तथा आठ वर्षसम्मको सशस्त्र द्वन्द्वका जोखिमलाई ध्यान दिएर तथ्याँक सङ्कलन गरेका थिए । यही आधारमा उनीहरुले अफ्रिकाका धेरै युद्धहरुमा बालमृत्युका घटनाको तथ्याँक विश्लेषण गरेका छन् । 

 

प्रतिवेदन लेखकहरुका अनुसार विगतमा अनुमान गरिएभन्दा बालमृत्युको संख्या बढेको पाइएको छ । “अरु कुनै महादेशमा भन्दा अफ्रिकी महादेशमा विगत ३० वर्षमा बढी दर्दनाक सशस्त्र द्वन्द्वहरु भइरहेका छन्,” उनीहरुले लेखेका छन् । 

 

“यस विश्लेषणमा भनिएको छ, सशस्त्र द्वन्द्वको प्रभाव लडाकूको मृत्यु र भौतिक विनाशभन्दा बढी बालबालिकाको मृत्युको जोखिम हुन्छ र यसको प्रभाव लामो समयसम्म पर्दछ ।” 

 

बालबालिकालाई प्रत्यक्ष घाउचोट लाग्नुका अलावा द्वन्द्वका कारण धेरै वर्षसम्म बालमृत्यु र पुड्कोपनका समस्या आइरहेको हुन्छ, प्रतिवेदनमा भनिएको छ । 

 

गर्भवती महिला र नवजात शिशुका लागि उपचार सेवाको अभाव, सरसफाई सेवा र खानेपानीको प्रबन्धको व्यवस्थाको अभावमा फैलिने रोग तथा खाद्यान्न अभावका कारण कुपोषण तथा औषधिको अभावका कारण पनि आममहिलाको मृत्यु हुनुका साथै बालमृत्यु हुने गर्दछ । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

  • 3 hours ago
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत पाएका छन्। सोमबारको संसद बैठकमा उपस्थित २६२ सांसदमध्ये १७२ जनाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका हुन्।

विश्वासको मतका लागि पेस भएको प्रस्तावमाथि निर्णय प्रक्रिया सुरु

  • 4 hours ago
विश्वासको मतका लागि पेस भएको प्रस्तावमाथि निर्णय प्रक्रिया सुरु

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न पेस गरेको प्रस्तावमाथि मतविभाजन प्रक्रिया सुरु भएको छ ।

ओलीजीलाई मैले दुईपटक प्रधानमन्त्री बनाएँ, ब्याज तिर्नुभयो, एउटा अझै बाँकी छः प्रधानमन्त्री

  • 4 hours ago
ओलीजीलाई मैले दुईपटक प्रधानमन्त्री बनाएँ, ब्याज तिर्नुभयो, एउटा अझै बाँकी छः प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अझै एक पटक प्रधानमन्त्री बनाउन बाँकी रहेको बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने क्रमम



पर्यटन

महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ । पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यका साथ रू एक करोड ५० लाखको लगानीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा आएको हो ।

जीवनशैली

काजु खानुका यस्ता छन् फाइदाहरु

काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।

विचित्र विश्व

वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले ब्रह्माण्डको रहस्य जान्न वर्षौंदेखि अनुसन्धान गरिरहेका छन् । यस क्रममा वैज्ञानिकहरूले धेरै रहस्यमय वस्तुहरू पत्ता लगाउँछन् । वैज्ञानिकहरूले अब एउटा ग्रह पत्ता लगाएका छन् जसमा जीवनको सम्भावना छ ।