ग्यास आक्रमणमा सम्लग्न धार्मिक नेतासहित छ जनालाई मृत्युदण्ड

Global IME
Norvic Hospital

जापान । करिब २३ वर्ष पहिले जापानमा राजधानी टोकियोको भूमिगत रेलमार्गमा विष्फोट गराउने समूहका समूह नेतासहित सातजनालाई मृत्युदण्ड दिइएको छ । 

 

१३ जनाको ज्यान लिनेगरी स्नायु प्रणालीमा असर गर्ने घातक ग्यास (सारिन) को प्रयोग गरी गराइएको विष्फोटनमा जिम्मेवार रहेको अभियोगमा ओम् शिन्रिक्यो समूहका संस्थापक नेता शोको आसाहरासहित छ जनालाई मृत्युदण्ड दिइएको शुक्रबार जापानी न्यायमन्त्री योको कामिकावाले बताए । 

 

ओम् शिन्रिक्योको अर्थ सर्वोच्च सत्य बताउने उक्त धार्मिक संस्थाले सन् १९८० को दशकमा बौद्ध, हिन्दू तथा इसाई धर्मका मतलाई मिलाएर केही नयाँ धार्मिक अवधारणाको विकास गरेको मानिन्छ ।

 

उक्त समूहका संस्थापक शोको आसशाराले आफूलाई क्राइस्ट र बुद्धपछि पहिलो पटक ‘ज्ञान प्राप्त भएको’ बताउने गरेका थिए । 

 

सन् १९९५ मा भएको सारिन ग्यास आक्रमणमा सम्लग्न दोषीमाथि भएको यो पहिलो मृत्युदण्डको सजाय हो । 

 

उक्त घटनामा १३ जनाको मृत्यु भएको थियो भने हजारौँ विषालु ग्यासका कारण विरामी परेका थिए । यसै घटनामा सम्लग्न छ जनामाथिको मुद्दाको अझै निर्णय आउन बाँकी छ । 

 

जापान मृत्युदण्डलाई निरन्तरता दिने विश्वका केही विकसित मुलुकमध्ये एक मानिन्छ । विश्वव्यापी रूपमा मृत्युदण्डको प्रावधानलाई लिएर आलोचना हुने गरेपनि स्थानीय स्तरमा उक्त प्रावधानको पक्षमा राम्रो जनमत रहेको बताउने गरिन्छ ।

 

सारिन हमलामा मारिएका व्यक्तिहरूका आफन्त तथा घाइतेहरूले ओम् शिन्रिक्यो समूहका संस्थापक नेता शोको आसाहरालाई दिइएको मृत्युदण्डको स्वागत गरेका छन् । 

 

“मैले शान्तपूर्वक नै प्रतिक्रिया जनाएको छु । तर मलाई महशुस भएको छ कि संसार विस्तारै उज्ज्वल बनिरहेको छ,” सारिन हमलामा घाइते भएका एक फिल्म निर्देशक आत्सुसी साकाहाराले भने । 

 

“म धेरै वर्षसम्म पीडामा थिएँ,” उनले एएफपीसँगको कुराकानीमा बताए । “उक्त घटनालाई सधैँका लागि बिर्सन असम्भव नै छ तर दोषीलाई दिइएको मृत्युदण्डले एक किसिमको राहत मिलेको छ ।” 

 

उक्त घटनामा पति गुमाएकी सिजुई ताकाहासीले आसाहरालाई दिइएको मृत्युदण्ड पूर्णरूपले सही भएको बताए । 

 

ताकाहासीले भने, “निश्चय नै उनले मृत्युदण्ड पाउनु नै पथ्र्यो । त्यसैले म उनको मृत्युका लागि दुःख मान्नुपर्ने कुनै कारण रहेन ।”

 

ओम् शिन्रिक्योले सन् १९८९ मा जापानमा धार्मिक संस्थाको मान्यता पाएको थियो र उसका अनुयायीहरू उल्लेख्य संख्यामा विश्वभरि थिए । उक्त संस्था आफ्नो उचाइमा हुँदा दशौँ हजार समर्थक भएको बताइने गर्छ । 

 

तर बिस्तारै उक्त समूह विश्व समाप्त हुने अवधारणातर्फ लाग्यो र विश्वव्यापी युद्धका कारण पृथ्वी मासिने र आफूहरूमात्रै जीवित रहने विश्वास गर्न थाल्यो । सन् १९९५ को आक्रमणपछि उक्त सम्प्रदाय भूमिगत भयो र ’एलेफ’ र ’हिकारी नो वा’ भनेर पुर्ननामकरण गरी संगठन विस्तारमा लाग्यो । 

 

ओम् शिन्रिक्योलाई संयुक्त राज्य अमेरिका र अन्य कैयौँ देशहरूले आतङ्कवादी संगठनको सूचीमा राखेका भएपनि जापानमा वैध मानिन्छन् । तर जापानले तिनलाई ‘खतरनाक धर्म’ मानेर निगरानी गर्ने गरिएको पाइन्छ । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

लुम्बिनीमा माओवादीले समर्थन फिर्ता लिँदै, संसदीय दलको बैठक आह्वान

  • 3 minutes ago
लुम्बिनीमा माओवादीले समर्थन फिर्ता लिँदै, संसदीय दलको बैठक आह्वान

लुम्बिनी प्रदेश सरकारको मुख्य साझेदार दल नेकपा (माओवादी केन्द्र)ले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । उक्त विषयमा निर्णय लिन आज संसदीय दलको बैठक आह्वान गरिएको छ । आज दिउ

चर्चित फुटबलर ओजिलद्वारा सन्यासको घोषणा, भावुक हुँदै के भने ?

  • 27 minutes ago
चर्चित फुटबलर ओजिलद्वारा सन्यासको घोषणा, भावुक हुँदै के भने ?

जर्मनीका पूर्व मिडफिल्डर मेसुट ओजिलले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । आर्सनल, रियल मड्रिड र जर्मनीका पूर्व मिडफिल्डर ओजिल पछिल्लो समय टर्किस क्लब इस्तानबुल बसाकसेहिरमा आवद्ध थिए ।

मेघ गर्जनसहित वर्षाको सम्भावना

  • 1 hour ago
मेघ गर्जनसहित वर्षाको सम्भावना

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । यसका कारण देशका पहाडी भू–भागमा आंशिक बदली छ ।



पर्यटन

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।

जीवनशैली

काजु खानुका यस्ता छन् फाइदाहरु

काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।