मानसरोवर यात्रामा गएका भारतीय तीर्थयात्रुको लेक लागेर मृत्यु

Global IME
Norvic Hospital
सांकेतिक तस्वीर

रसुवा । रसुवागढी नाका हुँदै चीनको मानसरोवर यात्रामा गएका एक भारतीय तीर्थयात्रुको लेक लागेर चिनियाँ भूभागमा मृत्यु भएको छ ।

 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष श्रेष्ठका अनुसार लेक लागेर मृत्यु हुनेमा भारतीय नागरिक ५९ वर्षका सुन्दरापन्डियन पन्नाय रहेका छन् ।

 

यही जेठ १२ गते चिनियाँ भूभागमा मृत्यु भएको र रसुवागढी नाकाबाट नेपाल भित्र्याइएपछि शव परीक्षणका लागि स्थलमार्ग हुँदै काठमाडौँ पठाइएको प्रहरी प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

 

यसैगरी चिनियाँ मोहडाबाट सगरमाथा आरोहण गर्न गएका एक आयरल्याण्डका नागरिकको निधन भएको छ । मृत्यु हुनेमा वर्ष ५६ का केभिन्ज र्‍याड रहेको प्रहरीले जनाएको छ ।

 

प्रहरीका अनुसार र्‍याड सगरमाथा आरोहणका लागि हवाई मार्गमार्फत चीनको ल्हासा हुँदै गएका हुन् । निधनपछि केरूङ हुँदै रसुवागढीबाट शव नेपाल भित्र्याइएको बताइएको छ ।

 

मृत्युको कारण खुल्न नसकेको र शव परीक्षणका लागि कैलाश एयरको हेलिकोप्टरमार्फत त्रिवि शिक्षण अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ । (रासस)


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

  • 4 hours ago
प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदबाट विश्वासको मत पाएका छन्। सोमबारको संसद बैठकमा उपस्थित २६२ सांसदमध्ये १७२ जनाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका हुन्।

विश्वासको मतका लागि पेस भएको प्रस्तावमाथि निर्णय प्रक्रिया सुरु

  • 4 hours ago
विश्वासको मतका लागि पेस भएको प्रस्तावमाथि निर्णय प्रक्रिया सुरु

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट विश्वास प्राप्त गर्न पेस गरेको प्रस्तावमाथि मतविभाजन प्रक्रिया सुरु भएको छ ।

ओलीजीलाई मैले दुईपटक प्रधानमन्त्री बनाएँ, ब्याज तिर्नुभयो, एउटा अझै बाँकी छः प्रधानमन्त्री

  • 4 hours ago
ओलीजीलाई मैले दुईपटक प्रधानमन्त्री बनाएँ, ब्याज तिर्नुभयो, एउटा अझै बाँकी छः प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अझै एक पटक प्रधानमन्त्री बनाउन बाँकी रहेको बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने क्रमम



पर्यटन

महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालन

कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा ‘एयरक्राफ्ट म्युजियम’ सञ्चालनमा आएको छ । पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यका साथ रू एक करोड ५० लाखको लगानीमा एयरक्राफ्ट म्युजियम सञ्चालनमा आएको हो ।

जीवनशैली

काजु खानुका यस्ता छन् फाइदाहरु

काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।

विचित्र विश्व

वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले पत्ता लगाए नयाँ ग्रह, जहाँ मानिस बस्न सक्छन्

वैज्ञानिकहरूले ब्रह्माण्डको रहस्य जान्न वर्षौंदेखि अनुसन्धान गरिरहेका छन् । यस क्रममा वैज्ञानिकहरूले धेरै रहस्यमय वस्तुहरू पत्ता लगाउँछन् । वैज्ञानिकहरूले अब एउटा ग्रह पत्ता लगाएका छन् जसमा जीवनको सम्भावना छ ।