विश्वका कतिवटा देशमा फैलियो कोरोना भाइरसको डेल्टा भेरियन्ट ?

सांकेतिक तस्बिर

एजेन्सी । विश्वभरी कोरोनाभाइरसबाट सङ्क्रमितको साप्ताहिक सङ्ख्या बढ्दै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशत बृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन् । त्यस हप्ता ३८ लाख मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका थिए ।   

 

संयुक्त राष्ट्रसंघको स्वास्थ्य सम्वन्धी निकायको रुपमा रहेको विश्व स्वास्थ्य सङ्गठनले कतिपय क्षेत्रमा ३० प्रतिशतसम्म सङ्क्रमितको सङ्ख्यामा बृद्धि भएको जनाएको छ । पछिल्लो हप्ता दैनिक विश्वभरी पाँच लाख ४० हजार सङ्क्रमित भएका छन् । त्यसअघि चार लाख ९० हजार औसतमा दैनिक सङ्क्रमित भएको डब्लएचओको भनाई छ ।  

 

त्यसैगरी अघिल्लो हप्ताको तुलनामा गत हप्ता मृत्यु भएकाहरुको सङ्ख्यामा पनि थोरै बृद्धि भएको डब्लुएचओका अधिकारीहरुले जनाएका छन् । डब्लुएचओले विश्वका १३२ देशमा कोरोनाभाइरसको डेल्टा भेरियन्ट फैलिएको पनि जानकारी दिएको छ । त्यसैगरी अल्फा भेरियन्ट १८२ देशमा, बेटा भेरियन्ट १३१ देशमा र गाम्मा भेरियन्ट ८१ देशमा पुगेको पनि डब्लुएचओले जनाएको छ ।  

 

सङ्क्रमितहरुको कुल सङ्ख्याका आधारमा अमेरिका सवैभन्दा अगाडि रहेको छ भने भारत, ब्राजिल, रुस, फ्रान्स, बेलायतलगायतका देशहरुले क्रमशः अमेरिकालाई पछ्याइरहेका छन् ।कतिपय देशहरुमा कोरोनाभाइरसको चौथो चरणको महामारी समेत सुरु भएको छ ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सुमेरु हस्पिटललाई कारबाही

  • 4 hours ago
सुमेरु हस्पिटललाई कारबाही

काठमाडौँ । ललितपुरस्थित सुमेरु अस्पताललाई कारबाही गरिएको छ । एन्टिजेन परीक्षणमा तोकिएभन्दा बढी शुल्क लिएको भन्दै कारबाही गरिएको हो । ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनु

ओलीको दाबीः जनतामा जान पार्टीसँग थुप्रै एजेण्डा छन्

  • 4 hours ago
ओलीको दाबीः जनतामा जान पार्टीसँग थुप्रै एजेण्डा छन्

काठमाडौँ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले जनतामा जान पार्टीसँग थुप्रै एजेण्डा भएको दाबी गरेका छन्। आइतबार केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन् । ओलीले एमालेले स

नवजीवन अस्पतालमा एक जना सुत्केरीको मृत्यु

  • 4 hours ago
नवजीवन अस्पतालमा एक जना सुत्केरीको मृत्यु

कैलाली । कैलालीको धनगढीस्थित नवजीवन अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ । मृत्यु हुनेमा डोटीको शिखर नगरपालिका–६ की २६ वर्षीया कल्पनासिंह मल्ल रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।



पर्यटन

खुल्यो मुक्तिनाथ मन्दिर

खुल्यो मुक्तिनाथ मन्दिर

म्याग्दी । मुस्ताङस्थित हिन्दू र बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल प्रसिद्ध मुक्तिनाथ मन्दिर आजदेखि खुला गरिएको छ ।

जीवनशैली

दैनिक रक्सी पिउनुहुन्छ -पहिले यो पढ्नुहोस्

दैनिक रक्सी पिउनुहुन्छ -पहिले यो पढ्नुहोस्

एजेन्सी । अल्कोहलबाट केही समयको लागि खुसी मिले पनि यो लामो समयका लागि हानिकारक हुने एक अध्ययनले देखाएको छ । अल्कोहोल पिउनेहरुलाई अल्कोहल पिउँदा नपिउनेहरुभन्दा धेरै खुसी मिल्नेगर्छ । तर, खुसी हुनका लागि पिउनेहरु जसलाई अल्कोहलको लत लागेको छ उनीहरु आफ्नो जीवनदेखि कम सन्तुष्ट हुन्छन् ।

विचित्र विश्व

जब प्रेमीले प्रेमिकाको आँखामा ग्लु राखिदिए...

जब प्रेमीले प्रेमिकाको आँखामा ग्लु राखिदिए...

एजेन्सी । ब्राजिलमा एउटा अनौठो घटना घटेको छ । एक जना प्रेमीले झुक्किएर आफ्नी प्रेमिकाको आँखामा ग्लु राखिदिन पुगे । ५५ वर्षिय रेजिना अर्नामा दर्दनाक रोग ग्लुकोमाबाट शिकार छिन् । उनलाई दैनिक आइड्रप राख्नुपर्छ ।