पेनाल्टीमा डेनमार्कलाई हराउँदै क्रोएशिया विश्वकपको क्वार्टरफाइनलमा

काठमाडौं । क्रोएशियाले पनि विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाएको छ । आइतबार राति सम्पन्न खेलमा डेनमार्कलाई पेनाल्टी सुटआउटमा हराउँदै क्रोएशिया विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
खेलमा डेनमार्कले खेलको पहिलो मिनेटमा नै अग्रता लिएको थियो । डेनमार्कको लागि माथिस जार्डेसनले गोल गरे । तर, चौथो मिनेटमा नै क्रोएशियाको लागि मारियो मान्जुकीले बराबरी गोल फर्कायो ।
खेलको पहिलो हाफमा १–१ गोलमा सकिएको खेलको दोस्रो हाफमा मात्रै होइन खेलको अतिरिक्त समयमा पनि थप गोल हुन नसक्दा खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टी सुट आउटमा क्रोएशिया ३–२ गोलले विजयी भएको हो ।
खेलमा सुरुको सुरुमा नै क्रोएशियाका लुका मोड्रिचको पेनाल्टी डेनिस गोलकिपरले रोकेका थिए । त्यस्तै, क्रोएशियाको लागि मिलान बाडेड तथा जोसिप पिभारिकले पनि पेनाल्टीमा गोल गर्न सकेनन् । भन एन्ड्रेज कर्मारिक, लुका मोड्रिचको दोस्रो प्रहार तथा इभान राकेटिचको प्रहार गोलमा परिणत भएको थियो । त्यस्तै डेनमार्कको लागि क्रिस्टियन एरिक्सन, लास्ेि स्कोन तथा निकोलास गार्गेसनको प्रहार विफल भएको थियो । डेनमार्कको लागि सिमोन कायर तथा माइकल क्रोन डेको प्रहार गोलमा परिणत भएको थियो ।
क्रोएशियाको लायि इभान राकेटिचले गरेको गोल नै निर्णयक बन्यो । त्यसोत क्रोएशियाका गोलकिपर सुबासिकले पनि उत्कृष्ट बचाउ गरेका थिए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सामाजिक सञ्जालको नियमन हुनुपर्छः प्रमुख आयुक्त थपलिया
- 16 hours ago

काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल पनि आमसञ्चार माध्यमको रुपमा स्थापित हुन खोजिरहेको उल्लेख गर
स्वास्थ्य सचिव पोखरेलद्वारा सिएमसी क्यान्सर इन्स्टिच्यूट उद्घाटन
- 16 hours ago

चितवन। चितवन मेडिकल कलेजले स्थापना गरेको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’को आज औपचारिक उद्घाटन गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेले एक कार्यक्रमकाबीच इन्स्टिच्यूट उद्घाटटन
पर्यटन
खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस
जीवनशैली
काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।