प्रधानमन्त्री देउवा गृहजिल्लामा व्यस्त, आज दुई चुनावीसभालाई सम्बोधन गर्ने
- शुक्रबार, १८ कार्तिक, २०७९
- 3 months ago
- राजनीति

डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज दुईवटा चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ । उनले नवदुर्गा गाउँपालिका र गृहपालिका गन्यापधुराको चुनावीसभालाई सम्बोधन गर्दै छन् ।
सत्ता गठबन्धनका उमेदवारलाई जिताउनका लागि माहोल तयार पार्न प्रधानमन्त्री देउवा बिहीबारदेखि डडेल्धुरामा छन् । उनले जिल्ला सदरमुकामको चुनावी आमसभालाई बिहीबार सम्बोधन गरिसकेका छन् । प्रधानमन्त्री देउवा यही कात्तिक २२ गतेसम्म जिल्लामा रहने कार्यक्रम तय भएको छ । उनी सातवटा चुनावीसभामा सहभागी हुनेछन् ।
प्रधानमन्त्री देउवाले गठबन्धनका साथै कांग्रेस नेता तथा कार्यकर्तासित भेटघाट गर्ने कार्यक्रम छ । चुनावीसभालाई प्रधानमन्त्री देउवासँगै कांग्रेस केन्द्रीय सदस्य एवं उनका धर्मपत्नी डा आरजु देउवा, केन्द्रीय सदस्य नैनसिंह महर, माओवादी केन्द्रका तर्फबाट प्रदेशसभा (क) का उम्मेदवार खगराज भट्ट, प्रदेशसभा (ख) का उम्मेदवार एवं सुदूरपश्चिम प्रदेशका समाजिक विकासमन्त्री गोविन्दराज बोहरा, नेकपा (एकीकृत समाजवादी)की नेतृ निरा जैरु, जनमोर्चाका नेता नन्दराज भट्टलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको संयुक्त वाम–लोकतान्त्रिक गठवन्धनका चुनावी संयोजक भीमबहादुर साउदले जानकारी दिए ।
कांग्रेस डडेलधुराका सभापतिसमेत रहेका साउदका अनुसार प्रधानमन्त्री देउवाले आज बिहान नवदुर्गा गाउँपालिकाको खुनी र दिउँसो गन्यापधुरा गाउँपालिकाको बडाल, कात्तिक १९ गते अजयमेरु गाउँपालिकाको भद्रपुर र भागेश्वर गाउँपालिकाको रुपाल तथा कात्तिक २० गते आलिताल गाउँपालिकाको गोदाम र परशुराम नगरपालिकाको जोगबुढामा गठबन्धनले आयोजना गर्ने चुनावीसभालाई सम्बोधन गर्नेछन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
टर्कीमा पुनः भूकम्पको धक्का महसुस
- 41 seconds ago

एजेन्सी । टर्कीमा (फेब्रुअरी ७) पुनः भूकम्पको धक्का महसुस गरिएको छ । टर्कीमा २४ घण्टामा चौथो पटक पराकम्पन गएको मिडिया रिपोर्टमा उल्लेख छ ।
मधेश प्रदेश सरकारले पायो पूर्णता, माओवादीबाट दुई मन्त्री थप
- 8 minutes ago

मधेश प्रदेश सरकारले पूर्णता पाउने भएको छ । नेकपा (माओवादी केन्द्र)बाट दुई जना मधेस प्रदेश सरकारमा सहभागी हुने भएका हुन् । उद्योग, पर्यटन तथा वन मन्त्रालय सुनिता यादवले सम्हाल्ने भएकी छिन् भने राज्यमन्
गण्डकी प्रदेशसभाको बैठक बस्दै
- 39 minutes ago

गण्डकी प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बस्ने भएको छ । बैठकमा ‘विनियोजन ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’माथि छलफल हुने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका कानुन अधिकृत कुमार रिजालले जानक
पर्यटन
पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति

कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।
जीवनशैली
ध्यान गर्नुका फाइदाहरु

पछिल्लो समय ध्यानको लोकप्रियता बढ्दै गएको छ । धेरै मानिसहरूलाई यसबाट स्वास्थ्य लाभहरू प्राप्त हुनेबारे थाहा भएसँगै ध्यानको महत्व बढ्दै गएको छ । यसलाई तनाव कम गर्न र एकाग्रता विकास गर्ने तरिकाको रूपमा लिइन्छ ।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।