‘विकास भनेकै बाटो’

Norvic Hospital

नारायणपुर । दाङकै विकट गाउँपालिका बंगलाचुली २ टाकुराका स्थानीयवासीलाई दैनिक उपभोग्य वस्तुहरु बजारबाट बोकेरै ल्याउनुपथ्र्यो । गाउँका बिरामीलाई समेत बोकेर ल्याउने लैजाने गर्नुपर्ने समस्याबाट पीडित थिए टाकुरावासी । तर, स्थानीय सरकार गठन भएपछि पहिलो प्राथमिकता सडक निर्माणले पायो । 

 

अहिले टाकुरा गाउँमा पहिलो पटक गाडी पुगेको छ । घोराही स्यूजा सडक खण्डको पुरुङछेडाबाट करीब पाँच किलोमिटर सडक बनाई टाकुरा गाउँको जेमुरेसम्म सडक पुगेको गाउँपालिकाका सदस्य भीमकुमार बुढाले जानकारी दिनुभयो । गाडी पुगेपछि अब त्यहाँका नागरिकलाई घोराही आउन जान, गाउँमा उत्पादित वस्तु बिक्रीका लागि बोकेर बजार ल्याउनुपर्ने बाध्यता हटेको छ । “घोराहीको नजीकै भए पनि अहिलेसम्म गाउँमा गाडी आएको थिएन,” उहाँले भन्नुभयो – “तर अहिले स्थानीय सरकार आएपछि गाउँमा बस आयो, खुशीले गद्गद् छौं ।” 

 

जिल्लाका सबै स्थानीय सरकारहरुले विकासको पहिलो आधार सडक सञ्जाल बनाएपछि अहिले गाउँगाउँमा सडक पु¥याउने काम भैरहेको छ । दाङको राजपुर गाउँपालिकामा अहिलेसम्म कालोपत्रे सडक छैन । दाङकै सबैभन्दा ठूलो र विकट राजपुरले जग्रवादेखि खंग्रानाका १९ किलोमिटर र सुनपत्रीदेखि सुनपत्रीनाका २१ किलोमिटर सडकको ट्र्याक खोलिसकेको छ । भारतसँग जोडिएका २३ वटा नाकाहरु छन् जसलाई नेपालसँग प्रत्यक्ष रुपमा जोड्नै पर्ने गाउँपालिकाका अध्यक्ष लोकराज केसीले बताउनुभयो । 

 

“समग्र बजेटमध्ये ५५ प्रतिशत पूर्वाधारमा छुट्याइएको छ, त्यसमध्ये पनि २० प्रतिशत बजेट नाकासँग जोड्ने सडकका लागि छुट्याइएको छ,” अध्यक्ष केसीले भन्नुभयो – “अन्य बजेट गाउँपालिकाको विभिन्न स्थानमा सडक निर्माण, स्तरोन्नतिका लागि खर्च हुनेछ ।” 

 

यता, बंगलाचुली गाउँपालिकामा पनि अझै कालोपत्रे सडक बनेको छैन । धुले सडकले काम चलेको छ । सिङ्गो गाउँपालिकामा २० वटा भन्दा बढी गाउँबस्तीमा अझै मोटरबाटो पुगेको छैन । “बाटो नहुँदै अन्य विकास पु¥याउन समस्या हुने रहेछ, विकासको आधार नै सडक रहेछ भन्ने हामीले महशुस गरेका छौँ,” बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले भन्नुभयो । 

 

दाङको तुलसीपुर उपमहानगरपालिका १३ फुलबारी र लमही नगरपालिका ९ लाई जोड्ने सडक निर्माणको काम पनि शुरु भएको छ । यो वर्ष १२ किलोमिटर खनिएको सडकको पूर्व पश्चिम राजमार्गसँग जोड्न पाँच किलोमिटर बाँकी छ । तुलसीपुर–अमेलिया र घोराही–लमही सडक बनेपछि त्यो सडक गोरेटोमा परिणत भएको थियो । तर अब यो सडक राजमार्गमा पुग्ने सबैभन्दा छोटो हुने सडक हुनेछ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत दाङ क्षेत्र नं ३ का सांसद हीराचन्द केसीबाट सडकका लागि २५ लाख बजेट विनियोजन भएको थियो । त्यो रकममार्फत फुलबारीको कुट्टीबाट ट्र्याक खोल्ने काम भएको स्थानीयवासी मोहन पौडेलले बताउनुभयो । 

 

“प्रदेश र केन्द्र सरकारसँग बाँकी भागको ट््याक खोल्न पहल गरिरहेको छु,” सांसद केसीले भन्नुभयो – “संभवत यो वर्षमा रार्जमार्ग जोड्ने काम हुनेछ ।” सडक निर्माण हुन थालेपछि त्यस क्षेत्रका स्थानीयवासी खुशी भएका छन् । “यो सडकले धेरैलाई प्रत्यक्ष फाइदा पुग्ने देखिएको छ,” जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीले भन्नुभयो – “बाँकी भागको ट्र्याक खोल्न हामीले पनि सरकारसँग समन्वय गर्ने छौं ।” 

उपमहानगरमै छैन सडक सञ्जाल 

एक–दुई वटा वडा क्षेत्रबाहेक प्रायः गाउँवस्तीले बनेको घोराही र तुलसीपुर उपमहानगरपालिकामा अझै मोटरबाटो नपुगेका धेरै क्षेत्रहरु छन् । बजार क्षेत्र बाहेक ग्रामीण भेगमा कहीँ कतै मात्र कालोपत्रे सडक छ । त्यस बाहेक धेरैजसो गाउँ धुले सडकमा रमाइरहेका छन् । 

 

तुलसीपुरको वडा नंं ४ को खुमखानी, वडा नं १९ को छिल्लीकोट माथिको गाउँका साथै वडा नं १ र १३ मा पर्ने पहाडी गाउँमा अझै जनताको पहुँच पुग्ने गरी सडक सञ्जाल नपुगेको इन्जिनीयर पवन योगीले बताउनुभयो । यता, घोराही उपमहानगरपालिकाको वडा नंं ५ को रज्जामन्नामे, वडा नंं। १९ का केही वस्ती, वडा नं १ को सुकाखोलादेखि चाक्लीघाटसहितका केही गाउँमा अझै सडक पुगेको छैन । 

 

तुलसीपुर उपमहानगरपालिकाको कार्यालयका अनुसार अहिले १२० किलोमिटर सडक कालोपत्र भएको छ भने करीव ८०० किलोमिटर धुले सडक छ । तुलसीपुर उपमहानगरपालिकाले पनि रु १२ करोड बजेट सडक निर्माण तथा विस्तारकै लागि छुट्याएको छ । “सडकको निर्माण कहिले पनि रोकिने विषय हैन, धुलेबाट ग्राभेल, कालोपत्रे हुँदै सुविधासम्पन्न सडक बनाउने क्रम चलिरहन्छ,” इन्जिनीयर योगीले भन्नुभयो । 

घोराही उपमहानगरपालिकाले प्रत्येक वडामा रु। ६० लाखको दरले बजेट छुट्याएको छ । उन्नाइस वटा वडाका लागि रु एक करोड १४ लाखको बजेट विशुद्ध सडकका लागि हो भने उपमहानगरपालिकाको साढे छ करोडको बजेट छुट्टै छ । “सडकको स्तर हेरेर पनि विकास र समृद्धिको मापन हुने रहेछ, विकासको पहिलो मापदण्ड सडक भएकाले पनि अहिले स्थानीय सरकारहरु सडकमा बढी लगानी गर्न खोजिरहेका छन्,” घोराही उपमहानगरपालिकाका इन्जिनीयर रामधन श्रेष्ठले भन्नुभयो – “सडकको कार्य देखिने काम पनि हो ।” 

 

प्रदेशको प्राथमिकतामा दाङका सडक 

 

दाङ उपत्यकाको प्रवेशद्वार कुहिरेपानीदेखि सिधा सर्रा जोड्ने बाइपास सडक निर्माणका लागि प्रदेश सरकारले दश करोड रुपैयाँ बजेट छुट्याएको छ । सडकको स्तरोन्नति गर्दै कालोपत्र गर्न चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले दश करोड बजेट छु्ट्याउँदै कुहिरेपानी सर्रा सडक खण्डलाई आफ्नो मातहतमा ल्याएको हो । 

 

प्रदेश सरकारले यो सडकलाई विशेष प्राथमिकतामा पारेको प्रदेश नं ५ का मुख्यमन्त्री शंकर पोख्रेलले बताउनुभयो । लामो समयदेखि सामान्य ट्र्याक खोलिएको अवस्थामा रहेको यो सडकको स्तरोन्नति गर्दै कालोपत्र गर्न गत आर्थिक वर्षदेखि नै काम थालिएको हो । गत आर्थिक वर्षमा यो सडकमा ९३ लाख रुपैयाँ खर्च गरिएको थियो । अठार मिटर चौडा बनाइएको यो सडकको ट्र्याक खोल्ने काम सकिएको छ भने यो आर्थिक वर्षमा कालोपत्र गर्ने काम हुनेछ । 

 

यो सडकलाई हालको कुहिरेपानी–गोग्ली–घोराही सडक खण्डको बाइपास सडक तथा वैकल्पिक सडकको रुपमा हेरिएको छ । यसको लम्बाइ ८ किलोमिटर मात्रै रहेको घोराही उपमहानगरपालिकाका इन्जिनियर श्रेष्ठले बताउनुभयो । घोराही उपमहानगरपालिकाको वडा नं ३, १६ र १७ लाई छोएको यो सडकले घोराही क्षेत्रमा हुने सवारी आवागमनलाई खुकुलो पार्न, सवारी दुर्घटना न्यून गर्न पनि सहयोग पु¥याउने विश्वास गरिएको छ । 

 

प्रदेश सरकारले चालु आर्थिक वर्षमा प्राथमिकतामा पारेको अर्को सडक हो गरगरियादेखि उरहरी हुँदै सुकौरा जोड्ने सडक । यो सडकको स्तरोन्नतिका लागि पाँच करोड रुपैयाँ बजेट छुट््याइएको प्रदेशका मुख्यमन्त्री पोख्रेलले बताउनुभयो । यी बाहेक प्रदेश सरकारले ४ वटा दाङका सडकलाई प्राथमिकतामा पारेको छ । चालु आर्थिक वर्षका लागि प्रदेश सरकारले दाङका अन्य चार वटा सडकको स्तरोन्नति गर्न दुई करोडका दरले बजेट विनियोजन गरेको छ । 

 

दुधरास सक्राम हुँदै छिल्लीकोट सडकलाई कालोपत्र गर्ने, बिजौरीदेखि हाडिमे हुँदै छिल्लीकोट सडकलाई कालोपत्र गर्ने, घोराही मसिनादेखि मरपेश पाखापानी हुँदै उर्जा मन्दिर र त्यसलाई स्वर्गद्वारी जोड्ने सडक र मज्गै अवल डाँडादेखि हापुर खोलाको करिडोर मार्गलाई पनि प्रदेश सरकारले आफ्नो योजनामा राखेको छ । 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

धरानबाट लागुऔषध सहित १ जना पक्राउ

  • 12 minutes ago
धरानबाट लागुऔषध सहित १ जना पक्राउ

सुनसरी । सुनसरीको धरानबाट लागुऔषध सहित १ जना पक्राउ परेका छन्। धरान उप–महानगरपालिका– २ भानुचोकबाट लागुऔषध सहित १ जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा धरान– १३ का २७ वर्षीय मिलन तामाङ रहेका छ

इराकको बसरामा विष्फोट हुँदा ४ जनाको मृत्यु

  • 21 minutes ago
इराकको बसरामा विष्फोट हुँदा ४ जनाको मृत्यु

एजेन्सी । इराकको दक्षिणी शहर बसरामा मङ्गलबार भएको मोटरसाइकल विष्फोटमा चार जनाको मृत्यु हुनाको साथै अन्य चार जना घाइते भएको इराकी सेनाले जनाएको छ ।

वीरगञ्ज सीमामा अनिवार्य स्वास्थ्य परीक्षण

  • 25 minutes ago
वीरगञ्ज सीमामा अनिवार्य स्वास्थ्य परीक्षण

वीरगञ्ज । कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’को सम्भावित जोखिमलाई ध्यानदिँदै वीरगञ्ज सीमा क्षेत्रमा ‘हेल्थडेस्क’ स्थापना गरी अनिवार्य स्वास्थ्य परीक्षण थालिएको छ ।



पर्यटन

खुलेको मौसम र गुर्जा गाउँ

खुलेको मौसम र गुर्जा गाउँ

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–१ मा डाँडामा परेको हिमपात र बिहानीमा मौसम खुलेपछि देखिएको गुर्जा गाउँ ।

जीवनशैली

‘मट्का चिया’

‘मट्का चिया’

तुलसीपुर । हातमा मट्का चिया हुन्छ । नजर नाचतिर त्यो पनि म्युजिकसहितको हुन्छ । मट्काको स्वाद र टिकटक बनाउनेको नाचले त्यसै पनि मनोरञ्ज थप्ने गरेको हुन्छ, मट्का चिया घरमा । ‘ओपन रेष्टुरेन्ट’ र ‘नेचुरल’ हावाको आनन्द लिँदै टिकटक बनाउनेको नाच हेर्नेले उत्तिकै मनोरञ्जन लिने गर्छन्, त्यसैले छोटो समयमै चर्चित बन्यो ‘मट्का चिया घर’ ।

विचित्र विश्व

एकैपटक ९०० जना कर्मचारी बर्खास्तीमा परेपछि...

एकैपटक ९०० जना कर्मचारी बर्खास्तीमा परेपछि...

एजेन्सी । कोरोना कालमा बेरोजगारी ठुलो समस्याका रुपमा देखिएको छ । यस्तैमा ठूलो परिमाणमा जागिर खोसेको अनौठो घटना सार्वजनिक भएको छ ।