धरानमा एसियाको टप सुरक्षा निगरानी उपकरण दाहुवा ब्रान्डको प्रवद्र्धनात्मक कार्यक्रम सम्पन्न

Norvic Hospital

धरान । अन्तर्राष्ट्रिय चिनियाँ  कम्पनी दाहुवा टेक्नोलोजीका भिडियो सुरक्षा निगरानी उपकरणहरुको प्रवद्र्धनात्मक कार्यक्रम धरानको बराह शपिङ्ग कम्प्लेक्सको हलमा  सम्पन्न भएको छ ।

 

दाहुवा टेक्नोलोजीका लागि सुनसरीको इटहरीस्थित आधिकारिक विक्रेता हाई टेक कम्प्युटर एन्ड ईलेक्ट्रोनिक्स तथा धरानस्थित आधिकारिक विक्रेता जिग्बी टेक सोलुसन प्रालिको आयोजना तथा नेपालको आधिकारिक विक्रेता टेक वल्र्ड डिस्ट्रिव्युसनको सहयोगमा प्रवद्र्धनात्मक कार्यक्रम सम्पन्न भएको हो । 

 

कार्यक्रममा दाहुवाका सिसिटिभी लगायतका सुरक्षा निगरानी उपकरणबारे जानकारी गराइएको थियो । कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राईले वर्तमान समयमा विकासका लागि प्रविधि अत्यावश्यक रहेको र दाहुवाका उपकरणले विकासमा सहजीकरण गर्ने विश्वास व्यक्त गरे । त्यस्तै  बराह ग्रुपका जनसम्पर्क प्रमुख सुरेन्द्र विश्वकर्माले सुरक्षा सामग्रीहरु घर र अफिसको सुरक्षाको लागि उपयोगी हुने धारणा व्यक्त गरेका थिए ।

 

जिग्बी सोलुसनका अध्यक्ष मुकेश साहको सभापतित्वमा भएको कार्यक्रममा हाईटेक कम्प्युटरका संस्थापक तथा विक्री तथा प्राविधिक प्रमुख मिलन खड्काले वर्तमान समयमा दाहुवा कम्पनीका उत्पादनहरु आम मानिसहरुले प्रयोग गर्न सक्ने अवश्थामा रहेको र  दाहुवा अन्र्तराष्ट्रिय ब्राण्ड भएको जानकारी दिदै नेपालको सबै जिल्लामा दाहुवाको सेवा सुविधा विस्तार भइसकेको बताए । उनले सुरक्षा जस्तो संवेदनशील क्षेत्र भएको कारण जिम्मेवार भएर आफुहरु पनि लागिपरेको बताए । दाहुवा एसियाको टप र विश्व बजारमा दोस्रो नम्बरमा रहेको पनि बताए।

 

कार्यक्रममा टेक वल्र्डका प्रमुख कार्यकारी अधिकृत भिसु तुलाधर, व्यवस्थापक राजकुमार घले लगायतले दाहुवाका उपकरणहरु बारे जानकारी गराएका थिए । सुनसरीमा दाहुवा ब्राण्डले  सुरक्षा निगरानी उपकरणहरुमा अग्रणी स्थानमा रहेको र दाहुवाका उत्पादनहरुको बजार विस्तार अझ व्यापक गर्नका  लागि प्रवद्र्धनात्मक कार्यक्रम आयोजना गरिएको आयोजक जिग्बी टेकका प्रबन्ध निर्देशक विजय थापा मगरले जानकारी दिए ।

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

उपत्यकामा जारी जोर बिजोर प्रणालीको बारेमा समिक्षा हुने

  • 6 minutes ago
उपत्यकामा जारी जोर बिजोर प्रणालीको बारेमा समिक्षा हुने

काठमाडौँ। काठमाडौँ उपत्यकामा तीन वटा जिल्ला प्रशासन कार्यालयका प्रमुखहरुले उपत्यकामा जारी जोर बिजोर प्रणालीको बारेमा समिक्षा गर्ने भएका छन्। भोलि शुक्रबार बस्ने सिडिओहरुको बैठकले यो विषयमा समीक्षा गर

जग्गा खोज्दै मधेस प्रदेश सरकार

  • 6 minutes ago
जग्गा खोज्दै मधेस प्रदेश सरकार

जनकपुर । जनकपुरधाम स्थायी राजधानी भएपछि मधेस प्रदेश सरकारले आफ्नो प्रशासनिक तथा प्रदेशसभा सचिवालयको भवन निर्माणका लागि जग्गा खोज्न थालेको छ ।

स्वास्थ्य सचिव पोखरेललाई कोरोना संक्रमण

  • 19 minutes ago
स्वास्थ्य सचिव पोखरेललाई कोरोना संक्रमण

काठमाडौँ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेललाइ कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। उनलाई बुधबार कोरोना पुष्टि भएको मन्त्रालय स्रोतले जनाएको छ। सचिव पोखरेल अहिले होम आइसोल



पर्यटन

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

राँझा । काठमाडौंको धरहराको झल्को दिने गरी कोहलपुर नगरपालिका–११ गोलपार्कमा सुविधा सम्पन्न भ्यूटावर निर्माण भइरहेको छ ।

जीवनशैली

वास्तुशास्त्र: कुन दिशामा घडी राख्ने ?

वास्तुशास्त्र: कुन दिशामा घडी राख्ने ?

एजेन्सी । आज वास्तुशास्त्रमा जान्नुहोस्, कुन दिशामा घडी राख्नु हुँदैन। जसरी घडीलाई सही दिशामा राख्दा राम्रो नतिजा मिल्छ, त्यसैगरी घर वा अफिसमा घडी गलत दिशामा राख्दा यसले नकारात्मक परिणाम ल्याउन सक्छ। त्यसैले सही दिशा छनौट गर्न धेरै महत्त्वपूर्ण छ।