धार्मिक पर्यटनको गन्तव्य बन्दैै महाराजा थान
- आइतबार, ११ मंसिर, २०७९
- 1 month ago
- पर्यटन

नवलपरासी । पूर्वी नवलपरासीको सदरमुकाम कावासोती बजारबाट करिब सात किलोमिटर उत्तरमा रहेको महाराजा थान मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा विकास हुन लागेको छ ।
परापूर्वकालमा राजा मणिमुकुन्द सेनले स्थापना गरेर पूजापाठ गर्न सुरु गरिएको मन्दिरमा गएर भाकल गरेपछि पूरा हुने जनविश्वास रहेकाले मन्दिरमा भाकल चढाउन र पूजाआजा गर्ने भक्तजनको बाक्लो भीड लाग्ने गरेको छ ।
महाराजा बाबालाई साचो मनले सम्झेर गरेको भाकल पूरा हुने भएकाले यस मन्दिरमा दिनहुँ भाकल गर्न र पूजापाठ गर्न आउने बढ्दै गएका मन्दिरका पुजारी शिवराज महतोले बताए ।
“यो मन्दिरको छुट्टै विशेषता रहेको छ, त्यो हो यहाँ भाकल गरेका सबै कुरा पूरा हुनु”, उनले भने । धेरैलाई यो सुन्दा आश्चर्य लाग्ला, यहाँका स्थानीयवासी मात्र होइन मन्दिरमा पूजा गर्न जाने भक्तजनसमेत यो कुराले चकित पर्ने गरेका छन् ।
यस मन्दिरमा भाकल गर्न र पूजापाठ गर्न भारतको देहरादुनबाट नेपालका लगभग सबै क्षेत्रका तीर्थालु आउने गरेका पुजारी महतो बताउँछन् । कावासोती नगरपालिका–१ मा पर्ने यो धार्मिकस्थल जिल्लाकै मुख्य धार्मिक र पर्यटकीयस्थल मानिन्छ ।
यद्यपि आम श्रद्धालु र घुमन्ते पर्यटकको रोजाइमा परे झैँ सरकारको नजरमा भने यो पुण्यधाम नपरेको कावासोतीवासी गुनासो गर्छन् । प्रचारप्रसारको अभावले ओझेलमा परेको भए पनि पछिल्ला केही वर्षदेखि यहाँ आउने भक्तजन उल्लेख्यरुपमा बढ्दै गएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष चेतबहादुर थापाले बताए ।
मन्दिर नजिकै वनभोजस्थलको समेत व्यवस्थापन भएपछि पछिल्लो समय वनभोजका लागि आउने पनि बढ्दै गएका अध्यक्ष थापा बताउँछन् । चिसो हावा र यहाँबाट देखिने मनोरम दृश्यका कारण वनभोजका लागि यो ठाउँ पर्यटकको रोजाइमा पर्ने गरेको हो ।
मन्दिर व्यवस्थापन समितिले यस क्षेत्रको विकास र विस्तारका लागि गुरुयोजना बनाएको र सोअनुसारका पूर्वाधार थप गर्न करिब रु एक करोडभन्दा धेरै रकम आवश्यकपर्ने जनाएको छ । स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले दिनुपर्नेजति चासो नदिएको अध्यक्ष थापाको गुनासो थियो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सामाजिक सञ्जालको नियमन हुनुपर्छः प्रमुख आयुक्त थपलिया
- 11 hours ago

काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल पनि आमसञ्चार माध्यमको रुपमा स्थापित हुन खोजिरहेको उल्लेख गर
स्वास्थ्य सचिव पोखरेलद्वारा सिएमसी क्यान्सर इन्स्टिच्यूट उद्घाटन
- 11 hours ago

चितवन। चितवन मेडिकल कलेजले स्थापना गरेको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’को आज औपचारिक उद्घाटन गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेले एक कार्यक्रमकाबीच इन्स्टिच्यूट उद्घाटटन
पर्यटन
खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस
जीवनशैली
काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।