पर्यटकका पर्खाइमा धन्दुर सिद्धगुफा

Norvic Hospital

दमौली । तनहुँको भिमाद नगरपालिका–९ मा अवस्थित धन्दुर सिद्धगुफा पर्यटकको पर्खाइमा छ । सरकारले सो गुफालाई १०० पर्यटकीय गन्तव्यमा सूचीकृत समेत गरेको छ । पर्यटक भित्र्याउने तयारीसहित सिद्धगुफा समितिले गत वर्षदेखि नै प्रचारप्रसारको काम थाले पनि कोभिड–१९ का कारण प्रभावित भएको थियो । कोभिड–१९ पूर्व दैनिक २०० देखि ३०० आन्तरिक पर्यटक धन्दुर सिद्धगुफा पुग्ने गर्ने बताइएको छ । धन्दुर सिद्धगुफा समितिका अध्यक्ष दधिराज सुवेदीले  विस्तारै जनजीवन सामान्य बन्दै गएकाले पर्यटक आउने विश्वास गरिएको बताए ।

 

सिद्धगुफा परिसरमा चमेरो र सिद्ध गुफा समेत छन्  । चमेरो गुफाको लम्बाइ करिब एक हजार ५०० मिटर छ भने सिद्धगुफाको लम्बाइ ३०० मीे छ । सिद्धगुफा तीन तलाको छ । परापूर्वकालमा शिकारीले शिकार खेल्न जाने क्रममा मृग लखेट्दै जाँदा चमेरो गुफाभित्र पसेको र सो मृगलाई शिकारी कुकुरले लखेट्दै जाँदा चमेरो गुफाबाट पसेर मोहोरियामा निस्किएको किंवदन्ती रहँदै आएको उनले जानकारी दिए ।

 

वर्षायाममा पानी पर्दा मोहोरियाको केही क्षेत्रबाट पानी पसेर चमेरोगुफाबाट पानीको भेल निस्कने गरेको बताइन्छ । चमेरो गुफा नेपालकै लामो गुफा रहेको दाबी गरिएको छ ।  सिद्धगुफा पहिला सात तलासम्म रहेकामा पछि आफैँ पुरिँदै गएर अहिले चार तलासम्म मात्र रहेको अध्यक्ष सुवेदीले बताए ।

 

भिमाद बजारबाट पश्चिमतर्फ तीन किमी दूरीमा रहेको सिद्धगुफाको धार्मिक ऐतिहासिक महत्व रहेको छ । जिदी खोला किनारको घनाजङ्गल क्षेत्रमा रहेको सिद्धगुफाभित्र स्वनिर्मित आकर्षक ढिकी, जाँतो, गाईका थुन, हात्तीको सुड, शिवलिङ्ग र विभिन्न देवीदेवताका आकृतिले पर्यटकलाई लोभ्याउने गर्दछ । सिद्धगुफाभित्र रहेको गाईको थुनमुनि कुनै पनि व्यक्तिले हात थाप्दा दूध चुहिए उक्त व्यक्ति भाग्यमानी हुने जनविश्वास रहँदै आएको छ । 

 

बजारको होहल्ला र कोलाहलबाट मुक्त हुन धेरैजसो व्यक्ति यहाँ पुग्ने गर्दछन् । सडक सञ्जालको राम्रो व्यवस्था भएकाले जुनसुकै सवारी साधन यस क्षेत्रमा पुग्न सक्छ । यो ठाउँलाई वनभोजस्थलको रुपमा विकास गर्ने लक्ष्य छ । गुफा जाने बाटोमा रेलिङसहितको सिँढी, प्रतीक्षालय, वनभोजस्थल र पार्किङ निर्माण सम्पन्न भइसकेको छ । समितिले विसं २०७० मा गुफाको विकासका लागि गुरुयोजना बनाएको थियो । सोही गुरुयोजनाबमोजिम समितिले गुफामा पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेको छ । समितिले यसअघि जिदीखोलादेखि सिद्धगुफासम्म र गुुफाबाट चमेरो गुफासम्म पुग्ने एक किमी दूरीमा ढलान सिँढी, सिद्धबाबाको मन्दिर, तीन शौचालय र पानीको दह निर्माण गरिसकेको छ ।

 

ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्व बोकेको सिद्धगुफा सयौँ वर्षअघि पत्ता लागेको हो । गुफाको ३० मिटरभित्र पसेपछि पहिलो तलामा ५०० अटाउने ठाउँ छ । दोस्रो तलामा ६० र तेस्रो तलामा ५० जना मानिस अट्न सकिन्छ । प्रत्येक तलामा सुतेर प्रवेश गर्नुपर्ने यो गुफाको चौथो तल्लाको ढोका भने चुनको रसायनले बन्द भएको छ ।


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

बालुवाटार वार्ताः प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच छलफल

  • 11 minutes ago
बालुवाटार वार्ताः प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच छलफल

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालबीच प्रधानमन्त्री निवास बालुव

देशलाई निकास दिन वैकल्पिक शक्ति आवश्यक छः भट्टराई

  • 28 minutes ago
देशलाई निकास दिन वैकल्पिक शक्ति आवश्यक छः भट्टराई

रुपन्देही । जनता समाजवादी पार्टी नेपालका सङ्घीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले राष्ट्रिय एकता कायम गरी मुलुकलाई दिगो शान्ति र रुपान्तरणको दिशामा अघि बढाउन आवश्यक रहेको बताएका छन् ।

लोकतन्त्र सुदृढ बनाउन कांग्रेस बलियो हुनुपर्छः गृहमन्त्री खाण

  • 41 minutes ago
लोकतन्त्र सुदृढ बनाउन कांग्रेस बलियो हुनुपर्छः गृहमन्त्री खाण

काठमाडौँ । गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले लोकतन्त्र सुदृढ बनाउन, संविधानलाई अक्षरसः कार्यान्वयन गर्न र विधिको शासन अवलम्बन गर्न कांग्रेस बलियो बन्नुपर्ने बताएका छन् ।



पर्यटन

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म हिँडेर जान नसकेपछि भरियालाई बोकेर पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गर्न जाँदै तीर्थयात्री ।

जीवनशैली

वास्तुशास्त्र: पश्चिम तर्फ टाउको राखेर कहिल्यै सुत्नु हुँदैन, जान्नुहोस कारण !

वास्तुशास्त्र: पश्चिम तर्फ टाउको राखेर कहिल्यै सुत्नु हुँदैन, जान्नुहोस कारण !

एजेन्सी । आज वास्तुशास्त्रमा जान्नुहोस् पूर्व र पश्चिम दिशामा टाउको राखेर सुत्ने बारे। वास्तुशास्त्रका अनुसार पूर्व दिशामा टाउको राखेर सुत्नु राम्रो हुन्छ भने पश्चिममा टाउको राखेर सुत्नु हुँदैन ।

विचित्र विश्व

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

दक्षिण अफ्रिकामा कोभिड–१९ को नयाँ ‘भेरिएन्ट’ भेटिएको वैज्ञानिकहरूको दावी

एजेन्सी । दक्षिण अफ्रिकाका वैज्ञानिकहरुले बिहीबार धेरै म्युटेसन भएको कोभिड–१९ नयाँ रूप पत्ता लागेको बताएका छन् । उनीहरुले दक्षिण अफ्रिकामा सङ्क्रमण सङ्ख्या बढ्नुलाई कोभिडको यही प्रकार दोषी रहेको बताएका छन् ।