ढोरपाटनमा ८ शिकारीले शिकार शुरु
- बिहीबार, १२ चैत, २०७७
- 1 year ago
- पर्यटन

बलेवा । विदेशी साहसी शिकारीको रोजाइमा पर्ने नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटनमा दोस्रो सिजनको शिकार शुरु हुने भएको छ । कात्तिक र चैतमा गरेर दुई सिजनमा यहाँ सिकार हुन्छ । अघिल्लो वर्षदेखि कोरोना सङ्क्रमण र लकडाउनले अलपत्र परेको शिकार यो वर्षको पहिलो सिजनमा पनि शुरु हुन सकेको थिएन ।
यो पटक आठ वटा नाउर र चार झारलको शिकार हुन लागेको आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिए । हरेक वर्ष कात्तिक र चैतमा दुई सिजन शिकार खुल्ने गरेको छ । चालु वर्षको दोस्रो सिजनका लागि स्पेनका तीन, अमेरिकाका एक, रसियाका एक, युक्रेनका एक र फ्रान्सका दुई गरी आठ शिकारीले शिकार गर्ने छन् ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले १० नाउर र छ झारलको लागि खुलाएको बोलपत्र आह्वानमा सोचेभन्दा थोरै शिकारी आएको आरक्ष कार्यालयले जनाएको छ । शिकारी आउने देशमा अझै कोरोना सङ्क्रमणको समस्याले थोरै आएको अनुमान गरिएको छ । आएका शिकारीलाई आरक्ष कार्यालयले ब्लकअनुसारको क्षेत्र तोकेर पठाउने काम गर्ने सहायक संरक्षण अधिकृत सूर्य खड्काले बताए ।
आरक्षका अनुसार ग्लोबल सफारिज नेपालले तीन नाउर र एक झारल, नेपाल ट्राभल्स एक्सपिडिसन प्रालिले चार नाउर र दुई झारल, हिमालयन सफारिजले एक झारल र एक नाउर शिकार गर्न पाउने अनुमति लिएका हुन् । विश्वव्यापी कोरोनाले शिकार प्रभावित भएको ग्लोबल सफारिज नेपाल प्रालिले जनाएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ११ अनुसार कुनै पनि व्यक्तिले शिकार अनुमतिपत्र लिएर शिकार खेल्न पाउने व्यवस्था छ ।
विभागले तोकेअनुसारको राजस्व बुझाउने र हतियार चलाउन सक्ने लाइसेन्ससमेत भएको व्यक्तिले मात्र शिकार अनुमतिपत्र लिन पाउने व्यवस्था छ । नेपाली र विदेशी जुनसुकै नागरिकले पाउने भए पनि अहिलेसम्म विदेशी शिकारीले मात्रै अनुमति लिएर शिकार गरिरहेका छन् । स्थानीय सहयोगीका रूपमा भने उनीहरूले बागलुङलगायत विभिन्न क्षेत्रका व्यावसायिक शिकारीलाई साथ लिने गरेका छन् । ढोरपाटनमा शिकार गरेपछि अधिकांश शिकारीले मासु खाएर सिङ, खुर र छाला मात्रै आफ्नो देशमा लैजान्छन् । अन्तर्राष्ट्रिय तहमा हुने प्रतियोगितामा उनीहरूले सिङको प्रतिस्पर्धा गरेर ट्रफी जित्ने गरेका छन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
जग्गाको वर्गीकरण छिटो होस्ः भूमि व्यवस्था मन्त्रालय
- 5 minutes ago

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्थानीय तहलाई जग्गाको वर्गीकरण यथाशक्य छिटो गर्न सुझाव दिएको छ । स्थानीय तहले जग्गाको वर्गीकरण नगरेका कारण जग्गा बेचबिखनलगायतका कारोबार र हक हस्तान्
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
- 22 minutes ago

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान भएको भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफ
टर्कीमा पुनः भूकम्पको धक्का महसुस
- 27 minutes ago

एजेन्सी । टर्कीमा (फेब्रुअरी ७) पुनः भूकम्पको धक्का महसुस गरिएको छ । टर्कीमा २४ घण्टामा चौथो पटक पराकम्पन गएको मिडिया रिपोर्टमा उल्लेख छ ।
पर्यटन
पर्यटकलाई लोभ्याउँदै बाघको मूर्ति

कालीगण्डकी नदीको किनार, बेगसहित सुसाउँदै गरेको नदीको गुञ्जयमान आवाज । वरपर मनोरम हरियाली रुख बिरुवाका बीच बाघको मूर्ति । उक्त स्थल यतिखेर पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको छ ।
जीवनशैली
ध्यान गर्नुका फाइदाहरु

पछिल्लो समय ध्यानको लोकप्रियता बढ्दै गएको छ । धेरै मानिसहरूलाई यसबाट स्वास्थ्य लाभहरू प्राप्त हुनेबारे थाहा भएसँगै ध्यानको महत्व बढ्दै गएको छ । यसलाई तनाव कम गर्न र एकाग्रता विकास गर्ने तरिकाको रूपमा लिइन्छ ।
विचित्र विश्व
रुससँगको युद्ध थप उग्र हुने, अमेरिकाले युक्रेनलाई २.२ अर्ब डलर दिने, फ्रान्स, इटालीले क्षेप्यास्त्र प्रणाली दिने

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध भएको एक वर्ष पुग्न लागेको छ । फागुन २४ गते यस युद्धको एक वर्ष पूरा हुनेछ । तर, युद्ध जारी छ। कहिले रुसले तिब्र गतिमा आक्रमण गर्छ, कहिले युक्रेनले बदला लिन्छ। तर, यो युद्धमा युक्रेन एक्लैले रुससँग प्रतिस्पर्धा गर्न सक्दैन । त्यसैले नेटोका सदस्य राष्ट्रहरूले युक्रेनलाई निरन्तर सहयोग गरिरहेका छन् । यसै क्रममा अमेरिकाले फेरि युक्रेनलाई सहयोग गरिरहेको छ ।