जब यी चर्चित नेपाली अभिनेत्रीहरुको डिभोर्स भयो
- बुधबार, २० कार्तिक, २०७६
- 3 years ago
- कला र मनोरञ्जन

काठमाडौँ । प्राय बलिउड तथा हलिउडमा हुने डिभोर्सका बारेमा नेपाली मिडियामा बढी चर्चा हुन्छ । तर, पछिल्लो समय नेपाली सेलिब्रिटीहरुको डिभोर्सले पनि खुबै चर्चा पाउन थालेको छ ।
रिल लाइफमा जस्तोसुकै भुमिकामा देखिए पनि रियल लाइफमा जो कोही पनि आफ्नो सम्बन्धबाट टाढिन चाहँदनैनन् । तर, भनेजस्तो सबै कहाँ पाइन्छ । पछिल्लो समय नेपाली सेलिब्रिटीहरुको पनि विवाह भएको छोटो समयमा नै डिभोर्स हुने क्रम बढ्दो रहेको छ ।
तर, केही जोडी भने उदाहरणिय पनि बनेका छन् । आउनुहोस् हेरौँ नेपालका केही सेलिब्रिटीहरु जसको डिभोर्स भएको छ ।
प्रियंका कार्की र रोचक मैनाली
उनको पुर्वपतिको नाम रोचक मैनाली हो । प्रियंकासँगको डिभोर्सपछि रोचक पुनः वैवाहिक बन्धनमा बाधिसकेका छन् भने प्रियंका कार्की आयुष्मानसँग विवाह गर्ने तयारीमा रहेकी छिन् ।
रिमा विश्वकर्मा र रोवर्ट
यो जोडीले पनि विवाह गरेको दुई वर्षमा नै डिभोर्स गरेका थिए । पहिलो वर्षसम्म राम्रो सम्बन्ध रहेता पनि त्यसपछि सम्बन्ध बिग्रिएपछि उनीहरुले डिभोर्स गरेका थिए ।
छवि ओझा र रेखा थापा
यो जोडीको डिभोर्सको चर्चा लामो समयसम्म चल्यो । आज पनि रेखा र छविको सम्बन्धबारे उत्तिकै चर्चा चल्छ । तर, यो जोडीको वैवाहिक जीवन भने सुखद हुन सकेन । अन्ततः यो जोडीले पनि डिभोर्स गरे । छवि र सिल्पा पोखरेलको विवाहको हल्ला लामो समयदेखि चलिराखेको छ ।
भुवन के सी र सुस्मिता के सी बम्जन
नेपाली फिल्म जगतका चर्चित अभिनेता हुन् भुवन के सी । उनले सुस्मितासँग विवाह गरेका थिए । तर, लभ म्यारिज गरेको यो जोडीको सम्बन्ध पनि लामो समय टिक्न सकेन । अन्तत यो जोडीले पनि अल्लगिएर बस्ने निर्णय लियो । यी दुईको सन्तान अनमोल के सी पछिल्लो समय नेपाली फिल्मका महँगा अभिनेता हुन् । भुवन जियासँग लिभिङ टुगेदरमा रहेको बताइन्छ ।
आकाश शाह र सञ्जिता लुइटेल
नेपाली फिल्ममा कुनै समय व्यस्त रहेकी अभिनेत्री हुन् सञ्जिता लुइटेल । फिल्म करिअर सुरुवातसँगै उनले आकाश शाहसँग विवाह गरिन् तर, उनको विवाह लामो समय टिक्न सकेन । अन्ततः उनले आकाशलाई डिभोर्स दिदै अभिनेता निखिल उप्रेतीसँग विवाह गरिन् ।
मनिषा कोइराला र सम्राट दाहाल
विवाह भएको ६ महिनामै यो जोडीको डिभोर्स भएको थियो । पछि एक मिडियासँग कुरा गर्ने क्रममा उनले आफु वैवाहिक जीवनका लागि फिट नभएको बताएकी थिइन् ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सन्दीपमाथिको निलम्बन फुकुवा गलत – गगन थापा
- 3 hours ago

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बलात्कार आरोप लागेका सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गर्ने नेपाल क्रिकेट संघ(क्यान)को निर्णयलाई गलत बताएका छन् ।
मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, माओवादी सरकार बाहिरै
- 4 hours ago

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले थप ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् । महेशप्रसाद यादव शिक्षा, विज्ञान तथा बाणिज्य, सुनिताकुमारी
स्वास्थ्यमन्त्री गिरीसँग बेलायतका राजदूतको शिष्टाचार भेट
- 4 hours ago

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीसँग बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गरेका छन् । उनीहरूबीच आज मन्त्रालयमा भएको भेटमा मन्त्री गिरीले कोभिडको समयमा बेलायतले नेपाललाई गरे
पर्यटन
गणेश हिमाल

नुवाकोट । नुवाकोटको किस्पाङबाट देखिएको रसुवामा अवस्थित गणेश हिमाल । यो वर्षको हिउँदयाममा हिउँ नपर्दा हिउँले भरिभराउ हुने हिमाल पग्लदै गएर अहिले पहाड देखिन थालेको छ । तस्बिरः रामहरि न्यौपाने, रासस
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
एफबीआइ्दवारा बाइडेनको घरमा फेरि खोजतलासी, राष्ट्रपतिको घरमा किन बारम्बार छापा मारिएको छ ?

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनको घरमा फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबीआई) ले बुधबार छापा मारेको छ । राष्ट्रपतिका व्यक्तिगत वकिलका अनुसार एफबीआईले गोप्य कागजातहरूको अनुसन्धानको एक भागको रूपमा बुधवार जो बाइडेनको रेहोबोथ बिच डेलावेयरको घरमा खोजतलासी गरेको हो ।