रोनाल्डोका कारण पनि डिभोर्स भएको थियो, यस्ता छन् अन्य डिभोर्सका रोचक किस्साहरु !
- सोमबार, १६ मंसिर, २०७६
- 3 years ago
- विचित्र विश्व

एजेन्सी । विश्वमा केही यस्ता डिभोर्सका घटनाहरु रहेका छन् जसले सबैलाई आश्चर्य चकित पारेको थियो । डिभोर्स गर्नुको कारण पनि उत्तिकै रोचक र अनौठो खालका थिए । आउनुहोस् ती डिभोर्स केशबारे चर्चा गरौँ ।
१. सन् २०१५ मा साउदी अरबले एक श्रीमानले आफ्नी पत्नीलाई आफ्नो जीवनमा ब्याण्ड लक ल्याएको भन्दै विवाह गरेको दुई दिनमा नै डिभोर्स दिएका थिए । विवाह गरेको दुई दिनमा अनौठो घटनाहरु भएपछि श्रीमानले आफ्नी श्रीमतीलाई डिभोर्स दिएका थिए ।
२. क्रिस्टियानो रोनाल्डोका कारण एक जोडीको भएको थियो । एक जना साउदी अरेबियन व्यक्तिले आफ्नी श्रीमतीले पोर्चुगलको खेलमा रमाएको र रोनाल्डोलाई समर्थन गरेको भन्दै डिभोर्स दिएका थिए ।
३. एक जना साउदी अरेबियनले आफ्नी श्रीमतीले अतिथीलाई खाना दिने क्रममा भेडाको टाउको नराखेको भन्दै डिभोर्स दिएका थिए । चामलको परिकारमा भेडाको खाना राख्नु पर्ने थियो । तर, साथीहरुको माझ श्रीमतीले खानामा भेडाको टाउको राख्न बिर्सिएपछि श्रीमान दुःखी भएका थिए । अन्ततः उनले श्रीमतीलाई डिभोर्स नै दिए ।
४. साउदी अरबमा एक जोडी खाना खान होटलमा गएका थिए । श्रीमतीले खानुपुर्व फोटो खिचेर स्यापच्याटमा राख्न चाहन्थिइन् । श्रीमतीले फोटो खिच्न धेरै समय लगाएपछि भोकले चुर भएका श्रीमानको रिसले सिमा नाघ्यो । अन्ततः उनले होटलमा नै श्रीमतीलाई डिभोर्स दिएर हिडेका थिए ।
५. स्यापच्याटमात्र होइन, इन्स्ट्याग्रामका कारण पनि डिभोर्स भएको छ । एक युवती महिलाले आफ्नो श्रीमानले अरु महिलाको फाटो इन्स्टाग्राममा लाइक गरेको भन्दै डिभोर्स दिएकी थिइन् ।
६. एक जना अरेबियन व्यक्तिले विवाह गरेको ६ दिनपछि श्रीमतीलाई डिभोर्स दिएका थिए । उनले हनिमुन गएको ६ दिनसम्म पनि सेक्स गर्न नमानेपछि श्रीमानले डिभोर्स दिएका थिए ।
७. एक इजिप्टियन युवतीले श्रीमान गृहणी जस्तो भएको भन्दै डिभोर्स दिएकी थिइन् । उनले आफुलाई घरमा कुनै पनि काम गर्न नदिने भन्दै उनले डिभोस फाइल गरेकी थिइन् । उनले खाना पकाउन, सफा गर्न लगायत घरका कुनै पनि काम गर्न नदिनएको भन्दै आफ्नो वैवाहिक सम्बन्ध संकटमा परेको बताएकी थिइन् ।
८. एक जना साउदी अरेबियन व्यक्तिले आफ्नी श्रीमती अत्यन्त सुन्दर भएका कारण डिभोर्स दिएका थिए । विवाह भएपछि उनी डमाममा बस्दै आएकी थिइन् । तर, सुन्दर भएकै कारण दुनियाँले खराब नजर लगाउँने भन्दै श्रीमानले डिभोर्स दिएका थिए ।
९. एक इजिप्टियन महिलाले आफ्नो श्रीमानले समिहा र्याप किन्न नमानेको भन्दै डिभोर्स केश दर्ता गरेकी थिइन् ।
१०. एक जना श्रीमतीले आफ्नो श्रीमानको जन्मदिनको दिन सरप्राइज दिने क्रममा डिभोर्सको सामना गर्नु परेको छ । एक जना साउदी अरेबियन व्यक्तिले आफ्नी श्रीमतीलाई दुध किन्न घर छोडेको भन्दै डिभोर्स दिएका थिए । तर, श्रीमानलाई दुधको परिकार बनाएर जन्मदिनमा सरप्राइज दिन उनी घर बाहिर गएकी थिइन् । श्रीमान घर आउँदा श्रीमती नदेखेपछि श्रीमानले श्रीमतीलाई उल्टै डिभोर्स गिफ्ट दिएका थिए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सन्दीपमाथिको निलम्बन फुकुवा गलत – गगन थापा
- 4 hours ago

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बलात्कार आरोप लागेका सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गर्ने नेपाल क्रिकेट संघ(क्यान)को निर्णयलाई गलत बताएका छन् ।
मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, माओवादी सरकार बाहिरै
- 4 hours ago

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले थप ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् । महेशप्रसाद यादव शिक्षा, विज्ञान तथा बाणिज्य, सुनिताकुमारी
स्वास्थ्यमन्त्री गिरीसँग बेलायतका राजदूतको शिष्टाचार भेट
- 5 hours ago

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीसँग बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गरेका छन् । उनीहरूबीच आज मन्त्रालयमा भएको भेटमा मन्त्री गिरीले कोभिडको समयमा बेलायतले नेपाललाई गरे
पर्यटन
गणेश हिमाल

नुवाकोट । नुवाकोटको किस्पाङबाट देखिएको रसुवामा अवस्थित गणेश हिमाल । यो वर्षको हिउँदयाममा हिउँ नपर्दा हिउँले भरिभराउ हुने हिमाल पग्लदै गएर अहिले पहाड देखिन थालेको छ । तस्बिरः रामहरि न्यौपाने, रासस
जीवनशैली
चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।
विचित्र विश्व
एफबीआइ्दवारा बाइडेनको घरमा फेरि खोजतलासी, राष्ट्रपतिको घरमा किन बारम्बार छापा मारिएको छ ?

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनको घरमा फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबीआई) ले बुधबार छापा मारेको छ । राष्ट्रपतिका व्यक्तिगत वकिलका अनुसार एफबीआईले गोप्य कागजातहरूको अनुसन्धानको एक भागको रूपमा बुधवार जो बाइडेनको रेहोबोथ बिच डेलावेयरको घरमा खोजतलासी गरेको हो ।