ऋतिक र सुज्यानबीच डिभोर्स हुनु पुर्वका घटनाहरु

Global IME
Mega Bank
Norvic Hospital

एजेन्सी । कुनै समय बलिउडको लोभलाग्दो जोडी थियो ऋतिक रोशन र सुज्यान खान । तर, सन् २०१४ मा यो जोडीले डिभोर्स गर्ने निर्णय लियो । एकाएक यो निर्णयले पुरै बलिउड नै आश्चर्यचकितमा परेको थियो । ऋतिक रोशन बलिउडको उचाइमा थिए भने उनलाई घरपरिवारबाट पनि राम्रै सहयोग भएको अनुमान गरिएको थियो । तर, घरभित्र उनीहरुको सम्बन्ध टुक्रिने अवस्थामा पुगिसकेको थियो । विवाह गरेको १३ औ वार्षिकी मनाउनुको केही दिन अघि यो जोडीले छुट्टिने निर्णय लियो । 

 

सुज्यानलाई दोष लगाइयो 

अर्जुन रामपाल सुज्यानको मिल्ने साथी थिए । उनीसँग अफेयर भएका कारण डिभोर्स भएको हल्ला बाहिर आयो । अर्जुन र उनकी श्रीमतीले उक्त समाचारको खण्डन गरे । यसको असर उनीहरुको वैवाहिक सम्बन्धमा पनि देखियो । केही वर्ष लगत्तै अर्जुन र मेहरले पनि डिभोर्स गरे । तर, उनीहरुको कारणले ऋतिकको घरमा भने आगो नलागेको पछि खुल्न गयो । 

 

डिभोर्सका गर्दा सुज्यानले ४०० करोड मागेको खबरले पनि ठुलो चर्चा पायो । तर, उनले के कति रकम लिएर ऋतिकसँग डिभोर्स गरिन त्यो आज पनि रहस्यमा नै छ । 

 

ऋतिकलाई दोष लगाइयो 

ऋतिकको बाहिर अफयेर भएका कारण सुज्यानले डिभोर्स मागेको खुलासा भयो । पहिला त ऋतिक र करिनाको अफयेरका कारण डिभोर्स भएको चर्चा चल्यो । त्यसपछि उनको नाम अभिनेत्री बारबारा मोरीसँग जोडियो । यो हल्ला हल्लामा मात्र सिमित रह्यो । तर, यसबारे ऋतिकले केही प्रतिक्रिया दिएनन् । 

 

पछि उनको नाम एकाएक कंगना रणावतसँग जोडियो । कंगनासँगको सम्बन्धबारे ऋतिकभन्दा उनको परिवारले जबाफ दियो । तर, कंगनाले ऋतिकबारे खुलेरै बोलिदिइन् जसका कारण उनी निकै अप्ठेरोमा परे । यहाँसम्मकी उनीहरुको मुद्धा अदालतमा समेत पुग्यो । मिडिया रिपोर्टका अनुसार ऋतिकको डिभोर्स हुनुमा कंगनाको ठुलो हात रहेको थियो । फिल्म क्रिसबाट उनीहरु नजिकिएका थिए । केही महिनासम्म डेट समेत गरेका थिए । त्यो कुरा सुज्यानले थाहा पाएपछि उनीहरुको वैवाहिक जीवनमा आगो लागेको थियो । मिडिया रिपोर्टका अनुसार सुज्यानलाई फकाउन रोशन र खान परिवारले हरसम्भव प्रयास गरेको थियो तर, असफल भएका थिए । 

 

कंगनासँगको सम्बन्धपछि सुज्यानसँग पुनः सम्बन्ध सुधार गर्दै ऋतिक

 

कंगनासँग विवादमा परेपछि स्वयम ऋतिकले सुज्यानलाई फकाउन धेरै प्रयास गरे । डिभोर्स भएतापनि उनी आफ्नो जिम्मेवारी पुरा गरिरहेको बताउँदै आइरहेका छन् । दुई सन्तानका मातापिता भएका कारण पनि उनीहरुलाई ठुलो जिम्मेवारी रहेको राकेश रोशनले बताएका थिए । यही कारण पनि उनीहरु पुनः मिल्न सक्ने बताइएको थियो । केही हदसम्म कंगनाको आरोपलाई खण्डन गर्दै सुज्यानले ऋतिकको साथ दिएकी थिइन् । तर, उनीहरुको सम्बन्ध पुनः स्थापित हुने कठिन रहेको बताइएको छ । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सन्दीपमाथिको निलम्बन फुकुवा गलत – गगन थापा

  • 2 hours ago
सन्दीपमाथिको निलम्बन फुकुवा गलत – गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बलात्कार आरोप लागेका सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गर्ने नेपाल क्रिकेट संघ(क्यान)को निर्णयलाई गलत बताएका छन् ।

मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, माओवादी सरकार बाहिरै

  • 3 hours ago
मधेश प्रदेशमा मन्त्रिपरिषद् विस्तार, माओवादी सरकार बाहिरै

मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले थप ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेका हुन् । महेशप्रसाद यादव शिक्षा, विज्ञान तथा बाणिज्य, सुनिताकुमारी

स्वास्थ्यमन्त्री गिरीसँग बेलायतका राजदूतको शिष्टाचार भेट

  • 3 hours ago
स्वास्थ्यमन्त्री गिरीसँग बेलायतका राजदूतको शिष्टाचार भेट

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीसँग बेलायतका राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गरेका छन् । उनीहरूबीच आज मन्त्रालयमा भएको भेटमा मन्त्री गिरीले कोभिडको समयमा बेलायतले नेपाललाई गरे



पर्यटन

गणेश हिमाल

गणेश हिमाल

नुवाकोट । नुवाकोटको किस्पाङबाट देखिएको रसुवामा अवस्थित गणेश हिमाल । यो वर्षको हिउँदयाममा हिउँ नपर्दा हिउँले भरिभराउ हुने हिमाल पग्लदै गएर अहिले पहाड देखिन थालेको छ । तस्बिरः रामहरि न्यौपाने, रासस

जीवनशैली

चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

चाणक्य नीतिः हरेक पत्नीले आफ्नो पतिबाट जीवनभर लुकाइराख्छन् यी ५ कुरा, जीवनभर रहन्छ रहस्य

एजेन्सी । आचार्य चाणक्यको नीति र विचार अलि कठोर लागे पनि यो कठोरता नै जीवनको सत्य हो । दौडधुपको जीवनमा यी विचारहरूलाई किन बेवास्ता गर्नुपर्छ, तर यी शब्दहरूले तपाईंलाई जीवनको हरेक परीक्षामा मद्दत गर्नेछ। आचार्य चाणक्यले आफ्नो नीतिमा विवाह, घरपरिवार, मानव जीवनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू बताएका छन्।

विचित्र विश्व

एफबीआइ्दवारा बाइडेनको घरमा फेरि खोजतलासी, राष्ट्रपतिको घरमा किन बारम्बार छापा मारिएको छ ?

एफबीआइ्दवारा बाइडेनको घरमा फेरि खोजतलासी, राष्ट्रपतिको घरमा किन बारम्बार छापा मारिएको छ ?

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनको घरमा फेडरल ब्युरो अफ इन्भेस्टिगेशन (एफबीआई) ले बुधबार छापा मारेको छ । राष्ट्रपतिका व्यक्तिगत वकिलका अनुसार एफबीआईले गोप्य कागजातहरूको अनुसन्धानको एक भागको रूपमा बुधवार जो बाइडेनको रेहोबोथ बिच डेलावेयरको घरमा खोजतलासी गरेको हो ।