बलिउड अभिनेताहरु जसले डिभोर्स पाउन करोडौँ मुल्य चुकाए
- शनिबार, १० कार्तिक, २०७५
- 4 years ago
- कला र मनोरञ्जन

बलिउड स्टारहरुको लवस्टोरीको बारेमा धेरै नै रिपोर्टहरु मिडियामा आउने गर्छन् । त्यो भन्दा पनि बढी उनीहरुको डिभोर्सको चर्चा गर्छन् । लव अफयेर, विवाह र डिभोर्सका कारण चर्चामा आउने बलिउड स्टारहरुको चर्चा पछिल्लो समय केही ज्यादा नै हुने गरेको छ । उनीहरुको महंगो डिभोर्सको कारण पछिल्लो समय बलिउडमा ठुलो चर्चा हुने गरेको छ ।
यी हुन् बलिउडका मंहगा डिभोर्स
१. रितिक रोशन र सुजैन खान
यो जोडी सन् २०१३ मा अलग्गिएको थियो । यो जोडी सानैदेखिका साथी पनि थिए । रितिकसँग डिभोर्स गर्न ४०० करोड मागेकी सुजैनले ३८० करोडमा चित्त बुझाएकी थिइन् । यो नै बलिउडको सबैभन्दा महँगो डिभोर्स रहेको छ ।
२. करिश्मा कपुर र संजय कपुर
यो जोडीको डिभोर्स भइसकेको छ । करिश्माले डिभोर्स पश्चात संजयको पिताको मुम्बईमा रहेको बंगला र बच्चाको रेखदेखका लागि १० लाख प्रत्येक महिनाको खर्च दिने सहमति भएको थियो । करिष्माले १४ करोड रुपैया लिएकी थिइन् ।
३. आदित्य चोपडा र पायल खन्ना
निर्देशक आदित्य चोपडा रानी मुखर्जीको मायामा परेपछि श्रीमति पायललाई छोड्न ठुलै संघर्ष गर्नुपर्यो । उनीहरुबीच लामो समय कोर्टमा मुद्धा चल्यो । पायलले धेरै नै पैसा मागेपछि उनीहरुबीच सहमति हुन सकेको थिएन । मिडिया रिपोर्टका अनुसार यस डिभोर्सका लागि पायलले ठुलो रकम लिएकी थिइन् । तर, कति भने खुलाइएको थिएन ।
४. आमिर खान र रीना दत्त
जब किरण राओ आमिर खानको जीवनमा आइन् तब रीनालाई डिभोर्स दिने निर्णय आमिरले गरे । यो जोडीको विवाह सन् १९८६ मा भएको थियो । सन् २००२ मा यो जोडीको डिभोर्स भएको थियो । रीनाले आमिरसँग छुट्टिन ५० करोड मागेकी थिइन् ।
५. सैफ अली खान र अमृता सिंह
यो जोडीमा उमेरको अन्तरको केही ज्यादा नै थियो । दुवैको वैवाहिक सम्बन्ध १३ वर्षसम्म चल्यो । तर, अन्तत डिभोर्स नै भयो । अन्तत अमृतालाई सेफले आफ्नो आधी सम्पत्ति दिन पर्यो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
नेकपा माओवादी केन्द्रले नेताहरूको वरीयता तोकियो (सुचीसहित)
- 9 minutes ago

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पदाधिकारी र स्थायी समिति सदस्यहरुको वरीयता निर्धारण गरेको छ ।
अमेरिकाको दाबी रुसद्वारा अस्वीकार
- 29 minutes ago

एजेन्सी । रुसले नयाँ रणनीतिक हतियार न्यूनीकरण सन्धि (नयाँ स्टार्ट) को पालना नगरेको भन्दै संयुक्त राज्य अमेरिकाले गरेको दाबीलाई मस्कोले दृणतापूर्वक अस्वीकार गरेको छ ।
त्रिशूली जलविद्युत् केन्द्रको आधुनिकीकरण गरिदै
- 32 minutes ago

काठमाडौ । नेपाल विद्युत् प्राधिकरणले नुवाकोटको बिदुर नगरपालिका–९ त्रिशूली बजारस्थित त्रिशूली जलविद्युत् केन्द्रको जीर्णोद्धार तथा आधुनिकीकरण सुरुआत गरेको छ ।
पर्यटन
किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस
जीवनशैली
घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।
विचित्र विश्व
उपराष्ट्रपतिको श्रीमानलाई अमेरिकी प्रथम महिलाले चुम्बन गरेपछि...

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसनका खसमको ओठमा चुम्बन गरेर संसारलाई आश्चर्यचकित बनाएकी छन् ।