आन्दोलनरत चिकित्सकहरुलाई बिरामीको स्वास्थ्य उपचारमा संलग्न हुन त्रिविको आग्रह

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले शिक्षण अस्पतालका चिकित्सकलाई बिरामीको स्वास्थ्योपचारमा संलग्न हुन आग्रह गरेको छ । 

 

त्रिविले आज विज्ञप्ति जारी गर्दै चिकित्सकीय धर्मविपरीत नगई सधैँझैँ बिरामीको स्वास्थ्योपचार गर्न सबै चिकित्सक, प्राध्यापक, प्राविधिक– अप्राविधिक प्राध्यापक र कर्मचारीलाई आग्रह गरेको हो । 

 

शिक्षण अस्पताल बन्द गर्दा स्वास्थ्योपचारका लागि आउने बिरामी संविधानले प्रदान गरेको स्वास्थ्यसम्बन्धी मौलिक हकबाट वञ्चित हुनुपर्ने भएकाले बिरामीको उपचारमा लाग्न तथा अस्पताल बन्द हुँदा करोडौँ रुपैयाँ हानिनोक्सानी र आर्थिक घाटा व्यहोर्नु परेकाले निर्बाध रुपमा सञ्चालन गर्न आग्रह गरेको छ । 

 

विज्ञप्तिमा अनशनरत प्रा डा गोविन्द केसीले राखेका मागका बारेमा वार्ता टोली गठन गरेर समाधान खोज्ने प्रयास भइरहेकाले अहिलेको अवस्थामा शिक्षण अस्पताल र केन्द्रले जनतालाई स्वास्थ्योपचारका लागि दिने सेवामा बाधा अड्चन सिर्जना गर्न खोज्ने कुनै पनि संघ, समूह वा व्यक्तिको भ्रममा नपरी संस्थाको ऐन, नियममा रहन चिकित्सक, प्राध्यापक र कर्मचारीलाई अनुरोध गरिएको छ । 

 

त्रिविले स्वास्थ्योपचारका लागि आउने बिरामीको स्वास्थ्य सेवामा असर पार्ने गरी कुनै पनि माग राख्ने कार्य गर्नु र गर्न खोज्नु अत्यावश्यक सेवा ऐन, सर्वोच्च अदालतबाट पटक पटक जारी भएका आदेश, विश्वविद्यालयका ऐन, नियम र विनियमको विपरीत हुनाका साथै कुनै पनि चिकित्सकको चिकित्सकीय धर्म नभएको उल्लेख गरेको छ । 

 

विधिको शासनलाई मान्दिन, अनुशासनमा रहँदिन भन्ने कुनै पनि शिक्षक–कर्मचारीलाई संस्थामा आबद्धता जनाई तलबभत्ता बुझ्न नैतिकता र कानूनले पनि नदिने विज्ञप्तिमा जनाइएको छ । 

 

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर सेन्टर, बिपी कोइराला नेत्र अध्ययन केन्द्र र आयुर्वेद शिक्षण अस्पतालले स्वास्थ्योपचार दिइरहेका छन् । 

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

दुर्गा पक्षको सातौँ दिन देशभरका शक्तिपीठमा भक्तजनको लाम

  • 6 hours ago
दुर्गा पक्षको सातौँ दिन देशभरका शक्तिपीठमा भक्तजनको लाम

काठमाडौँ । वडादसैँको सातौँ दिन अर्थात् दुर्गा पक्षका अवसरमा देशभरका देवी मन्दिरमा भक्तजनको बिहानैदेखि भीड लागेको छ । वडादसैँका अवसरमा आजैदेखि एकादशीसम्म सार्वजनिक बिदा दिइएको छ । सरकारी कार्यालय, विद्

बुर्किना फासोको सैनिक हस्तक्षेपप्रति राष्ट्रसङ्घीय महासचिवको चासो

  • 7 hours ago
बुर्किना फासोको सैनिक हस्तक्षेपप्रति राष्ट्रसङ्घीय महासचिवको चासो

एजेन्सी । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले बुर्किना फासोमा भएको सैनिक हस्तक्षेप र कूप्रति चासो व्यक्त गरेका छन् । उनले यहाँको सेनाले गरेको सैन्य ‘कू’ बाट नागरिक अधिकारहरु हनन् भएका र सर

बिन्धबासिनी मन्दिरमा भक्तजन घुइँचो

  • 7 hours ago
बिन्धबासिनी मन्दिरमा भक्तजन घुइँचो

पोखरा । पोखराको प्रसिद्ध धार्मिक शक्तिपीठ बिन्धबासिनी मन्दिरमा सप्तमीको दिन आइतबार भक्तजन घुइँचो । तस्बिरः जमुना वर्षा शर्मा/रासस



पर्यटन

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

तालबाराही मन्दिरमा भक्तजनको घुइँचो

कास्की । नवरात्रको समय पारेर शनिबार पोखराको फेवाताल बिचमा रहेको तालबाराही मन्दिर दर्शन गर्ने भक्तजनको घुइँचो । तस्बिरः जमुना वर्षा शर्मा, रासस

जीवनशैली

कसरी स्वादिलो भुटन बनाउने ?

कसरी स्वादिलो  भुटन बनाउने ?

एजेन्सी । नेपालमा चाड­पर्वमा मासु तथा विभिन्न थरिका परिकारहरु बन्दछन्। मासु साह्रै लोकप्रिय छ हामी सबै नेपालीहरुलाई। नेपालको सबैभन्दा बढी प्रयोगमा आउने खसीको मासु हो। सारा विश्वमै खसी र बाख्राको परिकारहरु लोकप्रिय छन्, कहीँ यसको दूध बढी उपयोगमा ल्याइन्छ, त कहीँ त्यसबाट बनेको चिज भने कहीँ यसको मासु।

विचित्र विश्व

'कांग्रेस नेताहरू चुनावपछि भाजपामा सामेल हुनेछन्'

'कांग्रेस नेताहरू चुनावपछि भाजपामा सामेल हुनेछन्'

एजेन्सी । गुजरातको आगामी विधानसभा चुनावमा आम आदमी पार्टी मैदानमा उत्रने तयारीमा छ । यसै क्रममा दिल्लीका मुख्यमन्त्री तथा पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवालले राज्यका विभिन्न भागमा लगातार भ्रमण गरिरहेका छन् ।