आठ अर्ब डलर रूसी सम्पत्ति जफत गरेको स्विट्जरल्याण्डद्वारा जानकारी
- शुक्रबार, १६ मंसिर, २०७९
- 1 month ago
- अन्तर्राष्ट्रिय
- विचित्र विश्व

एजेन्सी । स्विट्जरल्याण्डले युक्रेनमा रूसले शुरू गरेको युद्धलाई लिएर लगाइएको प्रतिबन्ध अन्तर्गत रूसको कूल ७.५ अर्ब स्वीस फ्र््याङ्क (७.९ अर्ब अमेरिकी डलर) जफत गरेको बिहीबार जनाएको छ ।
महिनौँदेखि रोक्का भइरहेको यो रकम गत जुलाईमा स्टेट सेक्रेटेरिएट फर इकोनोमिक अफेयर्स (सेको) ले उपलब्ध गराएको आँकडाभन्दा करिब एक अर्ब स्वीस फ्र््याङ्क बढी हो ।
धनी रूसी र तीनका सम्पत्तिका लागि उपयुक्त गन्तव्य स्विट्जरल्यान्डमा पनि १५ शीर्षकमा रूसी सम्पत्ति जफत गरिएको छ ।
सेकोका द्विपक्षीय आर्थिक सम्बन्धका प्रमुख एर्विन बोलिङ्गरले पत्रकारहरूसँग भने, “कुनै पनि समयमा जफत गरिएको रकमले ‘प्रतिबन्धहरूको प्रभावकारिता प्रतिबिम्बित गर्न’ आवश्यक नभएको बताए ।
स्वीस अधिकारीहरूले रूसमाथि प्रतिबन्धहरू लागू गर्न खोजिरहेका छन् कहिलेकाँही सावधानीको उपायको रूपमा सम्पत्तिलाई रोक्का गरिन्छ र कहिलेकाहीँ स्पष्टीकरण पूरा भएपछि पनि फेरि प्रतिबन्ध जारी हुन सक्छ ।
रूसले फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण गरेको चार दिनपछि सामान्य रूपमा तटस्थ देखिने स्विट्जरल्यान्डले मस्कोविरुद्ध छिमेकी युरोपेली सङ्घको प्रतिबन्धसँग आफूलाई मिलाउने निर्णय गरेको थियो ।
युरोपेली सङ्घका समकक्षीहरूजस्तै स्वीस बैंकहरूलाई पनि रुसी नागरिक वा रूसमा रहेका व्यक्ति वा संस्थाहरूबाट एक लाख स्वीस फ्रयाङ्कभन्दा बढीको निक्षेप स्वीकार गर्न प्रतिबन्ध लगाइएको छ र उक्त रकमभन्दा बढी सबै विद्यमान निक्षेपहरू घोषणा गर्न आदेश दिइएको छ ।
विद्यमान निक्षेप घोषणा गरिएको कूल ४६.१ अर्ब स्वीस फ्र््याङ्क घोषणा गरिएको छ तर सेकोका अनुसार यो ‘स्विट्जरल्याण्डमा जम्मा गरेको रूसी मूलको कुल रकमसँग बराबर हुन सक्दैन ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
सामाजिक सञ्जालको नियमन हुनुपर्छः प्रमुख आयुक्त थपलिया
- 11 hours ago

काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल पनि आमसञ्चार माध्यमको रुपमा स्थापित हुन खोजिरहेको उल्लेख गर
स्वास्थ्य सचिव पोखरेलद्वारा सिएमसी क्यान्सर इन्स्टिच्यूट उद्घाटन
- 12 hours ago

चितवन। चितवन मेडिकल कलेजले स्थापना गरेको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’को आज औपचारिक उद्घाटन गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेले एक कार्यक्रमकाबीच इन्स्टिच्यूट उद्घाटटन
पर्यटन
खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस
जीवनशैली
काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।
विचित्र विश्व
रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।