आप्रवासी नीतिप्रति राष्ट्रपति ट्रम्प केही लचिलो

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आप्रवासी नीतिप्रति केही लचिलो भएको समाचार छ । 

 

अमेरिकामा रहेका कुनै कागजात नभएका अथवा दर्ता नगरिएका आप्रवासीका बालबालिकालाई आमावावुबाट छुट्याएर अलग्गै गर्ने नीति यसअघि राष्ट्रपति ट्रम्प प्रशासनले ल्याएको थियो । 

 

राष्ट्रपति ट्रम्प अमेरिकामा निर्वाचित भएपछि यो नीति आएको थियो । यो अमेरिकी नीतिको अन्तर्राष्ट्रिय रूपमा व्यापक मात्रामा आलोचना भएको थियो । 

 

अमेरिकाजस्तो देशले पनि आफ्ना आमावावुसँगै बालबालिका पनि बस्न पाउनुपर्ने अधिकारको विरुद्धमा रहनु दुःखद भन्दै उनको व्यापक मात्रामा विरोध भइरहेकै बेला उनले उक्त निर्णयलाई उल्ट्याउने भएका हुन् । 

 

अमेरिकी राष्ट्रपति ट्रम्पले आप्रवासीका आफ्ना परिवारका सदस्य र बालबालिकालाई पनि साथैमा रहन अनुमति दिने आदेश दिएका हुन् । उनले यस नयाँ नीति समेटिएको आदेशमा बुधबारै हस्ताक्षर गर्ने बताइएको छ । 

 

यो निर्णय उनको नीतिको विरोध भएकोले भन्दा पनि त्यहाँका बालबालिकाको तस्बिर हेरर आफू पनि विचलित भएको ट्रम्पले बताएका छन् । 

 

सो नीति उल्टिनेगरी बुधवार हस्ताक्षर भएपछि राष्ट्रपति ट्रम्पले परिवारलाई एकै ठाउँमा बस्न दिइने पनि वासिङ्टनबाट प्राप्त भएका समाचारहरुमा बताइएको छ । 

 

तर आजको सो समाचारमा ती आदेशहरु कहिलेदेखि लागू हुने हुन् भन्ने बारेमा भने केही बताइएको छैन । 

 

यो आदेशपछि पनि आफ्नो प्रशासनले अमेरिकामा आप्रवासीहरूको बढ्दो सङ्ख्या रोक्ने कार्यमा भने कुनै बाधा नपुग्ने पनि अधिकारीहरुले बताएका छन् । 

 

परिवारहरूलाई सँगै बस्न दिने त हो तर पनि हामी हाम्रो सीमा बलियो बनाउन चाहन्छौँ–अमेरिकी राष्ट्रपतिले भनेका छन् । 

 

यसरी आगामी दिनमा पनि यस नीतिमा कडाई नगर्ने हो भने पनि वर्षेनी दशौँ लाख आप्रवासी अमेरिका आउनसक्ने र अमेरिका देश नै आप्रवासीले भरिने खतरा रहने राष्ट्रपति ट्रम्पले बताए । 

 

उनले भने – परिवारहरू सँगै बस्न त पाउने भए तर पनि आफ्नो देशको सीमा बलियो बनाउने र आफ्नो देशमा शान्ति सुरक्षा कायम गर्ने पनि हाम्रो अधिकार हो । 

 


थप समाचार

काठमाडौँमा एकैदिन ११० जना कोरोना संक्रमित फेला

  • 2 hours ago
काठमाडौँमा एकैदिन ११० जना कोरोना संक्रमित फेला

काठमाडौँ । काठमाडौँमा एकैदिन ११० जना कोरोना संक्रमित फेला परेका छन् । काठमाडौँ उपत्यकामा भने कुल १३४ संक्रमित थपिएका छन् ।

नेपालमा थप ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

  • 2 hours ago
नेपालमा थप ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा थप ६३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

भारतका पुर्व राष्ट्रपति प्रणव मुखर्जी भेन्टिलेटरमा

  • 3 hours ago
भारतका पुर्व राष्ट्रपति प्रणव मुखर्जी भेन्टिलेटरमा

एजेन्सी । भारतका पुर्व राष्ट्रपति प्रणव मुखर्जीलाई भेन्टिलेटरमा राखिएको बताइएको छ ।



प्रेम र यौन

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

ब्रत बसेको बेला किन यौनसम्पर्क गर्नु हुँदैन ?

नेपाली हिन्दू समाजमा विशेषतः महिलाहरू साउन लाग्ने बित्तिकै तथा अन्य महिनाका पर्व वा दिन विशेषमा ब्रत वा उपवास बस्छन् । लामो समयको ब्रतका बेला कतिपय यौन जोडीले यौन सम्पर्कको अनुभव लिन चाहेका हुन्छन् । ब्रतका समयमा महिलाहरू धार्मिक एवं मानसिक तवरमा यौन सम्बन्ध राख्न तयार नहुने हुनाले यौन सम्पर्क नराख्नु नै उपयुक्त मानिन्छ ।

जीवनशैली/स्वास्थ्य

तपाईका यी बानीले किड्नी खराब बनाउँछ

तपाईका यी बानीले किड्नी खराब बनाउँछ

एजेन्सी । किड्नी खराब हुनुका कारणमा सबैभन्दा पहिले हाम्रा कतिपय खराब बानीहरु पहिलो नम्बरमा पर्छन् । यसका अन्य कारणहरु पनि छन् तर हाम्रा बानीहरुको पनि किड्नीमा ठूलो प्रभाव पर्न सक्ने हुनाले त्यस्त बानीहरु थाहा पाइराखेको राम्रो । त्यसैले आज हामी तपाईहरुलाई त्यस्ता बानीहरुबारे सचेत गराउन जाँदैछौं ।

विचित्र विश्व

एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माइन्

एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माइन्

चितवन । मकवानपुरकी एक महिलाले पाँच किलोग्रामको बच्चा जन्माएकी छन् । चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत मकवानपुरको चुरीयामाई–९ घर भएकी ३० वर्षीया सीता लोप्चनले आज पाँच किलोग्रामकी छोरी जन्माएको अस्पतालले जनाएको छ ।