ट्रम्पद्वारा वासिङ्टनमा संकटकाल घोषणा
- बुधबार, २९ पुष, २०७७
- 1 week ago
- अन्तर्राष्ट्रिय

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वासिङ्टन क्षेत्रमा संकटकाल घोषणा गरेका छन् । ट्रम्पले आफूविरुद्ध अमेरिकी संसद्मा महाभियोग प्रस्ताव पेस गरिएलगत्तै जनवरी ११ देखि २४ सम्म उक्त संकटकाल लगाएका हुन् ।
यता नवनिर्वाचित राष्ट्रपति जो बाइडनले वासिङ्टनमा २० जनवरीमा पदको शपथ लिँदै छन् । संकटकाल लागू भएसँगै अमेरिकामा भिडन्त हुने आशंका गरिन थालेको छ । शपथ ग्रहण समारोहमा हिंसा हुने आशंका बढेकाले संकटकाल लगाउनु परेको जनाइएको छ ।
यता ट्रम्प समर्थकबाट हिंसा हुन सक्ने भन्दै स्थानीय प्रहरी र संघीय अनुसन्धान अधिकारीले चिन्ता व्यक्त गरेका छन् भने बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसको शपथ ग्रहण प्रभावित हुने अनुमान गर्न थालिएको छ।
गत साता मात्र अमेरिकी संसद् भवनमा आक्रमण भएको थियो। जसमामा ५ जनाले ज्यान गुमाएका थिए।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
कोरोना खोप पाँच दिनभित्र जिल्लाका भण्डारणसम्म पुर्याइसक्ने, खोप लगाउने दिन भने अझै तय हुन सकेन
- 4 minutes ago

काठमाडौँ । सरकारले भारतले उपलब्ध गराएको खोप पाँच दिनभित्र जिल्लाका भण्डारणसम्म पुर्याइसक्ने योजना बनाएको छ । खोप लगाउने दिन भने अझै तय हुन सकेको छैन । स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले प्राथमिकतामा स
न्यायपालिकामाथि प्रधानमन्त्रीबाट हस्तक्षेपको प्रयास भएको आरोप
- 8 minutes ago

काठमाडौँ । सर्वोच्च अदालतमा बुधबार बहसका क्रममा कानुन व्यवसायीले प्रधानमन्त्री केपी शर्मा ओलीले न्यायालयको क्षेत्राधिकारमा प्रभाव पार्न खोजेको बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बहसका क
भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख कोरोना खोप आज काठमाडौं आइपुग्दै
- 14 minutes ago

काठमाडौं । नेपाल सरकारको पहलमा भारत सरकारले अनुदानस्वरूप उपलब्ध गराएको १० लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप आज (बिहीबार) काठमाडौं आइपुग्दै छ । सो खोप जोखिममा खटिएका व्यक्तिलाई प्राथमिकता निर्धारण ग
पर्यटन
सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक

सुरुङ्गा । झापाको कनकाई नगरपालिकास्थित जामुनखाडी सिमासार क्षेत्रमा रहेको पोखरीमा बोटिङ गर्दै आन्तरिक पर्यटक । झापाकै प्रमुख पर्यटकीयस्थल सिमसार क्षेत्रमा वार्षिक दुई लाखभन्दा बढी पर्यटकको आवागमन हुने गरेको छ ।
जीवनशैली
वृहस्पति अस्तः के-के गर्न वर्जित गरिएको छ ?

काठमाडौं । वृहस्पति (गुरु) आइतबारदेखि अस्त भएकाले नित्य र नैमित्तिकबाहेकका काम्य कर्म गर्न नमिल्ने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
विचित्र विश्व
जब रक्सीले मात्तिएका पिताले आफ्नो १० वर्षिय छोरालाई जिउँदै जलाउने प्रयास गरे

एजेन्सी । भारतस्थित हैदराबादको कुकटपल्लीमा एक जना पिताले आफ्नो १० वर्षिय छोरालाई जिउँदै जलाउने प्रयास गरेका छन् । रक्सीले मात्तिएका उनले आफ्नो छोरालाई जिउँदै जलाउने प्रयास गरेका हुन् ।