डनसँगको अफेयरको हल्लाले बर्बाद भएको थियो यी अभिनेत्रीको बलिउड करिअर

एजेन्सी । भारतका महान फिल्म निर्देशक राज कपुरले मेरठमा जन्मिएकी यास्मिन जोसेफलाई मन्दाकिनी नामबाट फिल्म राम तेरी गंगा मैलीमा अवसर दिएका थिए । उक्त फिल्मपछि उनी रातारात हिट भएकी थिइन् । उनले उक्त फिल्ममा बोल्ड सिन दिएकी थिइन् । जो आजसम्म पनि कोही बलिउड अभिनेत्रीले दिन सकेका छैनन् । 

 

उनलाई फिल्म साइन गर्न निर्माताहरुको लाइन नै लागेको थियो । उनलाई हरेक निर्माता बोल्ड लुकमा देखाउनमात्र चाहन्थे । उक्त छबिबाट बाहिर आउन उनलाई धेरै समय लागेको थियो। 

 

९० को दशकमा उनको नाम अण्डरवल्र्ड डन दाउद इब्राहिमसँग जोडिएको थियो भने उनीसँगको तस्बिर पनि बाहिर आएको थियो । उनीहरुबीच अफेयर्स चलेको खबर पनि बाहिर आएको थियो । दाउदले फिल्ममा ठुलो कालोधन लगानी गरेको आरोप पनि लाग्दै आइरहेको थियो । उनले लगानी गरेका फिल्ममा सिफारिस गरिएका व्यक्तिहरुको अभिनय रहने चर्चा पनि चल्थ्यो ।

 

दाउदसँगको नजिकपन मंदाकिनीलाई महँगो सावित हुन पुग्यो । दाउदसँग सँगै बस्न उनी दुबई गएको आरोप पनि उनीमाथि लाग्यो । तर, उनले यसबारे खण्डन गरेको बयान दिएकी थिइन् । उनले व्यक्तिगत रुपमा एकअर्कालाई नचिन्ने समेत जानकारी दिएकी थिइन् । 

 

उनको बयानको खासै असर देखिएन । बलिउडमा उनको करिअर ओरालो लाग्न थाल्यो । उनको करिअर अन्ततः नराम्रोसँग बिग्रिन पुग्यो । उनले अन्ततः बलिउड नै छोड्न पुगिन् । 

 

पछि उनले एक पुर्व बौद्ध भिक्षु काग्युर टी रिनपोचे ठाकुरसँग विवाह गरिन् । उनका दुई सन्तान रहेका छन् । 

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कंगना रनौतको ट्विटर अकाउन्ट सस्पेण्ड गर्न माग

  • 27 minutes ago
कंगना रनौतको ट्विटर अकाउन्ट सस्पेण्ड गर्न माग

एजेन्सी । कंगना रनौतको ट्विटर एकाउन्ट सस्पेनड गर्न मुम्बईको उच्च अदालतमा माग गरिएको छ। उच्च अदालतमा एउटा याचिका दायर गरिएको छ, जसमा भनिएको छ कि कंगना रनौतले आफ्नो ट्वीटरबाट देशभर घृणा र वितृष्णा फैलाउ

मुख्यमन्त्री राउतको फेसबुक ह्याक, प्रोफाइलमा युवतीको फोटो

  • 29 minutes ago
मुख्यमन्त्री राउतको फेसबुक ह्याक, प्रोफाइलमा युवतीको फोटो

काठमाडौँ । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक पेन ह्याक भएको छ । शुक्रबार बिहान मुख्यमन्त्री राउतको फेसबुक पेज ह्याक भएको हो । ह्याकरले मुख्यमन्त्री राउतको फेसबुक पेजको प्रोफाइल फो

चिनियाँ नागरिकसँग जोडिन अष्ट्रेलियाका प्रधानमन्त्री वी च्याटमा, गरे यस्तो अपिल

  • 34 minutes ago
चिनियाँ नागरिकसँग जोडिन अष्ट्रेलियाका प्रधानमन्त्री वी च्याटमा, गरे यस्तो अपिल

सिड्नी । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन चिनियाँ नागरिकसँग जोडिन पुनः सामाजिक संजाल वी च्याटमा सक्रिय भएका छन् । पछिल्लो समय अष्ट्रेलिया र चीनबीचको टक्करावपूर्ण अवस्थामा चिनियाँ नागरिकसँग आफ्न



जीवनशैली

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

जन्डिस के हो र यो कसरी सुरु हुन्छ ?

काठमाडौँ । आँखाको सेतो भाग, हत्केला, अनुहार वा सम्पूर्ण शरीरमा पंहेलो रंग देखिएको अवस्थालाई जन्डिस भनिन्छ । जन्डिस आँफैमा रोग होइन ।

विचित्र विश्व

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

कोरोना भ्याक्सिनभन्दा पहिला फाइजर कम्पनीले बनाएको थियो भियग्रा

एजेन्सी । फाइजर र बायोएन्टेक नामको कम्पनीले कोरोना खोपको स्वीकृति प्राप्त गरेको छ। यस कम्पनीले घोषणा गरेको थियो कि उनले प्रयोगशालामा यस्तो कोरोना खोप बनाउन सफल भएको छ, जुन भाइरसविरूद्ध ९४.५ प्रतिशत प्रभावकारी छ।