रोगाी बाख्राको मासुले मानिस बिरामी भएको ठहर

डोटी । आदर्श गाउँपालिका वडा नं. १ मेलगडामा गत शनिबार बाख्राको मासु खाँदा बिरामी पर्नाको कारण रोगी बाख्रा भएको चिकित्सकले जनाएका छन् । 

 

शनिबार गाउँमो बाख्रा काटेर मासु खाँदा दुई वर्षीयादेखि ४० वर्षीयसम्मका बिरामी परेका थिए । काटिएको बाख्रामा रोग भएका कारण पूरै गाउँले बिरामी परेको दिपायल पिपल्लास्थित शैलेश्वरी अस्पतालका तथा चिकित्सक तथा निर्देशक आइजङ्ग कुँवरले बताए । 

 

‘स्थानीयवासीले खाएको बाख्रामा केही न केही रोग भएको हुनुपर्छ’, उनले भने, ‘बाख्रामा रोग भएका कारण मासु खाने जति बिरामी परेका हुन् ।’ रोग लागेको बाख्रा नपोलेर काँचै खाएका कारण मानिस बिरामी भएको चिकित्सकको भनाइ छ ।

 

केही महिना पहिले उक्त गाउँपालिकामा फैलिएको अज्ञात रोगका कारण दर्जनौँ चौपाया मरेका थिए । त्यही अज्ञात रोगले बिरामी परेका बाख्रा काटेर खाँदा रोग लागेको उपचारमा संलग्न चिकित्सकको जिकिर छ ।  

 

बिरामी १५ जनामध्ये १३ जना उपचारपछि घर फर्किएका छन् । दुई जनाको अवस्था भने गम्भीर रहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । उनीहरुको अवस्था अहिलेसम्म पनि सुधार हुन नसकेको अस्पतालले जनाएको छ  । 

 

बाख्राको मासु खाँदा गाउँ नै गाउँले बिरामी परेपछि त्यसको कारणबारे अनुसन्धान गरिने  सहायक प्रमुख जिल्ला अधिकारी टेकनाराण पौड्यालले बताए । बाख्राको मासु खानेहरुलाई पखालासहित झाडाबान्ता भएको थियो । 

 

सुदूरपश्चिमका अधिकांश ठाउँमा बोकाबाख्रा मन्दिरमा चढाएका बेला वा घरैमा काटेका बेला बोका, बाख्रा र खसीको पोलेको कान, कलेजो, गिदी, आँखा, मुटु र छाला नूनतेलमा साँधेर काँचै खाने चलन  छ ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

दुब्लाउने अचुक उपायः यसरी खानुहोस् खानेकुरा

  • 5 hours ago
दुब्लाउने अचुक उपायः यसरी खानुहोस् खानेकुरा

एजेन्सी–दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ । यो दुधभन्दा पनिब बढी फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्यालसियम, भिटामिन–वी जस्ता पोषक तत्वहरु हुन्छन् । यसलाई खानाले शरिरलाई लाभदायक गर्छ ।

यसरी अर्बौँ सम्पत्तिको मालिक्नी बने यी बलिउड फ्लप अभिनेत्रीहरु

  • 5 hours ago
यसरी अर्बौँ सम्पत्तिको मालिक्नी बने यी बलिउड फ्लप अभिनेत्रीहरु

एजेन्सी । बलिउड उद्योग निकै ठूलो छ जहाँ जो–जो कलाकार आफ्नो भविष्य बनाउन छिर्छन् ती मध्ये केहीलेमात्र आफ्नो नाम सुनौले अक्षरले लेख्न सफल भएका छन् भने धेरैले संघर्ष गर्दागर्दै करियरलाई बीट मारेर बलिउडबा

डनसँगको अफेयरको हल्लाले बर्बाद भएको थियो यी अभिनेत्रीको बलिउड करिअर

  • 5 hours ago
डनसँगको अफेयरको हल्लाले बर्बाद भएको थियो यी अभिनेत्रीको बलिउड करिअर

एजेन्सी । भारतका महान फिल्म निर्देशक राज कपुरले मेरठमा जन्मिएकी यास्मिन जोसेफलाई मन्दाकिनी नामबाट फिल्म राम तेरी गंगा मैलीमा अवसर दिएका थिए । उक्त फिल्मपछि उनी रातारात हिट भएकी थिइन् । उनले उक्त फिल्म



पर्यटन

शहीद स्मारकः बाह्य पर्यटकको पनि आकर्षण बन्दै

शहीद स्मारकः बाह्य पर्यटकको पनि आकर्षण बन्दै

हेटौँडा । हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरस्थित शहीद स्मारक परिसरमा आदिवासी जनजातिको संग्रहालय स्थापना गरिने भएको छ । अहिले संग्रहालय भवनको निर्माण अन्तिम चरणमा पुगेको छ ।

जीवनशैली

दुब्लाउने अचुक उपायः यसरी खानुहोस् खानेकुरा

दुब्लाउने अचुक उपायः यसरी खानुहोस् खानेकुरा

एजेन्सी–दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ । यो दुधभन्दा पनिब बढी फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्यालसियम, भिटामिन–वी जस्ता पोषक तत्वहरु हुन्छन् । यसलाई खानाले शरिरलाई लाभदायक गर्छ ।

विचित्र विश्व

कोरोना भ्याक्सिनको रेसमा यो देश छ सबैभन्दा अगाडि

कोरोना भ्याक्सिनको रेसमा यो देश छ सबैभन्दा अगाडि

एजेन्सी । विश्वभर कोरोना संक्रमणका कारण ११ लाखभन्दा बढी मानिसको ज्यान गइसकेको छ । कोरोनाका कारण करोडौँ मानिसहरु संक्रमित भएका छन् । यसको कहर झन् बढ्दो रहेको छ ।