दाइजाे नदिँदा रूक्सराकाे हत्या भएकाे माइतीपक्षकाे आरोप

सांकेतिक तस्वीर

बाँके । गत बिहीबार झुण्डिएको अवस्थामा फेला परेकी रुक्सरा कुरैसीको हत्या आरोप लगाइएको छ ।

नौ महीनाअघि साहेबे आलम कुरैसीसँग विवाह गरेकी रुक्सराले आत्महत्या गरेको जिकिर घर परिवकारका सदस्यहरूले गरेका छन् तर माइती पक्षले भने हत्या भएको आरोप लगाएका हुन् । 

नेपालगञ्जमा पत्रकारसँग कुरा गर्दै रुक्सराका बुबा इस्लाम अहमद कुरैसीले मागेजातिको दाइजो नदिएकै कारण उनको हत्या गरिएको जिकिर गरेका हुन् । 

भारत नारापारा घर भई कैलालीमा डेरा गरी बस्दै आएका साहेबेसँग विवाह गरेकी रुक्सरा गत बिहीबार रुक्सरा झुण्डिएको अवस्थामा फेला परेकी थिइन् । 

बुवा इस्लामले छोरीलाई मारेर झुण्ड्याइएको जिकिर गर्दै भने, ‘मैले हत्या हुनुअघि छोरीसँग फोनमा कुरा गरेको थिए । घर परिवारको अगाडि नै रहेकी रुक्सरा मसँग पनि राम्ररी बोलेकी थिइनन् ।’ 

माइती पक्षका अनुसार घर परिवारले दैनिक ‘टर्चर’ दिइरहेकाले रुक्सराले दुई दिनदेखि खाना खाएकी थिइनन् ।

घर परिवारले रु. तीन लाख र एउटा पल्सर मोटरसाइकल दाइजो ल्याउन दबाब दिइरहेकाले आफू जग्गा बेचेरै पनि मागेको रकम  र मोटरसाइकल दाइजो दिने मनसायमा रहेको उनको भनाइ थियो । 

हत्या भएको एक घण्टाअघि छोरीसँगको कुराकानीमा आफूले ‘म भोलि नै कैलाली आएर छलफल गर्छु । जग्गा बेचेरै भए पनि तीन लाख र मोटरसाइकल दाइजो दिउँला । अहिले परिवारसँग केही विवाद नगर्नू’ भनेको बुबा इस्लामले बताए ।

केही घण्टापछि नै फेरि फोन आउँदा छोरीले पासो लगाएर आत्महत्या गरेको जानकारी दिइयो ।

‘होचो टीनले छाएको कोठामा उनीहरू बस्छन् । त्यहाँ झुण्डिएर आत्महत्या गर्न सम्भव नै छैन । त्यसमा पनि सबै घर परिवार घरमै रहेको बेलामा मेरो छोरीले कसरी झुण्डिएर आत्महत्या गरिन्’, बुवा इस्लामले भने, 'सबैले मिलेर घाँटी थिचेर मारेपछि झुण्ड्याइएको हो ।’ 

दाइजो दिन्छुभन्दा पनि छोरीको हत्या गरिएको उनको भनाइ थियो । (रासस)

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

लुम्बिनी प्रदेशमा कोरोना बिरामीको उपचार निशुल्क हुने व्यवस्था यथावत्ः मुख्यमन्त्री पोखरेल

  • 53 seconds ago
लुम्बिनी प्रदेशमा कोरोना बिरामीको उपचार निशुल्क हुने व्यवस्था यथावत्ः मुख्यमन्त्री पोखरेल

काठमाडौँ । कोरोना महामारीका बीच सरकारले कोरोना संक्रमितले आफ्नो उपचार सहित अन्य खर्च सबै आफैंले बहोर्नुपर्ने सरकारको निर्णय गरेको थियो । उक्त निर्णय गरेसँगै सामाजिक सञ्जालमा सरकारको चर्को आलोचना भइराख

दाइले गरे आफ्नै भाइको हत्या, हत्यापछि शव नगरमा बगाइदिए !

  • 13 minutes ago
दाइले गरे आफ्नै भाइको हत्या, हत्यापछि शव नगरमा बगाइदिए !

एजेन्सी । दिल्लीमा दर्दनाक घटना घटेको छ । सम्पत्तिका लागि दाजुभाइबीच मनमुटावले चरम रुप लिँदा हत्यासम्मको घटना घटेको छ । सम्पत्तिको विवामा एक जना दाइले आफ्नै भाइको हत्या गरेका छन् ।

शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला

  • 26 minutes ago
शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला

कञ्चनपुर । शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जङ्गल सफारी र जङ्गल वाक खुला गरिएको छ ।

पर्यटन

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पर्यटन प्रवद्र्धनात्मक कार्यक्रममा जोड दिन्छुः रेबान अध्यक्ष बराल

पोखरा । रेष्टुरेण्ट एण्ड बार एशोसिएशन पोखराको २६ औंँ साधारणसभा तथा १४ औंँ अधिवेशनबाट लक्ष्मण बराल अध्यक्षमा निर्वाचित भएका छन् । अध्यक्ष बरालले कोभिड– १९ को महामारीका बीच सुस्ताएको पर्यटन क्षेत्रलाई उकास्न आफ्नो नेतृत्व नयाँ विकल्पको खोजी साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।

विचित्र विश्व