वाइडबडी घोटाला प्रकरणः डा. भट्टराई भन्छन्, ‘नैतिकता हुनेले राजीनामा दिउन्’

Global IME
Mega Bank
Norvic Hospital

काठमाडौं । नेपाल वायुसेवा निगमले भित्र्याएका दुइटा वाइड बडी विमानको विवाद उत्कर्षमा पुगेको छ । वाइडबडी प्रकरणको छानविन गर्न गठित संसदीय लेखा समितिअन्तर्गतको उपसमितिले बुधबार बहालवाला पर्यटनमन्त्री रविन्द्र अधिकारी,  पूर्वमन्त्रीद्वय जीवनबहादुर शाही र जितेन्द्रनारायण देव तथा दुई सचिव र वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलगायतका अधिकारीहरुलाई दोषी देखाउँदै कारबाहीका लागि सिफारिस गरेको छ ।

 

नेपाल वायुसेवा निगमले एयरबसको दुईवटा वाइडबडी जहाज किन्दा ४ अर्ब ३५ करोड ५६ लाख रूपैयाँ भ्रष्टाचार भएको संसदीय उपसमितिले निष्कर्ष निकालेपछि यसबारे तर्क-वितर्क र बहस सुरु भएको छ । सामाजिक सञ्जालका प्रयोगकर्तादेखि राजनीतिक नेताहरुले धारणाहरु बनाउने क्रम जारी छ ।

 

यसैबीच पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा बाबुराम भट्टराईले बहालवाला मन्त्री रविन्द्र अधिकारीलगायतलाइ इन्गित गर्दै नैतिकता भए राजीनामा दिन चुनौती दिएका छन् । उनले भनेका छन्- ‘’फाटेको जालीले छेकेको, छेके पनि छर्लंगै देखेको !’ यो जनवादी गीत जस्तै वाइडबडी प्रकरणलाई अब जतिसुकै कुतर्कले ढाकछोप गर्न खोजे पनि छोपिन्न १ सिधै निर्मातासँग नकिनी नक्कली कम्पनी खडा गरेबाटै दालमा कालो देखिएको हो ! त्यसपछि त नैतिकता हुनेले राजीनामा दिउन्ः नहुनेहरू गलहत्याइयून् ! जो मर्जी !’

 

उनले आफ्नो ट्विटरमार्फत १५ सय घुस खाने खरिदालाई पक्रेको खबर राष्ट्रिय मिडियामा छपाएर मक्ख पर्ने तर ठूला अर्बौ‌ भ्रष्टाचारबारे कानमा तेल हाल्ने अख्तियारको प्रवृत्तिप्रति पनि कटाक्ष गरेका छन् ।

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कस्तो छ पेलेको स्वास्थ्य अवस्था ?

  • 21 minutes ago
कस्तो छ पेलेको स्वास्थ्य अवस्था ?

एजेन्सी । फुटबल लिजेण्ड पेलेको स्वास्थ अवस्था स्थिर रहेको मिडिया रिपोर्टमा उल्लेख छ । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

समानुपातिक मतगणनातर्फ एमालेको २७ लाख ८८ हजार मत

  • 30 minutes ago
समानुपातिक मतगणनातर्फ एमालेको २७ लाख ८८ हजार मत

काठमाडौँ । मङ्सिर ४ गते भएको निर्वाचनमा समानुपातिकतर्फ एक करोड चार लाख २० हजार १२५ मतगणना हुँदा नेकपा एमालेले २७ लाख ८८ हजार मत कटाएको छ ।

सन् २०२२ मा यी बलिउड फिल्महरू असफल साबित भए

  • 46 minutes ago
सन् २०२२ मा यी बलिउड फिल्महरू असफल साबित भए

एजेन्सी । सन् २०२२ लाई बिदाइ गर्ने समय आएको छ । बलिउडको हिसाबले २०२२ संघर्षपूर्ण वर्ष रह्यो । जहाँ दिग्गज स्टारका फिल्मले समेत बक्स अफिसमा निकै नराम्रो घाटा सहनु पर्यो । कमजोर कथा, पुरानै ढाँचा, कमजोर



पर्यटन

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वतको परिचय बदल्ने बन्जी...

पर्वत । बन्जी निर्माणअघि पर्वत धेरैका लागि नौलो नाम सुनिन्थ्यो । पर्वत हुँदै बागलुङ, मुस्ताङ पुग्ने पर्यटकहरूले समेत पर्वतको बारेमा बेखबर देखिन्थे । तर, हिजोआज अवस्था त्यस्तो छैन । आन्तरिक तथा बाह्य पर्यटकहरूका कारण यति बेला सदरमुकाम कुश्माका होटेल तथा रेस्टुरेन्ट व्यवसायहरू फस्टाएका छन् । तस्बिरः सुमनजङ्ग थापा÷रासस

जीवनशैली

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

थाहा पाउनुहोस् कुन ब्लड ग्रुप हुनेले कस्तो खाना खाने ?

एजेन्सी । ओः यो रक्तसमूह भएका मानिसहरुको पाचन क्रिया अन्य मानिसको भन्दा कमजोर हुन्छ । त्यसैले ओ रक्तसमूह भएका मानिसहरुले अन्न तथा गेडागुडी कम मात्रामा खानु पर्दछ ।