डा केसी पक्षधरसँगको वार्तामा प्रधानमन्त्रीकै अग्रसरता
- शुक्रबार, ११ साउन, २०७५
- 3 years ago
- समाचार

काठमाडौं । बुधबारको सरकार र केसी पक्षधर वार्ता टोलीबीचको वार्ता विफल भएपछि प्रधानमन्त्री केपी ओली नै समाधानका लागि सक्रिय रहेका थिए । सिंहदरबारस्थित शिक्षा मन्त्रालयमा रातिसम्म चलेको वार्तामा सरकारी पक्ष र केसी पक्षले आ–आफ्नो अडान नछाडेपछि वार्ता बिनानिष्कर्ष टुंगिएको थियो ।
वार्ता विफल हुनुमा दुवै पक्षले एक अर्कालाई दोषारोपण गरेका थिए ।
त्यसलगत्तै प्रधानमन्त्री ओलीले केसीको माग सम्बोधन गर्ने उपाय खोज्न आफै अग्रसरता लिएका थिए । बुधबार राति ११ बजे केसी पक्षका वार्ता टोलीका संयोजक अभिषेकराज सिंह र सुरेन्द्र भण्डारीलाई बालुवाटार बोलाएर ओलीले आफै कुराकानी गरेका थिए ।
प्रधानमन्त्री ओलीकी निजी चिकित्सका दिव्यासिंह शाहको समेत सहभागिता सो छलफल भएको थियो ।
प्रधानमन्त्रीसँगै वार्ता सफल बनाउन नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठ, सुवास नेम्वाङलगायतको समूह पनि मध्यरातसम्म मध्यस्थकर्ताको भूमिकामा क्रियाशील रहेका थिए ।
प्रधानमन्त्री ओलीले सरकारी वार्ता टोलीलाई सकेसम्म लचिलो हुन निर्देशन दिएका थिए । प्रधानमन्त्री ओलीसँगको छलफलपछि केसी पक्षधर वार्ता टोली पनि लचिलो भएको थियो ।
बुधबार अवरुद्ध भएको वार्ता बिहीबार सम्पन्न गरी निकास निकाल्नु पर्नेमा दुवै वार्ता टोली सहमत भएको थियो । प्रधानमन्त्री कार्यालयमा बिहीबार दिउँसो वार्ताका लागि जाँदै गर्दा दुवै वार्ता टोली उत्साहित देखिएका थिए ।
‘आज वार्ता हुन्छ, तपाईंहरूलाई वार्ताको सफलतापछि सबै कुरा भन्छौं’, वार्ताअघि सरकारी वार्ता टोलीका संयोजक बरालले सुनाएका थिए । केसी पक्षका वार्ता टोली सदस्य ओमप्रकाश अर्याल पनि बिहीबारको वार्ता सफल हुने भन्दै भित्र प्रवेश गरेका थिए ।
दिउँसो चारबजे सहमतिका बुँदाहरूसहित बाहिर निस्केको डा। केसी पक्षको वार्ता टोलीले ‘ब्रेक थ्रु’ हुने बताएको थियो । सुरुमा काठमाडौं उपत्यकामा मेडिकल कलेज संचालन गर्न दिने कि नदिने भन्ने विषयमा दुवै पक्षबीच सहमति हुन नसक्दा वार्ता सफल हुन सकेको थिएन । साँझ सात बजे बालुवाटारमा वार्तामा जानुअघि डा। केसी पक्षले पत्रकार सम्मेलन गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको वार्तामा लगभग सबै कुरा मिलिसकेको बताएको थियो ।
तर वार्ता नाटकीय मोड लिएपछि साँझपख प्रधानमन्त्री निवास बालुवाटारमा दुवै पक्षबीच सहमति हुन सकेन । संसद्मा दर्ता भएको चिकित्सा शिक्षा विधेयक, २०७५ भएका प्रावधानमा संशोधन गर्न सरकार तयार भएको छ । त्यसपछि मेडिकल कलेजलाई सम्बन्धन दिने विषयमा सरकारी पक्षको भनाइ सुनाउन डा। केसी पक्षको वार्ता टोली शिक्षण अस्पताल पुगेको थियो । अनशनस्थलमा झण्डै पाँच मिनेटसम्म डा। केसी पक्षले बिफ्रिङ गर्दा डा। केसीले दश वर्षभित्र सम्बन्धन दिन नहुने अडान दोहो¥याएका थिए ।
त्यसपछि सरकार १० वर्षसम्म काठमाडौं उपत्यकामा मेडिकल कलेजलाई सम्बन्धन नदिने प्रावधान राख्न तयार भएको थियो । आजको अन्नपूर्ण पोस्ट्बाट ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
गठबन्धनबाट विकास सम्भव छैन – महासचिव पोखरेल
- 10 hours ago

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको विकास र समृद्धिका लागि राजनीतिक ध्रूबीकरण आवश्यक रहेको बताएका छन् । जननेता मदन भण्डारीको ७१ औं जन्मजयन्तीको अवसर पारेर प्रेस चौतारी नेप
आईजीपी बढुवाविरुद्धको रिट हेर्दाहेर्दैमा, अर्को सुनुवाइ १९ असारमा
- 11 hours ago

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा धिरजप्रताप सिंहलाई बढुवा गरेको सरकारको निर्णयविरुद्ध परेको रिटको सुनुवाइ १९ असारसम्म सरेको छ ।
कुटपिट गरेर कम्युटर अपरेटरको गाडी लुट्ने ३ भारतीय नागरिक पक्राउ
- 11 hours ago

धनगढी । कैलालीको भीम दत्त राजमार्ग अन्तर्गत गोदावरीमा डडेल्धुराको आलीताल गाउँपालिकाका कम्युटर अपरेटर लोकेन्द्र भण्डारीलाई कुटपिट गरेर कार लुट्ने समूहका तीन जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ
पर्यटन
'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
जीवनशैली
मस्तिष्काघातः ‘समयमै विशेषज्ञ उपचार पाए पूर्ववत् अवस्थामा फर्किन सकिन्छ’

चिकित्सकका अनुसार मस्तिष्काघात उभिँदा शरीरको सन्तुलन नमिल्ने, आँखाले नदेख्ने वा आँखा धमिलो हुने एक्कासी मुख एकातिर बाँङ्गिने, हातखुट्टा एक्कासि कमजोर हुने, बोली नआउने वा बोली लरबराउने र शरीररको एक भाग (हर) कमजोर हुन सक्छ ।
विचित्र विश्व
श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशियाे

एजेन्सी । श्रीलंका पछिल्लो समय सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको छ । श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशिएको छ । श्रीलंकामा पेट्रोलको मूल्य ५० श्रीलंकाली रुपैयाँ र डिजेलको मूल्य ६० श्रीलंकाली रुपैयाँले बढेको छ । पछिल्लो दुई महिनामा इन्धनको मूल्य तेस्रो पटक बढेको छ ।