‘तपाईंहरू नै जीवन बचाउने व्यक्ति हो, डा. केसीलाई मर्न नदिनुस्, बचाउनुस्’

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital
फाइल फाेटाे

काठमाडौं । चिकित्सकहरूले प्रधानमन्त्री केपी ओलीलाई भेटी डा. गोविन्द केसीको जीवन रक्षार्थ पहल गर्न आग्रह गरेका छन् । आइतबार साँझ प्रधानमन्त्री ओलीलाई भेटेर उनीहरूले चिकित्सा शिक्षा अध्यादेश अक्षरशः लागू गर्न पनि माग गरेका हुन् ।

 

चिकित्सकहरूले प्रधानमन्त्रीलाई बिहानै भेटेर जीवन रक्षाका लागि ज्ञापनपत्र बुझाउन चाहे पनि उनले भेट दिएका थिएनन् । ज्ञापनपत्र बुझाउन नपाएको झोंकमा चिकित्सकले सबै प्रकारका सेवा ठप्प पार्ने कडा चेतावनी दिएपछि साँझ प्रधानमन्त्रीले भेट्ने समय दिएका थिए ।

 

साँझ चिकित्सकको ज्ञापनपत्र बुझे पनि प्रधानमन्त्री ओली आफ्नो पूर्ववत् अडानमा टसमस नभएको भेटमा सहभागी एकजना चिकित्सकले अन्नपूर्णलाई जानकारी दिए । ओलीले १० वर्षसम्म काठमाडौं उपत्यकामा मेडिकल कलेज खोल्न नपाउने केसीको माग सम्बोधन गर्न नसकिने बताएका थिए ।

 

ज्ञापनपत्र लिएर गएका चिकित्सकसँग प्रधानमन्त्रीले डा। केसीका माग विपरीतका प्रश्न गरेका थिए– काठमाडौंमा किन मेडिकल कलेज खोल्न नपाउने रु सम्बन्धन किन नदिने रु नेपाली विद्यार्थी विदेश पढ्न गइरहेका छन्, किन नरोक्ने रु

 

ओलीलाई ज्ञापनपत्र बुझाउन नेपाल चिकित्सक संघका अध्यक्ष मुक्तिराम श्रेष्ठ नेतृत्वमा चिकित्सक टोली साँझ प्रधानमन्त्री निवास बालुवाटार गएको थियो ।

 

नौ दिनदेखि अनशनरत डा. केसीलाई मर्न नदिन आग्रह गर्दा प्रधानमन्त्री ओलीले चिकित्सकलाई नै डा। केसीको जिम्मा लिन भनेका थिए । ‘तपाईंहरू नै जीवन बचाउने व्यक्ति हो । मर्न नदिनुस्, बचाउनुस्’, भेटमा सहभागी एक चिकित्सकले प्रधानमन्त्रीालाई उद्धृत गर्दै अन्नपूर्णलाई जानकारी दिए ।

 

प्रधानमन्त्री ओलीले चिकित्सक संघका पदाधिकारीलाई कुनै पनि हालतमा बन्द र हड्ताल नगर्न समेत चेतावनी दिएका थिए । ‘उपचार सेवा बन्द गर्न वा हड्ताल गर्न पाइँदैन’, प्रधानमन्त्रीलाई उद्धृत गर्दै एक चिकित्सकले भने । प्रधानमन्त्री ओलीलाई ज्ञापनपत्र बुझाउँदै केसीका माग सम्बोधन गर्न ७२ घण्टे अल्टिमेटम दिइएको नेपाल चिकित्सक संघका महासचिव डा. लोचन कार्कीले बताए । आजको अन्नपूर्ण पोस्ट्बाट ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

आखेटोपहार सहित २ जना पक्राउ

  • 3 minutes ago
आखेटोपहार सहित २ जना पक्राउ

काठमाडौँ। भालुको पित्त जस्तो देखिने आखेटोपहार सहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा अर्घाखाँचीको पाणिनी गाँउपालिका वडा नं. २ बस्ने वर्ष ५३ को हरिओम र

डर, धाक धम्की देखाई रकम माग गर्ने २ जना पक्राउ

  • 32 minutes ago
डर, धाक धम्की देखाई रकम माग गर्ने २ जना पक्राउ

मोरङ। मोरङबाट डर, धाक धम्की देखाई रकम माग गर्ने २ जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय मोरङले डर, धाक धम्की देखाई रकम माग गर्ने २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा मोरङको पथरीशनिश्च

फेरि कोरोना संक्रमणको दर बढ्न थाल्यो

  • 40 minutes ago
फेरि कोरोना संक्रमणको दर बढ्न थाल्यो

काठमाडौँ। नेपालमा फेरी कोरोना संक्रमणको दर बढ्न थालेको छ। आइतबार मात्रै ओमिक्रोनको नयाँ प्रजाति ‘बीए फाइभ’भेटिएको हो । धुलिखेल अस्पतालले गरेको अनुवांशिक (जिन सिक्वेन्सिङ) परीक्षणमा नयाँ प्रजाति



पर्यटन

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।

जीवनशैली

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।

विचित्र विश्व

कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

एजेन्सी । विश्वमा कैयौं रहस्यहरु लुकेर रहेका छन् । हाम्रा नजिक पनि यस्ता कैयौं रहस्यमयी स्थानहरु रहेका छन् । यसका साथै यी विश्वमा यस्ता स्थानहरु पनि रहेका छन् जसको बारेमा पत्ता लाग्न सकेको छैन र रहस्यमयी नै रहेको छ । यसै सन्दर्भमा ती विश्वका ५ स्थानहरुबारे चर्चा गरौँ ।