जुम्लामा सत्याग्रहमा बसेका डा. केसीको जीवन रक्षाको माग

  • शुक्रबार, २ असोज, २०७७
  • 1 month ago
  • नेपाल

काठमाडौँ । नेपाल चिकित्सक संघले चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीको जीवन रक्षाको माग गरेका छन् । संघले भदौ २९ गतेदेखि जुम्लामा १९ औं सत्याग्रहमा बसेका डा. गोविन्द केसीको जीवन रक्षा गर्न सरकारसँग माग गरेको हो ।

 

संघले शुक्रबार एक विज्ञप्ति जारी गर्दै गुणस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाका लागि गरिएको सत्याग्रहप्रति सरकारले गम्भीर रुपमा मनन गरी अविलम्ब वार्ताद्वारा जायज माग सम्बोधन गर्न माग गरेको छ ।

 

डा. केसीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तत्काल पूर्वाधार र जनशक्ति पुर्याएर एमबीबीएस लगायतका कार्यक्रमहरु संचालन गर्नुपर्ने, प्रदेश नं दुई र गण्डकी प्रदेश तथा डोटी वा डडेल्धुरा, उदयपुर र इलाम वा पाँचथरमा सरकारी मेडिकल कलेज खोल्ने प्रक्रिया अघि बढाउनु पर्ने, मास्कको प्रयोग र सामाजिक दुरीलाई अनिवार्य गर्दै पीसीआर परीक्षण व्यापक बनाएर लकडाउन र निषेधाज्ञा अन्त गर्नुपर्ने, कोभिड तथा अन्य रोगका सबै बिरामीहरुका लागि समेत उचित उपचारको व्यवस्था गरियोस्, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएका नियुक्तिहरु सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गर्नुपर्ने,  त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानमा वरिष्ठता मिचेर भएका नियुक्तिहरु सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गर्नुपर्ने लगायतका माग राखेर अनसन सुरु गरेका हुन् ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सप्तरीबाट देखिएको थुम्का र हिम शृङ्खलाको दृश्य

  • 2 minutes ago
सप्तरीबाट देखिएको थुम्का र हिम शृङ्खलाको दृश्य

राजविराज । सप्तरीको राजविराज नगरपालिका– १ स्थित पडरियाबाट शुक्रबार बिहान देखिएको तराई, पहाड र हिमालको थुम्का र हिम शृङ्खलाको सुन्दर दृश्य । पडरियादेखि ३ किलोमिटर पूर्वोत्तर भागमा यो पहाड देख्न पाईन्छ

धापासीमा छुरा प्रहार गरी एक युवकको हत्या

  • 9 minutes ago
धापासीमा छुरा प्रहार गरी एक युवकको हत्या

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका –५ धापासीमा छुरा प्रहारबाट एक व्यक्तिको मृत्यु भएको छ । गोरखा घर भई सोही ठाउँमा बस्ने २४ वर्षीय आशिष मगरको मृत्यु भएको हो ।

पिङ खेल्न गएकी बालिकालाई बलात्कार गर्ने बालक पक्राउ

  • 41 minutes ago
पिङ खेल्न गएकी बालिकालाई बलात्कार गर्ने बालक पक्राउ

धादिङवेशी । पिङ खेल्न गएकी बालिकालाई बलात्कार गर्ने एक बालक पक्राउ परेका छन् । पिङ खेल्न गएकी ४ वर्षीया बालिकालाई बलात्कार गर्ने १४ वर्षीय बालक पक्राउ परेका हुन् ।



पर्यटन

कस्यप ताल

कस्यप ताल

पाेखरा । पोखरा– २४ स्थित कस्यप ताल । करिब ५५ रोपनी क्षेत्रफलमा फैलिएकोे यस ताल कस्यप ऋषिले स्नान गर्ने गरेकोे धार्मिक र ऐतिहासिक महत्त्व रहे पनि तालको पर्याप्त संरक्षण हुन सकेको छैन । तस्बिर जमुनावर्षा शर्मा ÷रासस

जीवनशैली

सम्बन्ध तोडिनुको मुख्य ४ कारणहरु

सम्बन्ध तोडिनुको मुख्य ४ कारणहरु

एजेन्सी । मानिस मायाको महत्व भुल्ने गर्दछन् । जसकारण सम्बन्ध जोडिनुभन्दा तोडिने गर्छ । यद्यपी सम्बन्ध खराब हुनुका थुप्रै कारण हुनसक्छ । तर मुख्य कारण भने मनमुटाव रहेको छ ।

विचित्र विश्व

एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाए

एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाए

परासी । यहाँ एक पिताले पुत्रको चौरासी पूजा गर्न पाउने सौभाग्य पाएका छन् । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा एक बुबाले छोराको चौरासी पूजा गरेका हुन् । बाबुले छोराको चौरासी पूजा गरेको दृश्य विरलै देख्न पाइन्छ । सुनवल नगरपालिका–१२ हरकट्टाका १०८ वर्षीय केशवराज ज्ञवालीले आफ्ना जेठा छोरा दधिरामको आज चौरासी पूजा गराउँदै अरुलाई आशिष पनि दिए ।