तिता कुरा बिर्सेर नेतृत्वलाई सहयोग गर्न डा. लोहनीको आग्रह

Norvic Hospital

काठमाडौँ । राप्रपाका निवर्तमान अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीले तिता कुरा बिर्सेर नेतृत्वलाई सहयोग गर्न आग्रह गरेका छन्। नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ तथा प्रमाणपत्र वितरण कार्यक्रमलाई सम्बोधन गर्दै लोहनीले सो कुरा बताएका हुन्।

 

लोहनीले भने, ‘हामी सबै मिलेर गयौँ भने राष्ट्रवादी शक्तिको रूपमा स्थापित गर्न सक्छौं। तर, त्यसका लागि सबै साथीहरूको प्रतिबद्धता हुनुपर्छ।’उनले आगामी दिनमा पार्टीका सामु रहेका चुनौतीबारे नयाँ नेतृत्वले मनन गर्नुपर्ने भन्दै आगामी दिनमा हुने स्थानीय निर्वाचनमा कसरी जाने र प्रभावकारी उपस्थिति जनाउने भन्नेमा चिन्तन गर्नुपर्ने बताए। 

 

अब हुने आवधिक निर्वाचनमा एमाले, माओवादी र काँग्रेससँग प्रतिस्पर्धा गर्नुपर्ने चुनौती रहेको भन्दै त्यसका लागि सके सत्तामा पुग्ने र नभए प्रमुख प्रतिपक्षको हैसियतमा पार्टीलाई पुर्‍याउनुपर्ने बताए। त्यसका लागि उनले चुनावी र पार्टीको पुनर्जागरण अभियान चलाउनुपर्ने बताए।

 

लोहनीले आगामी निर्वाचनमा सके सत्ताको नेतृत्व गर्ने नभए पनि प्रमुख प्रतिपक्षको हैसियतमा पुर्‍याउनुपर्ने चुनौती रहेको बताए। लोहनीले राप्रपा जसरी दुई वर्ष अघि एकता भएको थियो सोही अनुसार एकता महाधिवेशन भएर विधि र पद्धति स्थापित भएको समेत बताए। उनले पार्टी विधि पद्धति र विधान अनुसार चल्छ र छानिएका प्रतिनिधि मार्फत नेतृत्व छानिन्छ भन्ने उदाहरण समेत पेस भएको दाबी गरे।

 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

वर्ल्डलिंकले ल्यायो आकर्षक इन्टरनेट अफर

  • 3 minutes ago
वर्ल्डलिंकले ल्यायो आकर्षक इन्टरनेट अफर

काठमाडौँ। वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले आकर्षक इन्टरनेट अफर सार्वजनिक गरेको छ। कम्पनीले रिफर गर्ने र पाउने दुवैलाई आईपीटिभीसहित निःशुल्क एक महिनाको इन्टरनेट प्याकेज दिने गरी यो अफर ल्याएको हो।

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि

  • 4 minutes ago
भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि बृद्धि

एजेन्सी । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि भएको छ । बिहीबार बिहान सार्वजनिक गरिएको विवरणअनुसार भारतमा थप दुई लाख ८६ हजार ३८४ जना नयाँ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ

काठमाडौँको शंखरापुरमा एक दम्पती मृत भेटिए

  • 6 minutes ago
काठमाडौँको शंखरापुरमा एक दम्पती मृत भेटिए

काठमाडौँ। ५२ वर्षीय पदमबहादुर थिङ र उनकी ४५ वर्षीकी पत्नी फूलकुमारी मृत अवस्थामा भेटिएका हुन्। बुधबार साँझ खाना खाइ सुतेका उनीहरू आज बिहान ७ बजेसम्म नउठेपछि २६ वर्षीय छोरा सूर्यबहादुरले ढोका फुटाए



पर्यटन

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

धरहराको झल्को दिँदै कोहलपुरको भ्यूटावर

राँझा । काठमाडौंको धरहराको झल्को दिने गरी कोहलपुर नगरपालिका–११ गोलपार्कमा सुविधा सम्पन्न भ्यूटावर निर्माण भइरहेको छ ।

जीवनशैली

वास्तुशास्त्र: कुन दिशामा घडी राख्ने ?

वास्तुशास्त्र: कुन दिशामा घडी राख्ने ?

एजेन्सी । आज वास्तुशास्त्रमा जान्नुहोस्, कुन दिशामा घडी राख्नु हुँदैन। जसरी घडीलाई सही दिशामा राख्दा राम्रो नतिजा मिल्छ, त्यसैगरी घर वा अफिसमा घडी गलत दिशामा राख्दा यसले नकारात्मक परिणाम ल्याउन सक्छ। त्यसैले सही दिशा छनौट गर्न धेरै महत्त्वपूर्ण छ।