आइसीयूमा डा.केसीः मुटुको चालमा गडबडी आएपछि चिकित्सकले दिए यस्तो चेतावनी

Global IME
Mega Bank
Norvic Hospital
file-photo

काठमाडौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा दश दिनदेखि अनशनरत डा. गोविन्द केसीको मुटुको चालमा गडबडी देखिएको छ । 

 

डा. केसीको उपचारमा संलग्न चिकित्सकहरूले रगतमा म्याग्नेसियम र चिनीको मात्रा घट्दै जाँदा हृदय गति बन्द हुन सक्ने खतरा समेत औंल्याएका छन् ।

 

डा. केसीलाई एअरलिफ्टबाट काठमाडौं लैजान चिकित्सकहरूले सुझाव दिएका छन् । उनीहरुले केसीलाई काठमाडौं लैजानुको विकल्प नभएको र समयमा उपचार नगरे जे पनि हुन सक्ने चेतावनी दिएका छन् ।

 

रगतमा चिनीको मात्रा कम हुँदै गएको र उनले ग्लुकोज लिन समेत नमानेकाले अहिले ग्लुकोज नभएका अन्य आइभी फ्लुड दिइएको उपचारमा संलग्न चिकित्सकत्रय प्रवीणकुमार गिरी, धिरज गुरुङ र सिद्धार्थ खातीले जनाएका छन् । 

 

सेतो रक्तकोषको कमीले गर्दा अहिले संक्रमणबाट बचाउन उनलाई कर्णाली चिकित्सा विज्ञान प्रतिष्ठानको स्पेसल केयर युनिटमा राखिएको छ । रगतमा ग्लुकोज र अक्सिजनको कमी हुँदा मस्तिष्क घात हुने खतरा पनि उस्तै छ । 

 

सेता रक्तकोषको कमी, पिसाबमा किटोन बढी हुँदै जाँदा निमोनियाको जोखिम हुन्छ । निमोनियाका कारण मृत्युको खतरा रहन्छ । अहिले उनको छातीको बीच भागमा दुखाइ रहेको बताइएको छ ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सामाजिक सञ्जालको नियमन हुनुपर्छः प्रमुख आयुक्त थपलिया

  • 17 hours ago
सामाजिक सञ्जालको नियमन हुनुपर्छः प्रमुख आयुक्त थपलिया

काठमाडौँ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जाललाई पनि नियमन तथा व्यवस्थापन गर्नुपर्ने बताएका छन्। सामाजिक सञ्जाल पनि आमसञ्चार माध्यमको रुपमा स्थापित हुन खोजिरहेको उल्लेख गर

धानबाडा गाउँ

  • 17 hours ago
धानबाडा गाउँ

मुगु। मुगुको छायानाथ रारा नगरपालिका–४, धानबाडास्थित गाउँ।

स्वास्थ्य सचिव पोखरेलद्वारा सिएमसी क्यान्सर इन्स्टिच्यूट उद्घाटन

  • 17 hours ago
स्वास्थ्य सचिव पोखरेलद्वारा सिएमसी क्यान्सर इन्स्टिच्यूट उद्घाटन

चितवन। चितवन मेडिकल कलेजले स्थापना गरेको ‘सिएमसी क्यान्सर इन्स्टिच्यूट’को आज औपचारिक उद्घाटन गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा रोशन पोखरेले एक कार्यक्रमकाबीच इन्स्टिच्यूट उद्घाटटन



पर्यटन

खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा बजारमा सेताम्मे हिउँ

खलङ्गा । लगातार दुई दिनसम्म परेको हिउँपश्चत् बिहीबार मौसम खुलेपछि देखिएको जुम्ला सदरमुकाम खलङ्गा बजारमा सेताम्मे हिउँ । तस्बिरः विजय रावत÷रासस

जीवनशैली

काजु खानुका यस्ता छन् ८ फाइदा

काजु खानुका यस्ता छन् ८ फाइदा

काजुमा प्रोटिनको मात्रा उच्च हुन्छ । त्यही भएर काजु खाने गर्नाले अनुहार चम्किलो बन्छ । काजुलाई पानीमा भिजाएर पिस्ने र यसरी बन्ने लेपले अनुहारमा मसाज गर्नाले अनुहार अझ बढी चम्किलो हुन्छ ।

विचित्र विश्व

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

रुसले दियो नेटोलाई खुला धम्कीः युक्रेनलाई दिएका सबै ट्याङ्क र रकेट उडाइदिनेछौँ

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष पुग्न लागेको छ । यो लडाइ रोकिने अझै कुनै संकेत देखिएको छैन । हरेक दिन यो युद्धमा नयाँ रणनीतिहरु बाहिर आउने गरेका छन् । एकातिर रुस र अर्कोतर्फ युक्रेन र नेटो राष्ट्रहरू छन् ।