अजय स्टारर ‘दृश्यम २’ को कमाई २०० करोड नाघ्यो
- मंगलबार, १३ मंसिर, २०७९
- 2 months ago
- कला र मनोरञ्जन

एजेन्सी । अजय देवगन स्टारर ‘दृश्यम २’ ले राम्रो कमाइ गरिरहेको छ । फिल्मले हालसम्म विश्वभर २०० करोड कलेक्सन गरिसकेको छ । रिलिजको १० औं दिन अर्थात दोस्रो आइतबार फिल्मले १७ करोडको कलेक्सन गरेको छ ।
योसँगै दृश्यम २ कमाईका हिसाबले यो वर्षको पाँचौं ठूलो हिन्दी फिल्म समेत बनेको छ । ६० करोडमा बनेको यो फिल्मको अहिलेसम्मको आँकडा निकै राम्रो मानिएको छ ।
दृश्यम २ ले घरेलु बक्स अफिसमा हालसम्म १६९ करोडको ग्रस कलेक्सन गरिसकेको छ भने विदेशमा फिल्मले ३३ करोड कमाएपछि फिल्मको कुल कलेक्सन २०३ करोड पुगेको हो । रिलिज भएको १० दिनमा मध्यम रेन्जको फिल्मको लागि यो व्यापार उत्साहजनक रहेको छ ।
दृश्यम २ को बजेट करिब ६० करोड थियो । फिल्मले तेस्रो दिनमै ६४ करोड कलेक्सन गर्दै बजेटको रकम उठाउन सफल रह्यो । अभिषेक पाठकले निर्देशन गरेको यस फिल्ममा अजय देवगन, तब्बु, श्रेया सरन, अक्षय खन्ना र इशिता दत्त मुख्य भूमिकामा छन् ।
फिल्मको पहिलो भाग निशिकान्त कामतले निर्देशन गरेका थिए तर कोभिडका क्रममा उनको मृत्यु भएको कारण फिल्मको निर्देशन पनि फिल्मका निर्माता अभिषेक पाठकले सम्हालेका थिए ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
पूर्व–पश्चिम विद्युतीय रेलमार्गको प्रगति छ प्रतिशत मात्रै
- 7 minutes ago

काठमाडौँ । नागरिकले आशाका साथ हेरिरहेको विकास योजनामा पर्ने पूर्व–पश्चिम रेलमार्ग निर्माण अघि बढ्न सकेको छैन । नौ सय किमीभन्दा बढी लम्बाइमध्ये हालसम्म ५५ किमी अर्थात् छ प्रतिशत मात्रै सम्पन्न भएको रेल
नेकपा माओवादी केन्द्रले नेताहरूको वरीयता तोकियो (सुचीसहित)
- 21 minutes ago

काठमाडौँ । नेकपा माओवादी केन्द्रले पदाधिकारी र स्थायी समिति सदस्यहरुको वरीयता निर्धारण गरेको छ ।
अमेरिकाको दाबी रुसद्वारा अस्वीकार
- 41 minutes ago

एजेन्सी । रुसले नयाँ रणनीतिक हतियार न्यूनीकरण सन्धि (नयाँ स्टार्ट) को पालना नगरेको भन्दै संयुक्त राज्य अमेरिकाले गरेको दाबीलाई मस्कोले दृणतापूर्वक अस्वीकार गरेको छ ।
पर्यटन
किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस
जीवनशैली
घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।
विचित्र विश्व
उपराष्ट्रपतिको श्रीमानलाई अमेरिकी प्रथम महिलाले चुम्बन गरेपछि...

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनकी पत्नी जिल बाइडेनले उपराष्ट्रपति कमला ह्यारिसनका खसमको ओठमा चुम्बन गरेर संसारलाई आश्चर्यचकित बनाएकी छन् ।