नागढुङ्गाबाट लागुऔषधसहित दुई पक्राउ
- आइतबार, २३ मंसिर, २०७५
- 4 years ago
- नेपाल

काठमाडौं । काठमाडौं चन्द्रागिरि नगरपालिका– २ नागढुङ्गा सुरक्षा चौकीबाट लागुऔषधसहित दुई जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
महानगरीय प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरी टोलीले बसमा जाँच गर्दा झापा दमक उपमहानगरपालिका– ५ का २१ वर्षीय साजन भुजेल र कैलाली गोदावरी नगरपालिका– २ का १८ वर्षीय राजन खनाललाई लागुऔषधसहित पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिए ।
जाँचका क्रममा झापाबाट काठमाडौँ आउँदै गरेको ना५ख ४९७२ नंको बसमा यात्रारत भुलेजको झोलाबाट ३० एम्पुल फेनारगन, २९ एम्पुल लुफिजेसिक र ३१ एम्पुल डाइजापाम बरामद गरेको प्रहरीले जनाएको छ ।
यस्तै धनगढीबाट काठमाडौँ आउँदै गरेको ना५ख ९४०६ नंको बसमा यात्रारत खनालको झोलाबाट नाइट्रोभेट ट्याबलेट ३०० थान फेला परेको क्षेत्रीले जानकारी दिए । उनीहरुलाई थानकोट प्रहरीले हिरासतमा राखेर अनुसन्धान अगाडि बढाएको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
काठमाडौँ महानगरले मिटरब्याजी पीडितलाई खुलामञ्चमा पस्न र बस्न दिएन
- 2 hours ago

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले महोत्तरीबाट आएका मिटरब्याजी पीडितहरूलाई खुलामञ्चमा पस्न रोक लगाएको छ। महानगरले खुलामञ्चको गेटमा ताल्चा लगाएर उनीहरुलाई पस्न रोक लगाएको हो। गत चैत २ गते महोत्तर
'सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ '
- 2 hours ago

काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई सात दिनभित्र सवारी चालक अनुमतिपत्र प्रदान गर्ने तयारी गरिएको बताएका छन् ।
'नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिन्छ'
- 3 hours ago

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिने बताएका छन् । नेपाल नेत्रज्योति सङ्घको ४५औँ स्थापना दिवसका अवसरमा उनले केन्द्र, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा नेपाललाई
पर्यटन
दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो याममा २१ वन्यजन्तुको सिकार हुने भएको छ । बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत १२ नाउर र नौ झारलको सिकार हुने छ ।
जीवनशैली
वासन्ती छठ पर्वको निराहार व्रत आज

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन बर्तालुले निराहार व्रत सुरु गरेका छन् ।
विचित्र विश्व
'युक्रेनलाई हतियार दिएर रुसलाई हराउन सकिँदैन'

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष बितिसक्दा पनि जारी छ । यसैबीच रुसले पनि पटकपटक आणविक आक्रमण गर्ने धम्की दिदैँ आइरहेको छ ।