लागुऔषध नियन्त्रणका लागि ‘म अघि बढ्छु’ अभियान
- शनिबार, ७ भदौ, २०७६
- 3 years ago
- नेपाल

काठमाडाैँ । सोच्ने क्षमतालाई शून्य बनाउने लागुऔषध नियन्त्रण एवं रोकथाम गर्न प्रदेश सरकारले महत्वपूर्ण अभियान सञ्चालन गरेको छ । सगरमाथा टिन्स क्लबमार्फत ‘म अघि बढ्छु’ अभियान खासगरी प्रदेशका दुई हजार विद्यालयमा कार्यक्रम सञ्चालन गरी दुई लाख विद्यार्थीलाई यसका बारेमा सचेतना कार्यक्रम सञ्चालन गर्ने उद्देश्य रहेको छ । प्रदेशभरिमा लगभग २० हजार युवायुवती लागू औषधमा नराम्रोसँग फसेका छन् ।
यसको सेवनले सेवन कर्तामात्र होइन परिवारजन र समाजमा पनि भयावह स्थिति सिर्जना गर्दछ । शरीर गलाउने, विकृति र विसङ्गतिको बाटोमा लैजान प्रेरित गर्ने, झग्डालु स्वभाव हुने र एकाग्र देखिने युवा युवतीलाई यो अवस्थाबाट बाहिर ल्याउन प्रदेश सरकाले यो अभियान सञ्चालन गरेको हो । लक्षित वर्गलाई सञ्चालन भएको यो अभियानबाट लागुऔषधका सेवनकर्तालाई असल बाटो हिँडाउन र नयाँलाई रोक्न सकारात्मक भूमिका निर्वाह गर्ने विश्वास लिइएको छ ।
प्रदेश नं– १ को आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट सञ्चालन भएको यो कार्यक्रम केही दिन पहिला प्रदेशका १५० विद्यालयमा एकैसाथ कार्यक्रम शुभारम्भ भएको हो । लागुऔषध प्रदेश नं १ मा पूर्व तर्फ झापाको काँकरभिट्टा सिमानामा पर्ने भारतको बजार पानीटङ््याकी, भद्रपुर नजिकै रहेको भारतको बजार गलगलिया र मोरङको विराटनगर महानगरपालिकासँग जोडिएको भारतको बजार जोगबनी र सुनसरीको भण्टावारीस्थितका बजार भीमनगर नाकाबाट बढी भित्रिने गरेको प्रहरीको अनुसन्धानमा छ ।
महेन्द्रराजमार्गको काँकरभिट्टा, दमक, इटहरी, धरान र विराटनगर आसपासका क्षेत्रमा बढी प्रयोग हुने लागुऔषध पहाडी जिल्लामा पनि यसको प्रयोग हुने र यसका लागि त्यस्ता युवा यस क्षेत्रमा आएर लागुऔषध प्रयोग गर्ने गरेको प्रहरीको भनाइ छ । मोरङमा लागुऔषध प्रयोग गर्ने एक हजार ३७६ जनामा महिला एक प्रतिशत अर्थात १३ जना रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ । लागुऔषध क्षेत्रमा कार्यरत संस्था रिचमण्ड फेलोशिपका अध्यक्ष सञ्जीव चापागार्इंले मोरङमा लागुऔषध सेवनकर्ता छ हजार ४१५ जना रहेका जानकारी दिए ।
लागुऔषध सेवनकर्तालाई तीन महीनासम्म तालीम एवं सचेतना गराई पुनःघरपरिवारमा पुनःस्थापना गराउने उद्देश्य रहेको उक्त संस्थासँगै यस क्षेत्रमा कार्य गर्ने अझै आठ वटा संस्था रहेका अध्यक्ष चापागार्इंले जानकारी दिए । मोरङमा गएको तीन महीनामा लागुऔषधका ४२ मुद्दा दर्ता भएका छन् भने अघिल्लो वर्षमा सो अवधिमा ९७ मुद्दा दर्ता भएका प्रहरी उपरीक्षक विश्वराज अधिकारीले जानकारी दिनुभयो । लागुऔषध सेवन गर्नेले निराशाका कारण, तनाव र पीडा विर्सन, अत्यन्त सुख महसुस गर्न लागुऔषध सेवन गने गरेको बताउने गरेका छन् ।
लागुऔषधको असर बारेमा सेवनकर्ताले केहीले अलिअलि थाहा भएको, केहीले थाहा नभएको, कसैले राम्रो जानकारी भएको प्रतिक्रिया दिने सेवनकर्तामध्ये एक पटक सम्पर्क आउने ७०८ जना, दुई पटक सम्पर्कमा आउने ४१५ जना र तीन भन्दा बढी पटक सम्पर्कमा आउने ४४ जना रहेका उपरीक्षक अधिकारीले बताउनुभयो । लागुऔषध प्रयोगका लागि खर्चको व्यवस्थापन साथीभाइ, परिवारबाट, आफनै आम्दानीबाट गरिहेको सेवनकर्ताको सिकाइ ९५ प्रतिशतले दुव्र्यसनीबाट र पाँच प्रतिशतले टेलिभिजनबाट सिकेको जानकारी दिएको प्रहरीको अनुसन्धानमा देखिएको छ ।
सुँघेर, खाएर र सिरिञ्जको माध्यमबाट प्रयोग हुने लागुऔषध सेवनकर्ताले दुव्र्यसनी साथीभाइ, लागुऔषध विक्रेताबाट, औषधि व्यवसायीबाट प्राप्त गरिरहेका छन् । सेवनकर्ताले लागुऔषध ३२ प्रतिशत नेपालमै र ६८ प्रतिशतले भारतबाट प्राप्त गर्ने गरेको रहस्य प्रहरीको अनुसन्धानमा देखिएको छ । डाईजोपामलगायत औषधिजन्य लागुऔषध, गाँजा चरेश, अन्य सेन्थेटिक र हिरोइन जस्ता लागुऔषध सेवन गर्नेको शैक्षिक योग्यता कक्षा १ देखि ५ का २३६ जना, कक्षा ६ देखि १० का ७५४ जना, कक्षा ११ देखि १२ का १७७ जना, स्नातकका १६४ जना र अन्यप्राविधिक योग्यता भएका ४५ जना फेला परेका प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए ।
सम्पर्कमा आएका सेवनकर्तामा मजदूर ५४४, चालक एवं सहचालक १६८, विद्यार्थी १३६, बैदेशिक रोजगारीमा रहेका ९१, बेरोजगार ७४ र कृषि पेशा अंगाल्ने २६ जना रहेका छन् । धर्मका आधारमा सेवनकर्तामध्ये हिन्दू एक हजार १४९, बौद्ध १३०, सबैधर्म मान्ने ३४, मुस्लिम ३३, क्रिश्चियन १९, किरात सात र इसाई धर्म मान्ने चार जना छन् भने उमेरका हिसाबले १२ देखि १५ वर्षका १२, १६ देखि २५ वर्षका ८३३, २६ देखि ४० वर्षका ५०४ र ४१ देखि ५० वर्षका २४ जना देखिएको प्रहरी नायब उपरीक्षक श्रेष्ठले जानकारी दिए।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
काठमाडौँ महानगरले मिटरब्याजी पीडितलाई खुलामञ्चमा पस्न र बस्न दिएन
- 2 hours ago

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले महोत्तरीबाट आएका मिटरब्याजी पीडितहरूलाई खुलामञ्चमा पस्न रोक लगाएको छ। महानगरले खुलामञ्चको गेटमा ताल्चा लगाएर उनीहरुलाई पस्न रोक लगाएको हो। गत चैत २ गते महोत्तर
'सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ '
- 2 hours ago

काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई सात दिनभित्र सवारी चालक अनुमतिपत्र प्रदान गर्ने तयारी गरिएको बताएका छन् ।
'नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिन्छ'
- 2 hours ago

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिने बताएका छन् । नेपाल नेत्रज्योति सङ्घको ४५औँ स्थापना दिवसका अवसरमा उनले केन्द्र, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा नेपाललाई
पर्यटन
दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो याममा २१ वन्यजन्तुको सिकार हुने भएको छ । बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत १२ नाउर र नौ झारलको सिकार हुने छ ।
जीवनशैली
वासन्ती छठ पर्वको निराहार व्रत आज

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन बर्तालुले निराहार व्रत सुरु गरेका छन् ।
विचित्र विश्व
'युक्रेनलाई हतियार दिएर रुसलाई हराउन सकिँदैन'

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष बितिसक्दा पनि जारी छ । यसैबीच रुसले पनि पटकपटक आणविक आक्रमण गर्ने धम्की दिदैँ आइरहेको छ ।