एक भिजन भएका नेताले कायपलट विकास गरेको शहर
- मंगलबार, १९ कार्तिक, २०७६
- 3 years ago
- अन्तर्राष्ट्रिय

एजेन्सी–बितेका केही वर्षमा एसियाका केही देशहरुले उल्लेख्य मात्रामा विकास गरेका छन् । केही देशहरुले विकास नै गर्न नसकिने ठाउँमा पनि अकल्पनिय विकास गरेर विश्वभरलाई देखाइदिन समेत सफल भएका छन् ।
यस्तै एउटा अजबगजबको विकास गरेर देखाउनेमा पर्छ दुबई ।
दुवईले आज विश्वभरका धनाढ्य मानिसहरुलाई लागनी गर्न आकर्षित गरेका छन् । तपाई यस देशको केही खुबीबाट परिचीत हुनुहुन्छ होला । जस्तै यहाँ गुड्ने महँगा कारहरु, धनी व्यक्तिहरुको पार्टीहरु, बुर्ज अल अरब जस्तो आलिशान होटल र बुर्ज खलिफाः यो विश्वकै सबैभन्दा अग्लो टावर हो । यी बाहेक पनि दुवइ बारे धेरै आश्चर्य लाग्दा रोचक पक्षहरु रहेका छन् ।
दुबईको तापमान अन्य देशको भन्दा उच्च रहेको छ । तर, यो समस्याले दुवईमा आउने व्यक्तिहरुलाई भने समस्या परेको छैन । जब बुर्ज अल अरब होटल निर्माण गरियो तब भित्रको तापमान चिसो राख्नका लागि एउटा उपाय अपनाइयो ।
यो होटलको बाहिरी भागमा टिफ्लम कोटेट ग्लास फाइबर लगाइयो । यसले सुर्यको प्रकाशलाई परावर्तन गर्ने काम गर्छ । यसका कारण होटलभित्र शितलताको माहोल बनाइयो । त्यस्तै रातमा यो सिसा टल्कने भएका कारण सबैलाई आकर्षित गर्ने काम समेत गर्छ ।
दुबइको बस स्टपमा समेत एसीको सुविधा रहेको छ ।
दुबईमा नदी छैनन् ।
समुन्द्रमात्रको पहुँच रहेको दुवईमा समुन्द्रको पानीले बनेको दुवई क्रिकमा रहेको छ ।
पाल्म जुभेरा । यो मानिसले बनाएको विश्वकै सबैभन्दा ठुलो आर्टिफिसियल आयरल्याण्ड हो । यो यति धेरै ठुलो छ कि स्पेसबाट पनि देखिन्छ ।
अन्य देशका मानिसहरु कुकुर तथा बिराला पाल्न रुचाउँछन् । तर, दुवईका धनाढ्य मानिसहरु भने चितुवा तथा सिंह पाल्न रुचाउँछन् ।
दुवईमा बस्ने धनाढ्य मानिसहरु जाममा पसे भने हेलिकप्टरले उठाएर जाम छिचोल्न समेत सक्छन् । बस उनीहरुसँग पैसामात्र हुन पर्यो ।
दुवईमा सुनको ठुलो व्यापार हुन्छ । यहाँसम्मकी दुवईमा कार पनि सुनको निर्माण हुन्छ । सन् २०२५ सम्ममा बिना ड्राइभर सवारी चलाउने तयारी गरिरहेको छ । त्यस्तै स्मार्ट प्रहरी निर्माण गर्ने तयारीमा दुवई लागि गरेको छ । टेक्नोलोजीमा अकल्पनिय विकास गरेको दुवईमा प्रहरीको संख्या कम गर्ने उनीहरुले नीति लिएका छन् । दुवईमा चारैतिर मरभुमी रहेका छन् । आखिर कसरी बने होलान् दुवईमा गगनचुम्भी भवनहरु ? विश्वलाई आश्चर्य चकित पारेको दुवईको विकास एउटा सफल उदाहरण बन्न सफल भएको छ ।





ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
आज चैते दशैँ पर्व मनाइँदै
- 38 minutes ago

प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् ।
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्प
- 1 hour ago

नेपालको पूर्वी हिमाली जिल्ला ताप्लेजुङको स्याओ केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
मैत्रीपूर्ण खेलमा अर्जेन्टिनाको सानदार जित, मेसीको ह्याट्रिकसहित १०० औं गोल पूरा
- 1 hour ago

मैत्रीपूर्ण खेलमा विश्वविजेता अर्जेन्टिनाले सानदार जित निकालेको छ । बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले क्युरसाओलाई ७–० गोलले पराजित गरेको हो ।
पर्यटन
अन्नपूर्ण हिमशृङ्खला
कास्की । पोखरा महानगरपालिका—३ नदीपुरबाट मङ्गलबार विहान देखिएको सुन्दर अन्नपूर्ण हिमश्रृङ्खला । तस्बिरः कृष्ण दवाडी÷रासस
जीवनशैली
यस्तो समस्या छ भने एलोभेराको प्रयोग नगर्नुहोस्

एजेन्सी । हामीले एलोभेराको फाइदाबारे मात्र सुन्दै धेरै आएका छौं । यो बहुउपयोगी चिज हो । तर, तपाईलाई यसको बेफाइदाको बारेमा थाहा नहुन सक्छ । कतिपय अवस्थामा यसले विषको काम समेत गर्छ ।
विचित्र विश्व
आज आकाशमा ५ ग्रह एकैसाथ देखिने

नासाका खगोलविद् बिल कुकले यी ग्रहहरू हेर्न सूर्यास्तपछि पश्चिम क्षितिजमा हेर्न सकिने बताउँछन् । क्षितिज त्यो ठाउँ हो जहाँ हेर्दा पृथ्वी र आकाश एक आपसमा मिलेको देखिन्छ ।