सिड्नी र क्यानवेरामा रातो धुलो सहितको आँधी, सावधान रहन आग्रह
- बिहीबार, ६ मंसिर, २०७५
- 3 years ago
- अष्ट्रेलिया
- अन्तर्राष्ट्रिय

सिड्नी । अस्ट्रेलियाको सिड्नी र क्यानवेरा आसपासको क्षेत्रलाई विहिवार रातो धुलो सहितको आँधीले ढाक्ने मौसम बिभागले जनाएको छ । बिभागका अनुसार न्यु साउथ वेल्सको ब्रोकन हिल्स क्षेत्रबाट शुरु भएको रातो धुलो सहितको आँधी (रेड डस्ट स्ट्रम) विहिवार सिड्नी र क्यापिटल टेरीटोरी क्यानवेराको केही भागहरुमा पुग्ने छ ।
अस्ट्रेलियाको तास्मानिया राज्यको क्षेत्रफल भन्दा ठूलो आकारको आँधी सिड्नी तर्फ बढीरहेको छ । रातो धुलो आँधीले सबैतिर ढाक्ने भएकाले सावधान रहन सरकारी निकायहरुले आग्रह गरेका छन् ।
न्यु साउथ वेल्स हेल्थले विज्ञप्ति प्रकासन गर्दै रातो धुलो आँधीबाट जोगिनका लागि घरको झ्याल ढोका बन्द गर्न, इयर कन्डिसन भएको ठाउमा बस्ने र बाहिर हिड्न परेमा नाक र मुखलाई माक्सले ढाकेर मात्र निस्कन अनुरोध गरेको छ । यस्तै दम, मधुमेह र अन्य स्वास्प्रस्वास सम्बन्धी रोग भएकाहरुले विशेष सावधानी अपनाउन आग्रह गरेको छ । रेड डस्ट स्ट्रमका कारण सिड्नीमा यातायात र हवाइ सेवा प्रभावित हुन सक्ने पनि सरकारी निकायहरुले जनाएका छन् ।
के हो रातो धुलो सहितको आँधी (रेड टस्ट स्ट्रम)?
न्यु साउथ राज्यको आउट ब्याक भनेर चिनिने ब्रोकन हिल जनु अर्ध मरुभुमि क्षेत्र हो । उक्त क्षेत्रमा बर्षौ सम्मको खडेरीका कारण बनस्पती पाइदैन । ब्रोकन हिल क्षेत्रको सुख्खा रातो माटोलाई हावाले उडाउदा रेड टस्ट स्ट्रमको रुप लिन्छ ।
सन् २००९ मा पनि यस्तै रेड डस्ट स्ट्रम सिड्नी र आसपासका क्षेत्रलाई ढाकेको थियो । उक्त आँधीको असर एक हप्ता सम्म सिड्नी वासीले भोगेका थिए । घरका छत, बरन्डा आगन रातो धुलोले ढाकेको थियो । रातो धुलोलाई हटाउन स्थानिय काउन्सिलका कार्यमचारिलाइ हप्तौ लगेको थियो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
कांग्रेस उपसभापति धनराज गुरुङ सवार स्कार्पियो गाडी दुर्घटना
- 2 minutes ago

काठमाडौँ। नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ सवार स्कार्पियो गाडी दुर्घटना भएको छ। गुरुङ सवार बा १९ च १८३९ नम्बरको स्कार्पियो गाडी आज बिहान रामेछापको गोगनेमा दुर्घटना भएको हो। सडक किनारबाट
स्याङ्जामा धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु
- 1 hour ago

स्याङ्जा । स्याङ्जाको गल्याङ–१० डुबिन्डाँडामा आज बिहान धन्सार भत्किएर पुरिँदा एक बालिकाको मृत्यु भएको छ ।
चितवनका ५० हजार परिवार बाढीको जोखिममा
- 1 hour ago

चितवन । चितवन जिल्लामा बाढी पहिरोबाट ५० हजार ५०० घरपरिवार जोखिममा रहेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले उक्त तथ्याङ्क सार्वजनिक गरेको हो ।
पर्यटन
'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
जीवनशैली
दालचीनी-लसुनको चिया पिउनाले यस्ता धेरै स्वास्थ्य लाभ हुन्छ

एजेन्सी । लसुन र दालचीनीको चिया स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । यसको सेवनले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न र शरीरमा बढेको कोलेस्ट्रोललाई कम गर्न फाइदाजनक मानिन्छ । लसुन र दालचीनीमा पाइने औषधीय गुणका कारण यसलाई प्राचीन कालदेखि नै औषधीको रूपमा प्रयोग गर्दै आएको छ ।
विचित्र विश्व
इटालीको दोस्रो धनी व्यक्तिको मृत्यु

एजेन्सी । इटालीका दोस्रो धनी व्यापारी तथा सबैभन्दा ठूलो अप्टिकल साम्राज्यका निर्माता लियोनार्डो डेल भिचियोको ८७ वर्षको उमेरमा निधन भएको छ ।