भदौ महिनामा ५ भूकम्पको धक्का

काठमाडौँ । नेपालमा भदौ महिनामा मात्रै ५ वटा भूकम्पको धक्का गएको छ । बुधबार बिहान सिन्धुपाल्चोक केन्द्र बनाएर गएको भूकम्पसँगै भदौ महिनामा ५ भूकम्पको धक्का गएको हो । 

 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार बिहान ५ बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोकको राम्चे केन्द्र बनाएर ६ रेक्टरस्केलको भूकम्प गएको हो । उक्त भूकम्पको धक्का गण्डकी प्रदेशका बिभिन्न जिल्लासम्म महशुस भएको थियो ।

 

६ रेक्टरस्केलको भूकम्प जाँदा ठूलो जोखिम नहुने भए पनि सिन्धुपाल्चोकमा पहिरोको जोखिम झनै बढेको छ । पहिरोको खतरा भएको सिन्धुपाल्चोक केन्द्र बनाएर भूकम्प जाँदा सतर्क हुनुपर्ने विज्ञहरुले बताएका छन् । २०७२ सालको वैशाखमा गएको भूकम्पले सिन्धुपाल्चोकका पहाडहरुमा धाँजा फाटेको र विशेष गरी बर्खाको समयमा पहिरोको जोखिम उच्च हुने भन्दै सचेत गराएका थिए ।

 

त्यस्तै, भदौ २६ गते बिहान साढे ९ बजे झापाको बाहुनडाँडा नजिकै रहेको नेपाल–भारत सीमामा ५ रेक्टर स्केलको भूकम्प गएको थियो । 

 

भदौ २४ गते धादिङको निलकण्ठ नगरपालिकालाई केन्द्र बनाएर ४ रेक्टर स्केलको भूकम्पको धक्का गएको थियो । काठमाडौँमा  समेत धक्का दिएको उक्त भूकम्पलाई २०७२ सालमा गएको महाभूकम्पको पराकम्प भनिएको छ ।

 

भदौ महिनामा नै संखुवासभामा पनि भूकम्प गएको छ । भदौ १९ गते अरुण तेस्रो जलविद्युत आयोजन क्षेत्र नजिकै केन्द्र बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको हो । 

 

त्यस्तै, भदौ ९ गते बझाङमा पनि भूकम्पको धक्का गएको थियो । राति ९ बजेर ९ मिनेट जाँदा बझाङको खिरातडी आसपासलाई केन्द्र बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको हो ।

 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

के पुनर्जन्म हुन्छ ?

  • 1 hour ago
के पुनर्जन्म हुन्छ ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रू

गर्भवती महिलाका लागि यो खानेकुरा हुन्छ हानिकारक

  • 2 hours ago
गर्भवती महिलाका लागि यो खानेकुरा हुन्छ हानिकारक

एजेन्सी । गर्भवती महिलाहरुका लागि पास्ता सेवन खतरा हुनसक्ने आयुर्वेदका विज्ञहरु बताउँछन् । साथै पास्तालाई मानिसको स्वास्थ्यमा हानी पुर्‍याउने खाद्यको रुपमा समेत लिएका छन् ।

रिमाबारे रोचक कुराहरु

  • 2 hours ago
रिमाबारे रोचक कुराहरु

काठमाडौँ । नेपाली फिल्म जगतकी चर्चित सेलिब्रिटी हुन् रिमा विश्वकर्मा । उनी मोडल, अभिनेत्री, भिजे, टेलिभिजन प्रस्तोता हुन् । नेपाल आइडलपछि त झन् उनको चर्चा चुलिएको थियो ।



पर्यटन

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

आन्तरिक पर्यटकको केन्द्र बन्दै तिनधारा झरना (फोटोफिचर)

पनौती । काभ्रेपलाञ्चोकको रोशी गाँउपालिका–२, काफलडाँडामा रहेको तिनधारा झरना आन्तरिक पर्यटकहरुको केन्द्र बन्न थालेको छ । सामाजिक सञ्जालमा आकर्षक झरनाको तस्बिर देखिपछि आफ्ना साथीसँग वा परिवारसँग झरनामा रमाउन आउनेहरुको भिड लाग्न थालेको छ ।

जीवनशैली

गर्भवती महिलाका लागि यो खानेकुरा हुन्छ हानिकारक

गर्भवती महिलाका लागि यो खानेकुरा हुन्छ हानिकारक

एजेन्सी । गर्भवती महिलाहरुका लागि पास्ता सेवन खतरा हुनसक्ने आयुर्वेदका विज्ञहरु बताउँछन् । साथै पास्तालाई मानिसको स्वास्थ्यमा हानी पुर्‍याउने खाद्यको रुपमा समेत लिएका छन् ।

विचित्र विश्व

के पुनर्जन्म हुन्छ ?

के पुनर्जन्म हुन्छ ?

एजेन्सी । पुर्नजन्म अथवा पुर्वजन्मको कुरा याद आएका घटनाहरू समय समयमा आइरहन्छन् । विज्ञानले यस्तो कूरालाई पुर्ण रूपमा स्वीकार गर्दैन तर वेद पुराणमा मानिसको आत्माको यात्रा निरन्तर चलिरहने कुरा स्पष्ट रूपमा लेखिएको छ ।