रानीपोखरी तिहारमा प्रयोग गर्न मिल्ने, एकै रुखले नबन्ने भो काष्ठमण्डप र धरहरामा दुई भर्‍याङ

Norvic Hospital

काठमाडौँ । भूकम्प गएको चार वर्षपछि काठमाडौँ उपत्यकाका मुख्य तीन ऐतिहासिक सम्पदाको पुनःनिर्माणले गति लिएको छ । पुनःनिर्माण शुरु भएको करीब चार महिनापछि  काष्ठमण्डपको २५, धरहराको १३ र रानीपोखरीको नगण्य काम शुरु भएको छ ।  भूकम्प गएको लामो समयपछि गत पुसदेखि धरहरा माघदेखि काष्ठमण्डप र फागुनदेखि रानीपोखरी पुनःनिर्माण शुरु गरिएको थियो ।  विसं २०७२ वैशाख १२ गते भूकम्पले गर्दा  यी तीनै सम्पदामा पूर्ण रुपमा क्षति पुगेको थियो । 

 

रानीपोखरी आगामी तिहारमा प्रयोग गर्न मिल्ने !

 

अठारौँ शताब्दीको रानीपोखरी पुनःनिर्माणका लागि लामो समय काठमाडौँ महानगरपालिकाले जिम्मा लिए पनि विभिन्न किसिमका आन्तरिक विवादका कारण काम नभएपछि गत माघ १४ मन्त्रिपरिषद् बैठकले रानीपोखरी र बालगोपालेश्वर मन्दिर क्षेत्रको  पुरातात्विक संरचना पुनःनिर्माणको जिम्मा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणलाई दिएको थियो । 

 

अहिले रानीपोखरीमा पोखरीकै सरसफाइ र यसअघि कामपाले निर्माण गर्दा प्रयोग गरेको आधुनिक निर्माण सामग्री हटाउने काम भइरहेको प्राधिकरणका सिनियर  डिभिजन इञ्जिनीयर धुव्रप्रसाद पौडेलले जानकारी दिए ।  उनका अनुसार हाल दैनिक ५०  कामदारले पुनः निर्माणको काम गरिरहेका छन् । आगामी तिहारमा प्रयोग गर्न मिल्ने गरी काम तीव्र रुपमा भएको छ । प्राधिकरणका अनुसार अबको रानीपोखरी परम्परागत रुपमा निर्माण भए पनि आकर्षक हुन्छ ।  

 

भूकम्प गएको करीब चार वर्षमा पुनःनिर्माण थालिएको रानीपोखरी पुरानै शैलीमा बन्नेछ । बालगोपालेश्वर मन्दिरलाई मल्लकालीन शैलीमा बनाउने योजना तय भइसकेको छ । पोखरी वरिपरिको क्षेत्रलाई थप आधुनिक र आकर्षक बनाइने बताइएको छ । प्राधिकरणले तयार पारेको विधिअनुसार पोखरीको मध्यभागमा कालीमाटी राखिने छ । माटाको तह तयार भएपछि करीब दुई फिट बालुवा राखिनेछ । वरिपरि भत्किएका पर्खाल पुरानै तहअनुसार मिलाइनेछ । डिलमा पैदलमार्ग बन्नेछ । पर्खालमा इँटा प्रयोग गरिने जनाइएको छ । पोखरीको  पूर्व र उत्तरतर्फ ढुङ्गा छापेर पेटीसँगै ठाउँठाउँमा हरियाली बनाइने छ । 

 

विसं २०७२  माघ २ मा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शिलान्यास भएको रानीपोखरीको पुनःनिर्माणको काम शुरुमा कामपाले पाए पनि महानगरले ठेकदारमार्फत काम गराउँदा प्राचीन सम्पदा पुनःनिर्माणमा एकपछि अर्को विवाद भएपछि काम हुन नसकेको हो ।  राजा प्रताप मल्लका माहिला छोरा चक्रवर्तेन्द्र मल्लको निधनपछि रानीको चित्त बुझाउन विसं १७२७ मा रानीपोखरीको निर्माण गराइएको शिलालेखमा उल्लेख छ । पोखरीका बीचमा त्यसैबेला बालगोपालेश्वर मन्दिर स्थापना गरिएको थियो । 

 

एकै रुखले नबन्ने भो काष्ठमण्डप 

 

 

काठमाडौँको नामको उत्पत्ति भएको काष्ठमण्डप पुनःनिर्माणको काम पनि धमाधम भइरहेको छ । निर्माणअन्तर्गत अहिले काठको काम भइरहेको छ । काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले अहिलेसम्ममा २५ प्रतिशत काम सकिएको छ बताउनुभयो ।  अहिले झ्याल र  ढोका निर्माणको काम भइरहेको छ ।  गत माघ २७ गते श्रीपञ्चमीका दिन  काष्ठमण्डपको मूल थाम उठाइएको थियो । उक्त दिन काष्ठमण्डको मुख्य चार थाम उठाउइएको हो । प्रयोग गरिएका चार  थाममध्ये तीन  नयाँ प्रयोग गरिएको हो भने एउटा पुरानै प्रयोग गरिएको छ ।  अध्यक्ष शाक्यले भने, “ आगामाी  सालको असार मसान्तसम्ममा भुइँतलाको कार्य सम्पन्न गर्ने गरी काम भइरहेको छ,  निर्धारित समयमा काम सकिन्छ  । ” 

 

सातौँ शताब्दीको काष्ठमण्डप पुनःनिर्माणका लागि अघिल्लो वर्ष वैशाख ३१ गते क्षमा पूजा गरिसकिएको छ । बिसेत नामका मानिसले जात्रा हेर्न आएका कल्पतरुलाई चिनेर नियन्त्रणमा लिई एउटा रूख उपलब्ध गराउने वाचा गराएर छाडेपछि कल्पतरुले सालको काठ दिएको, राजा लक्ष्मीनरसिंह मल्लले त्यसैबाट मूर्तिविहीन मरुसतः बनाएको र पछि यसैलाई काष्ठमण्डप भन्न थालिएको हो ।  कामपाले पुनःनिर्माण समितिलाई हालसम्म रु पाँच करोड ५० लाख आर्थिक सहयोग प्रदान गरिसकेको छ । 

 

काष्ठमण्डपलाई प्राचीन स्वरूपमै तयार गरिनेछ । पुरानै स्वरूपअनुसार तीन तलाकै बनाइने छ । मन्दिरमा नेपाली सालको काठ प्रयोग गरिनेछ । काष्ठमण्डपमा धेरै डिजाइनका काठ प्रयोग हुनेछन् तर एकै रुखका हुनेछैन ।  आठ फिटभन्दा माथिका एक हजार दुई सय ५६ क्युबिक फिटका काठ प्रयोग गरिनेछ । आठ फिटभन्दा तलका काठ पनि ठाउँठाउँमा प्रयोग हुनेछन् । पुनःनिर्माणपछि मन्दिरको छानो भने झिँगटीले सजिने छ । 

 

धरहरामा दुई भर्याङ

 

 

धरहरा पुनः निर्माणको कामअन्र्तगत अहिले जमीनमुनि पिलर राख्ने काम करीब अन्तिम चरणमा पुगेकाले अबको केही दिनमा जमिन माथिको काम हुनेछ । निर्धारित समयमा नै सक्नेगरी काम भइरहेको प्राधिकरणका सहसचिव एवं सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाका प्रमुख राजुमान मानन्धरले जानकारी दिए । 

 

सुनधारास्थित २९ रोपनी क्षेत्रफलमा फैलिएको धरहरा ११ तलाको बन्नेछ । टुप्पाबाट काठमाडौँ उपत्यका पूरै नियाल्न पाइनेछ । वरपर सङ्ग्रहालय, पानीको फोहरा, नाट्यघर, आकर्षक बगैंँचा, पार्किङ स्थल,  खाजाघरलगायत निर्माण गरिनेछन् ।  गत पुस १२ गते प्रधानमन्त्री केपी शर्मा ओलीले त्यसको शिलान्यास गर्नुभएको थियो । पहिलाको धरहराभन्दा नयाँ बन्ने धरहराको चौडाइ ठूलो हुनेछ  जहाँ दुई लिफ्ट (आधुनिक भर्याङ) पनि हुनेछ । साथै एउटा परम्परागत भर्याङ रहनेछ । लिफ्ट र भर्याङ दुवै माध्यमबाट धरहरा चढ्न सकिनेछ ।  दुई वर्षका अवधिमा निर्माण सम्पन्न गर्ने गरी रमन कन्सट्रक्सनले धरहराको पुनःनिर्माण शुरु गरेको हो । कूल रु तीन अर्ब ४८ करोड लगानीमा निर्माण हुने धरहरा २२ तला र ७२ मिटर अग्लो हुनेछ । धरहराको १८ औँ तलामा अवलोकन कक्ष हुनेछ । नयाँ धरहरामा बगैँचा, सङ्ग्रहालय, रङ्गीन जलफोहरा, प्रदर्शनी कक्ष, पार्किङ स्थल, पसललगायत रहनेछन् ।  धरहरा बालबालिका तथा ज्येष्ठ नागरिकमैत्री हुने छ ।  त्यहाँ आउने अवलोकनकर्ताले सवारी साधनको व्यवस्थित पार्किङ गर्न सक्ने गरी पुनःनिर्माण हुनेछ । 

 

त्यहाँ ३५०  गाडी र छ हजार मोटरसाइकल पार्किङ गर्न मिल्ने बताइएको छ ।  एघारतले धरहरा ९० सालको भूकम्पका कारण क्षतिग्रस्त भएपछि नौ तलामा सीमित भएको थियो । सो ऐतिहासिक धरहरा सन् १८३२ मा भीमसेन थापाले निर्माण गर्नुभएको थियो ।  मानन्धरका अनुसार गोश्वारा हुलाकका कारण काम गर्न समस्या भएपछि  भत्काउनुपर्ने  देखिएको छ ।  हुलाक सार्नका लागि आवश्यक पहल गरिएको छ । बबरमहलमा कार्यालय सार्नका लागि हुलाक सेवा विभागले तयारी थालेको छ । जगको काम पूरा भएपछि गोश्वारा हुलाक भत्काइने र बाँकी काम गरिने छ ।  ऐतिहासिक सम्पदा निर्माणका लागि कामदार पाउन त्यति सहज छैन । अहिले काष्ठमण्डप र रानीपोखरीको पुनःनिर्माणमा भक्तपुरका सीपयुक्त कामदार खटिएका छन् ।  

 


Ipay: Payment Gateway of Nepal
Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

राप्रपाको एकता महाधिवेशनः को को छन् अध्यक्ष, उपाध्यक्ष र महामन्त्रीका आकांक्षीहरु ?

  • 7 hours ago
राप्रपाको एकता महाधिवेशनः को को छन् अध्यक्ष, उपाध्यक्ष र महामन्त्रीका आकांक्षीहरु ?

काठमाडौँ । आज देखि सुरु भएको राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशनमा अध्यक्ष पदका लागि अध्यक्ष कमल थापा र सांसद राजेन्द्र लिङ्देनबीच प्रतिस्पर्धा हुनेछ ।

नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण

  • 8 hours ago
नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा थप ३१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १२७२७ जनाको परीक्षण गर्दा ३१६ जनामा संक्रमण पुष्टि भएको छ ।

नेता रसाइलीद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

  • 8 hours ago
नेता रसाइलीद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा

काठमाडौँ । नेपाली कांग्रेसका सांसद तथा युवा नेता प्रकाश रसाइली ‘स्नेही’ ले पार्टीको आसन्न १४औँ महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।



पर्यटन

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

भरियासँग बोकिएर पाथीभरा मन्दिर दर्शन गर्न जाँदै तीर्थयात्री

ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरसम्म हिँडेर जान नसकेपछि भरियालाई बोकेर पाथीभरा मन्दिरमा दर्शन तथा पूजापाठ गर्न जाँदै तीर्थयात्री ।

जीवनशैली

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

आज विश्व एड्स दिवसः ‘समुदायमा सचेतना बढाएर सङ्क्रमण घटाऔँ’

एजेन्सी । ‘असमानता हटाऔँ, एड्स अन्त्य गरौँ’ नाराका साथ आज ३४औँ विश्व एड्स दिवस मनाइँदै छ । हरेक वर्ष डिसेम्बर १ तारिखमा मनाइने विश्व एड्स दिवसलाई प्रभावकारी बनाउन समुदाय तहमा जनचेतना बढाउन आवश्यक भएकामा जोड दिइएको छ ।

विचित्र विश्व

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

दक्षिण कोरियामा देखियो कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’

एजेन्सी । दक्षिण कोरियामा पनि कोभिड–१९ को नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फेला परेको छ । कोरिया रोग नियन्त्रण तथा रोकथाम एजेन्सी (केडिसीए)का अनुसार हालै नाइजेरियाबाट दक्षिण कोरिया आएका एक दम्पतीमा उक्त नयाँ भेरियन्ट ओमिक्रोन देखिएको हो ।