बिहानै ६.० म्याग्नीच्यूडको भूकम्पः दुईको मृत्यु, २४१ घाइते
- आइतबार, १० भदौ, २०७५
- 4 years ago
- अन्तर्राष्ट्रिय

तेहरान । इरान–इराक सीमानजिक आइतबार बिहानै गएको ६.० म्याग्नीच्यूडको शक्तिशाली भूकम्पबाट दुई जनाको मृत्यु हुनुका साथै २०० भन्दा बढी घाइते भएको स्थानीय अधिकारीहरुले जनाएका छन् ।
अमेरिकी भूगर्भीय सर्भेका अनुसार, भूकम्पको केन्द्र इरानको कर्मान्शाह प्रान्तको जभानरुड सहरबाट २६ किलोमिटर पश्चिततर्फ थियो । गत वर्ष यही स्थानमा गएको शक्तिशाली भूकम्पबाट सयौंको ज्यान गएको थियो ।
कर्मान्शाह विश्वविद्यालय शिक्षण अस्पतालको आपतकालीन विभागका प्रमुख साइब शारिदारीले दुई जनाको मृत्यु भएको र २४१ जना घाइते भएको जानकारी दिए । घाइतेमध्ये ६ जनाको अवस्था चिन्ताजनक छ ।
रेड क्रिसेन्टका प्रान्तीय प्रमुख मोहम्मद रेजा अमिरियानले भूकम्पका कम्तीमा २१ वटा परकम्प महसुस गरिएको जानकारी दिए ।
उनले गाउँमा पूर्वाधारमा व्यापक क्षति पुगेकाले खानेपानीको गम्भीर समस्या देखिएको, तर खाद्यान्न र टेन्टहरु भने वितरण गर्नुपर्ने अवस्था नरहेको जानकारी दिए ।
कर्मान्शाहका गभर्नर हाउशाङ बाजभान्डले भूकम्प गएपछि धेरै गाउँमा अस्थायी रुपमा विद्युतसेवा कटौती गर्नुपरेको जानकारी दिए । उनले आपतकालीन केन्द्रहरु खोलिएको, र अस्पताल तथा राहत संस्थाहरुलाई सावधानी अपनाउन भनिएको बताए ।
गत वर्ष नोभेम्बरमा यही क्षेत्रमा ७।३ म्याग्नीच्यूडको भूकम्प गएको थियो । भूकम्पमा परेर कर्मान्शाह प्रान्तमा मात्र ६२० जनाको मृत्यु भएको थियो ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
काठमाडौँ महानगरले मिटरब्याजी पीडितलाई खुलामञ्चमा पस्न र बस्न दिएन
- 2 hours ago

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले महोत्तरीबाट आएका मिटरब्याजी पीडितहरूलाई खुलामञ्चमा पस्न रोक लगाएको छ। महानगरले खुलामञ्चको गेटमा ताल्चा लगाएर उनीहरुलाई पस्न रोक लगाएको हो। गत चैत २ गते महोत्तर
'सात दिनभित्र सवारी अनुमति पत्र दिने कार्ययोजना बन्दैछ '
- 2 hours ago

काठमाडौँ । उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले नागरिकलाई सात दिनभित्र सवारी चालक अनुमतिपत्र प्रदान गर्ने तयारी गरिएको बताएका छन् ।
'नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिन्छ'
- 3 hours ago

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपाललाई आँखा उपचारको गन्तव्य बनाउन सकिने बताएका छन् । नेपाल नेत्रज्योति सङ्घको ४५औँ स्थापना दिवसका अवसरमा उनले केन्द्र, प्रदेश र स्थानीय तहसँगको सहकार्यमा नेपाललाई
पर्यटन
दोस्रो सिकार यामः ढोरपाटनमा १२ नाउर र नौ झारलको सिकार हुने

नेपालकै एक मात्र सिकार आरक्ष ढोरपाटनमा यस वर्षको दोस्रो याममा २१ वन्यजन्तुको सिकार हुने भएको छ । बोलपत्र प्रक्रियाबाट छानिएका सात कम्पनीमार्फत १२ नाउर र नौ झारलको सिकार हुने छ ।
जीवनशैली
वासन्ती छठ पर्वको निराहार व्रत आज

मधेस प्रदेशको प्राचीन मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने वासन्ती छठ पर्व मनाइँदै छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विभिन्न विधिसाथ मनाइने पर्वको आज तेस्रो दिन बर्तालुले निराहार व्रत सुरु गरेका छन् ।
विचित्र विश्व
'युक्रेनलाई हतियार दिएर रुसलाई हराउन सकिँदैन'

एजेन्सी । रुस र युक्रेनबीचको युद्ध एक वर्ष बितिसक्दा पनि जारी छ । यसैबीच रुसले पनि पटकपटक आणविक आक्रमण गर्ने धम्की दिदैँ आइरहेको छ ।