कंगोको गोमा शहरमा इबोला देखियो

गोमा । प्रजातान्त्रिक जनगणतन्त्र कंगोको पूर्वी शहर गोमामा पहिलो पटक प्राणघातक इबोला संक्रमित व्यक्ति फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

 

बुटेम्बो शहरमा एक जना इबोला संक्रमित व्यक्तिसँग भेटघाट गरेर फर्किएका इसाई पादरीमा इबोला संक्रमण भएको पाइएको हो । 

 

इबोला–पोजेटिभ देखिएका उनलाई तत्कालै उपचार केन्द्रमा भर्ना गरिएको छ । मन्त्रालयले गोमा शहरमा इबोलाको भाइरस फैलिने जोखिम निकै कम रहेको जनाएको छ । 

 

विश्व स्वास्थ्य संगठनले हालै एक प्रतिवेदन जारी गरी कंगोमा इबोला फैलिने खतरा निकै बढेको भन्दै चिन्ता व्यक्त गरेको थियो । करिब एक वर्ष यतादेखि निकै फैलिन थालेको इबोलाबाट संक्रमित बिरामीको संख्या दुई हजार नाघेको पनि विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

 

गत महिना छिमेकी मुलुक उगान्डामा इबोलाको संक्रमण तिब्र भएपछि जाम्बिया र तान्जानिया जस्ता छिमेकी मुलुकहरुले सीमामा बिरामीको जाँचलाई निकै कडा बनाएका थिए ।

 

सन् २०१४ र २०१६ मा लाइबेरिया, गिनी र सियरालियोनमा व्यापक रुपमा फैलिएको इबोलाबाट करिब ११ हजार ३०० जनाको मृत्यु भएको थियो । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सिंँगारियो मदन भण्डारीको जन्मघर

  • 6 minutes ago
सिंँगारियो मदन भण्डारीको जन्मघर

ताप्लेजुङ । बडादशैं २०७७ का संँघारमा जननेता मदन भण्डारी जन्मेका ताप्लेजुङको ढुङ्गेसांँघुस्थित घरलाई अनेरास्ववियुका नेता कार्यकर्ता पुगेर लिपपोत गरेका छन् । अनेरास्ववियु ताप्लेजुङ काठमाडौँ सम्पर्क समित

राष्ट्रपति भण्डारीले गरिन् पुनः निर्माण गरिएको रानीपाेखरीको उद्घाटन

  • 16 minutes ago
राष्ट्रपति भण्डारीले गरिन् पुनः निर्माण गरिएको रानीपाेखरीको उद्घाटन

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा पुनः निर्माण गरिएको रानीपोखरीको आज उद्घाटन भएको छ । विस २०७२ सालमा गएको भुकम्पपछि पुनःनिमार्ण गरिएको रानीपोखरीको राष्ट्रपति भण्डारीले उद्धाटन गरेकी हुन्

ऐतिहासिक रानीपोखरीको राष्ट्रपतिद्धारा उद्घाटन (फोटोफिचर)

  • 19 minutes ago
ऐतिहासिक रानीपोखरीको  राष्ट्रपतिद्धारा  उद्घाटन (फोटोफिचर)

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विनासकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरी र दरबार हाइस्कुलको आज उद्घाटन गरेकी छिन । राष्ट्रिय पुनः निर्माण प्राधिकरणका अनुसार आज मध्यान्ह १२ राष्ट्र



पर्यटन

पोखराका प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थाले

पोखराका प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थाले

पोखरा । पोखराका प्याराग्लाइडिङ कम्पनीले सस्तो दरमा उडान गर्न थालेपछि दैनिक दुई सयभन्दा बढी साहसी खेलप्रेमी आकाशमा उड्न थालेका छन् । लामो समयको बन्दाबन्दीका कारण मनोरञ्जनलगायत गतिविधिबाट वञ्चित भएकाहरुलाई आकाशमा उड्न सस्तो कार्यक्रम ल्याइएको छ ।

जीवनशैली

नवरात्रको पाँचौँ दिनः स्कन्दमाताको पूजा आराधना गरिँदै

नवरात्रको पाँचौँ दिनः स्कन्दमाताको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको पाँचौँ दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।

विचित्र विश्व

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

राती सुत्दा कहिल्यैँ भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन !

एजेन्सी । किन राती सुत्दा कहिल्लै भान्सा कोठामा जुठो भाडा राख्नु हुँदैन रु ज्योतिषशास्त्र र वास्तुशास्त्रसंग जोडिएका कैयौँ यस्ता साना कुराहरुबारे जानकारी राख्नु आवश्यक हुन्छ ।