इबोला संकटः रुवान्डाद्वारा कंगोसँगको सीमा बन्द

एजेन्सी । अफ्रिकी मुलुक कंगोमा प्राणघातक इबोलाको संक्रमण बढ्दै गएको संकेत देखिएसँगै रुवान्डाले कंगोसँगको सीमा बन्द गरेको छ । 

 

छिमेकी मुलुक रुवान्डाले कंगोको सीमावर्ती शहर गोमामा तीन व्यक्तिमा इबोलाको संक्रमण देखिएपछि रुवान्डाले सीमा बन्द गरेको हो ।

 

कंगोका राष्ट्रपतिको कार्यालयले जारी गरेको पछिल्लो विज्ञप्तिमा रुवान्डाले एकपक्षीय रुपमा नाका बन्द गरेको उल्लेख छ । यहाँ दैनिक जीवनयापनका लागि स्थानीय मानिसहरु सीमावर्ती शहरमा ओहोरदोहोर गर्ने प्रचलन छ । कंगोले मानिसको दैनिक जीवनमै असर पार्ने गरी सीमा बन्द गरेको भन्दै आपत्ति जनाएको छ ।

 

रुवान्डाको पछिल्लो कदमबाट करिब २० लाख जनसंख्या बसोबास गर्ने गोमा शहर र रुवान्डाको करिब ८५ हजार जनसंख्या रहेको गिसेन्यीबीचको आवतजावत बन्द भएको छ ।

 

रुवान्डाको पछिल्लो निर्णयले ठूलो संख्याका कंगोली नागरिक र रुवान्डाको गिसेन्यीमा रहेका विदेशीलाई गोमा भ्रमणमा कठिनाई हुने पनि कंगोले जनाएको छ ।

 

सन् २०१८ को अगष्टयता कंगोमा फैलिएको इबोलाका कारण एक हजार ८०३ जनाको ज्यान गइसकेको छ । गोमा शहरमा संक्रमित तीन जनामध्ये दुई व्यक्तिको मृत्यु भइसकेको छ । स्वास्थ्य अधिकारीहरुले शहरी इलाकामा यो रोगको संक्रमण अझ तिब्र हुने बताएका छन् । 


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

दशैँको मुख्य दिन विजयादशमीः कति बजे छ उत्तम साइत ?

  • 1 minute ago
दशैँको मुख्य दिन विजयादशमीः कति बजे छ उत्तम साइत ?

काठमाडौँ । दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको घडाबाट अ

प्रधानमन्त्री ओलीले बडा दशैँको अवसरमा सबैमा गरे यस्तो आग्रह

  • 6 minutes ago
प्रधानमन्त्री ओलीले बडा दशैँको अवसरमा सबैमा गरे यस्तो आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुको ठूलो चाड बडादशैँका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, प्रगति र समुन्नतिका लागि शुभकामना व्यक्त गरेक

त्रिपुरासुन्दरी माईको मन्दिरमा यस पटक दहीजात्रा नहुने

  • 4 hours ago
त्रिपुरासुन्दरी माईको मन्दिरमा यस पटक दहीजात्रा  नहुने

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाँउपालिका, तौथलीमा अवस्थित त्रिपुरासुन्दरी माईको मन्दिरमा बडादशैँको एकादशीमा लाग्दै आएको दहीजात्रा यस पटक नहुने भएको छ । एकापसमा दही छ्यापाछ्याप गरी पर



पर्यटन

बेलौरीको शोभाताल

बेलौरीको शोभाताल

बेलौरी । बेलौरी नगरपालिका–५ स्थित शोभाताल क्षेत्रलाई पर्यटकीय क्षेत्रका रूपमा विकसित गर्नका लागि कार्य अगाडि बढाइएको छ ।

जीवनशैली

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको नवौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।

विचित्र विश्व

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरे

एजेन्सी । आठ दिनसम्म उपबास बसेका एक जना पतिले आफ्नी श्रीमतीको हत्या गरेका छन् । नवरात्रमा आठ दिन ब्रत बसेका उनले श्रीमतीको हत्या गरेका हुन् । प्रहरीले नरबली दिएको हुनसक्ने आशंका गरेको छ ।