इजिप्टमा सुरक्षा कारबाहीमा १८ लडाकू मारिए

Global IME
Mega Bank
Norvic Hospital

कायरो । इजिप्टका सुरक्षाकर्मीहरुले गरेको सुरक्षा कारबाहीमा परी यहाँका १८ लडाकू मारिएका छन् । 

 

देशको उत्तरी र मध्य सिनाइमा भएको आतङ्कवाद विरुद्धको कारबाही अभियानका क्रममा केही दिन अघि उनीहरु मारिएको अधिकारीहरुले जनाएका छन् । 

 

इजिप्टका सैन्य प्रवक्ताले बिहीबार भने, “एरिसको उत्तरी सिनाइमा भएको सुरक्षा कारबाहीमा दश जना लडाकू मारिएका छन् ।” 

 

घटनास्थलबाट अरु १२९ जनालाई गिरफ्तार गरिएको र विस्फोटक पदार्थहरु पनि नियन्त्रणमा लिइएको उहाँले जानकारी दिए । 

 

त्यसैगरी उत्तर र मध्य सिनाइमा अन्य आठ जना पनि सुरक्षा कारबाहीका क्रममा मारिएको अधिकारीहरुले जनाएका छन् । अन्य बन्दोबस्तीका सामग्रीहरु पनि सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन् । 

 

इजिप्टमा आतङ्कवादी विरुद्धको कारबाही अभियान गत फेब्रुअरीदेखि सुरु भएको छ । ‘सिनाइ २०१८’ नामक सो अभियानका क्रममा अहिलेसम्म करिब ४२० लडाकू र ३० जना सुरक्षाकर्मी मारिएका छन् । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सुदूरपश्चिम प्रदेशः के मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पाउँलान् त आज विश्वासको मत ?

  • 1 minute ago
सुदूरपश्चिम प्रदेशः के मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पाउँलान् त आज विश्वासको मत ?

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको आज दिउँसो १ बजे बोलाइएको प्रदेशसभाको बैठक आजै अपराह्न ४ बजे बस्ने गरी सारिएको छ ।

इन्डोनेसियाका राष्ट्रपतिद्वारा डडेलो नियन्त्रणका लागि तयार रहन आग्रह

  • 17 minutes ago
इन्डोनेसियाका राष्ट्रपतिद्वारा डडेलो नियन्त्रणका लागि तयार रहन आग्रह

एजेन्सी । इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोले बुधबार प्रहरी र सेनाका अधिकारीहरूलाई एल निनो सुक्खा मौसम नजिकिँदै गरेकाले सम्भावित डेडेलोको प्रोकलाई रोक्न तयार रहन आग्रह गरेका छन् ।

चुनौतीलाई सम्भावनामा बदल्ने गरी सरकार अगाडि बढेको छ: मन्त्री भण्डारी

  • 27 minutes ago
चुनौतीलाई सम्भावनामा बदल्ने गरी सरकार अगाडि बढेको छ: मन्त्री भण्डारी

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले आजका राष्ट्रिय अभिभारा तथा राष्ट्रिय चुनौतीलाई सम्भावनामा बदल्ने गरी सरकार अगाडि बढेको बताएका छन् ।



पर्यटन

किस्पाङ गुम्बा

किस्पाङ गुम्बा

नुवाकोट । नुवाकोटको किस्पाङ गाँउपालिका–३ मा अवस्थित प्रसिद्ध किस्पाङ गुम्बा । भारतको कर्नाटकस्थित स्यार गादेन बुद्धिष्ट कल्चरल एसोसिएशन गुम्बासँगको समन्वयमा किस्पाङ गुम्बाले लामा अध्ययनको प्रारम्भिकदेखि पिएचडी तहसम्मको अध्ययनको प्रबन्ध मिलाएको छ । तस्बिरः रामहरि न्यौपाने÷रासस

जीवनशैली

घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

घरमा रातो रंगका वस्तुहरू यस दिशामा राख्नुहोस्

एजेन्सी । यदि हामीले आफ्नो जीवनमा वास्तुशास्त्रका नियमहरू लागू गर्यौं भने हामीलाई सफल हुनबाट कसैले रोक्न सक्दैन।