‘एक लभर’को फस्टलुक सार्वजनिक

काठमाडौँ । सर्ट फिल्म ‘एक लभर’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । द सेलिव्रेटी टाइम्सको ब्यानरमा निर्माण गरिएको चलचित्रको सोमबार सामाजिक संजालमार्फत दुईवटा तस्विर सार्वजनिक गरिएको हो ।

 

चलचित्रलाई सि.ए. दुर्गाप्रसाद ज्ञवालीले निर्माण गरेका हुन् । समसामयिक प्रेम कथामा आधारित चलचित्रको दुई पोस्टरमध्ये एउटा पोस्टरमा प्रेमिल जोडीको प्रेम भाव प्रस्तुत गराइएको छ भने अर्को पोस्टरमा युवाको भिन्नै चरित्रलाई देखाउन खोजिएको छ ।

 

निर्माण टिमले चलचित्रको पुर्ण कथा भने अझै सार्वजनिक गरेको छैन । विगत १२ वर्षदेखि सम्पादनको रुपमा काम गर्दै आएका यो चलचित्रका अभिनेता शाहिल खानले चलचित्रमा निकै मिहेनत गरेको बताए । शाहिल खान, अनुपमा भण्डारीलाई फिचर गरिएको पोस्टरलाई टौवा क्रियशनले डिजाइन गरेको हो । यो चलचित्रमा शाहिल खान, अनुपमा भण्डारी बाहेक राज थापा क्षेत्री, सरु माझीको पनि अभिनय छ ।

 

चलचित्र यतिबेला मुभी फ्याक्ट्रिमा पोस्ट पो्रेड्क्सनको काम भइरहेको छ । एक हप्ता लगाएर छायांकन गरिएको चलचित्रलाई रामजी ज्ञवालीले निर्देशन गरेका हुन् भने आर्यन अधिकारीले सहायक निर्देशकको भुमिका निर्वाह गरेका छन् । फस्टलुक पोस्टरसँगै निर्माण टिमले चलचित्रको रिलिज मिति समेत सार्वजनिक गरेको छ ।

 

चलचित्रका निर्माता दुर्गा प्रसाद ज्ञवालीले आगामी कात्तिक १७ गते उक्त चलचित्र सार्वजनिक हुने जानकारी गराए । चलचित्र प्रदर्शन गर्नुअघि यो चलचित्रको ट्रेलर र गीत समेत हेर्न सकिने निर्माण टिमले स्पष्ट पारेको छ । छोटो चलचित्रभए पनि यो चलचित्रले आमदर्शकको चाहना अनुसारको विषयवस्तु उठान गरेको निर्देशन रामजी ज्ञवालीले जानकारी दिए । चलचित्रमा निर्देशक रामजी ज्ञवाली र आर्यन अधिकारीको स्क्रिप्ट, स्क्रिनप्ले र डाइलग रहेको छ ।

 

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

सांसद बस्नेत परिवारका आठजना कोरोना मुक्त, बल्ल लगाइयो दशैँको टीका

  • 16 minutes ago
सांसद बस्नेत परिवारका आठजना कोरोना मुक्त, बल्ल लगाइयो दशैँको टीका

काठमाडौँ । विजयादशमीका दिन सबैले आ–आफ्नो परिवारमा निधारमा टीका र शिरमा जमरा लगाउँदै आर्शिवाद लिनमा व्यस्त थिए । तर भक्तपुरको विकासमा अग्रणी भूमिका खेल्दै आएका सङ्घीय सांसद एंव पूर्वमन्त्री महेश बस्नेत

मानहुँकोट

  • 46 minutes ago
मानहुँकोट

दमौली । पोखराका रमेश पौडेल दशैं बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट आइपुगे ।

विश्वकै दोस्रो अग्लो बन्जीजम्पसँग जोडिएको बलेवाको पर्यटन

  • 50 minutes ago
विश्वकै दोस्रो अग्लो बन्जीजम्पसँग जोडिएको बलेवाको पर्यटन

कालीगण्डकी । कालीगण्डकीको खोंचमा द क्लिफ प्रालिले कातिक १५ गतेदेखि बन्जीजम्प सञ्चालनमा ल्याउने भएको छ ।



पर्यटन

मानहुँकोट

मानहुँकोट

दमौली । पोखराका रमेश पौडेल दशैं बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट आइपुगे ।

जीवनशैली

वास्तुशास्त्र अनुसार बच्चाहरुको स्टडी रुम कस्तो हुनुपर्छ ?

वास्तुशास्त्र अनुसार बच्चाहरुको स्टडी रुम कस्तो हुनुपर्छ ?

एजेन्सी । वास्तु शास्त्रका अनुसार बालबालिकाको पढ्ने कोठाको संरचना बनाउनुपर्छ । यसले उनीहरुको पढाईमा ध्यान जाने र पछि करिअरका लागि पनि सहयोग हुने वास्तुशास्त्र विदहरु बताउँछन् ।