‘स्थानीय तहमा महिला सहभागिता बढाउन आयोग संवेदनशील छ’
- डा. जानकी कुमारी तुलाधर
- बिहीबार, ८ बैशाख, २०७९
- 2 months ago
- बिचार
काठमाडौँ । देश निर्वाचनमय भएको छ । वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह सदस्य निर्वाचन सफल पार्न आयोगको तयारी तीव्ररूपले अघि बढिरहेको छ । निर्वाचनलाई उत्सवकारूपमा लिएर आम नागरिक एवम् मतदाताले आ–आफ्नो तह र तप्काबाट सहयोग गर्नका लागि आयोग आग्रह गर्दछ । संविधानको प्रस्तावनामा बालिग मताधिकार, समानता, मानवअधिकारको विषयलाई प्राथमिकताका साथ राख्नुका साथै समानुपातिक समावेशी व्यवस्था समेत समेटिएको छ । संविधानको धारा ३८ (४) ले राज्यको हरेक निकाय र तह तप्कामा समानुपातिक समावेशी सिद्धान्तको अवलम्बन गर्दै राज्यका हरेक निकायमा ती वर्गको सहभागिताको सुनिश्चितताको गरेको छ ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा ४२ ले पनि लैङ्गिकमैत्री र समावेशी व्यवस्था गरेको छ । सो दफामा लेखिएको छ, ‘आयोगले यस ऐन बमोजिम निर्वाचन सम्बन्धी नीति निर्धारण गर्दा, कार्यक्रम सञ्चालन गर्दा, कर्मचारी खटाउँदा, अनुगमन वा पर्यवेक्षण गर्दा वा गराउँदा लैङ्गिकमैत्री र समावेशी सिद्धान्तलाई अवलम्बन गर्नुपर्नेछ ।’ निर्वाचन आयोगले पनि आफ्नो नीति, नियमावली, हरेक दस्तावेजमा ती वर्गको सहभागिताको सुनिश्चितताका लागि लिपिबद्ध गरेको छ । संविधानले निर्देशित गरेअनुसार ती वर्गको सहभागिता गराउने सम्बन्धमा संविधान र कानुनले तोकेअनुसार सहभागिता सुनिश्चिततामा जोड दिएका छौँ ।
संविधान र कानूनमा भएको व्यवस्थाअनुसार महिलाको सहभागिताको सुनिश्चितताका लागि आयोग सदैव कटिबद्ध छ । स्थानीय तहमा कुनै राजनीतिक दलको तर्फबाट दिइने अध्यक्ष/प्रमुख र उपाध्यक्ष/उपप्रमुख पदको उम्मेदवारीमा एक जना महिला हुनुपर्ने र वडा सदस्यमा एक जना महिला सदस्य, एक जना दलित महिला सदस्य निर्वाचित हुने व्यवस्था कानूनमा रहेको हुँदा स्थानीय तहमा ४१ प्रतिशत महिलाको सहभागिता सुनिश्चित भएको छ । नेपालको सन्दर्भमा यो महत्वपूर्ण उपलब्धी हो । आयोगले सीमान्तकृत वर्गहरूको पनि समानुपातिक समावेशी व्यवस्थामा ध्यान दिएको छ । राजनीतिक दलहरूलाई पनि आगामी निर्वाचनमा सोहीअनुसारको सहभागिता सुनिश्चित गराउन ध्यानाकर्षण गराइएको छ । त्यस्तै, लैङ्गिक तथा समावेशी नीति, २०७७ पनि हामीले लागू गरिसकेका छौँ । यसमा गरिएको व्यवस्थाको परिपालना गर्न कार्ययोजना बनाएर कार्यान्वयनको चरणमा छौँ । यसलाई संस्थागत गर्न निर्देशक समिति पनि बनाएका छौँ । मेरै संयोजकत्वमा शक समिति केन्द्रमा रहेको छ ।
त्यस्तै, अन्तरनिकाय समन्वय समिति पनि गठन भएको छ । कार्यान्वयन समिति पनि नीतिअनुसार गठन भएको छ । आगामी निर्वाचनका सन्दर्भमा राजनीतिक दलहरूलाई १७ बुँदे निर्देशन पनि आयोगले दिएको छ । जसमा महिलासहित सीमान्तकृत वर्गको सहभागिताको सुनिश्चिततामा ध्यान दिन निर्देशन गरिएको छ । आरक्षणले तोकिएको पद बाहेकमा पनि ती वर्गको सहभागिताको सुनिश्चितता गर्न हामीले अनुरोध गरेका छौँ । सोहीअनुसारको व्यवस्था दलहरूले गर्नुभयो भने ५० प्रतिशत महिलाको सहभागिता सुनिश्चित हुनसक्ने विश्वास लिएका छौँ । महिला सहभागिताको सुनिश्चितताका लागि स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १७ (४) को प्रतिबन्धात्मक वाक्यांशमा राजनीतिक दलले एकजना मात्र उम्मेदवारी दिएको अवस्थामा महिलालाई प्राथमिकता दिन आयोगले आह्वान गरेको छ । आयोगले गर्ने हरेक क्रियाकलापहरू संविधान र कानूनको व्यवस्थाअनुसार नै हुन्छ । महिलासहित सीमान्तकृत वर्गको सहभागिताका लागि आयोग संवेदनशील छ र सदैव रहन्छ ।
डा. जानकी कुमारी तुलाधर, निर्वाचन आयोगका आयुक्त हुन्
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
गठबन्धनबाट विकास सम्भव छैन – महासचिव पोखरेल
- 10 hours ago

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले मुलुकको विकास र समृद्धिका लागि राजनीतिक ध्रूबीकरण आवश्यक रहेको बताएका छन् । जननेता मदन भण्डारीको ७१ औं जन्मजयन्तीको अवसर पारेर प्रेस चौतारी नेप
आईजीपी बढुवाविरुद्धको रिट हेर्दाहेर्दैमा, अर्को सुनुवाइ १९ असारमा
- 10 hours ago

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा धिरजप्रताप सिंहलाई बढुवा गरेको सरकारको निर्णयविरुद्ध परेको रिटको सुनुवाइ १९ असारसम्म सरेको छ ।
कुटपिट गरेर कम्युटर अपरेटरको गाडी लुट्ने ३ भारतीय नागरिक पक्राउ
- 10 hours ago

धनगढी । कैलालीको भीम दत्त राजमार्ग अन्तर्गत गोदावरीमा डडेल्धुराको आलीताल गाउँपालिकाका कम्युटर अपरेटर लोकेन्द्र भण्डारीलाई कुटपिट गरेर कार लुट्ने समूहका तीन जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ
पर्यटन
'पर्यटन क्षेत्रका प्रवद्र्धन गरिने छ'

काठमाडौँ । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले मुलुकको अर्थतन्त्रको बलियो आधारका रुपमा रहेको पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
जीवनशैली
मस्तिष्काघातः ‘समयमै विशेषज्ञ उपचार पाए पूर्ववत् अवस्थामा फर्किन सकिन्छ’

चिकित्सकका अनुसार मस्तिष्काघात उभिँदा शरीरको सन्तुलन नमिल्ने, आँखाले नदेख्ने वा आँखा धमिलो हुने एक्कासी मुख एकातिर बाँङ्गिने, हातखुट्टा एक्कासि कमजोर हुने, बोली नआउने वा बोली लरबराउने र शरीररको एक भाग (हर) कमजोर हुन सक्छ ।
विचित्र विश्व
श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशियाे

एजेन्सी । श्रीलंका पछिल्लो समय सबैभन्दा खराब आर्थिक अवस्थाबाट गुज्रिरहेको छ । श्रीलंकामा पेट्रोल र डिजेलको मूल्य आकाशिएको छ । श्रीलंकामा पेट्रोलको मूल्य ५० श्रीलंकाली रुपैयाँ र डिजेलको मूल्य ६० श्रीलंकाली रुपैयाँले बढेको छ । पछिल्लो दुई महिनामा इन्धनको मूल्य तेस्रो पटक बढेको छ ।