कञ्चनपुरको भीमदत्त र पुर्नवासमा कांग्रेस विजयी

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार पदम बोगटीले १५ हजार ८८२ मत प्राप्त गरी निर्वाचित भएका छन् । 

 

उनका निकटतम प्रतिस्पधी नेकपा (एमाले)का उम्मेदवार महेशप्रसाद पन्तले आठ हजार १४१ मत प्राप्त गरे । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गजेन्द्रबहादुर चन्दले सात हजार १०५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए ।  

 

नवनिर्वाचित बोगटी कांग्रेसका जिल्ला पार्टी सभापतिसमेत हुन् । उनी अघिल्लो स्थानीय तहको निर्वाचनमा भीमदत्तमा एमालेका सुरेन्द्र विष्टसित झिनो मतान्तरले पराजित भएका थिए ।

 

त्यसैगरी उपप्रमुखमा  कांग्रेसकै निलम जोशी लेखक १२ हजार २१६ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादी गठबन्धनका उम्मेदवार कृष्णदत्त जोशीले १० हजार ५९६ मत प्राप्त गरे ।  १९ वडा रहेको भीमदत्तमा कांग्रेसले १३ वडाध्यक्षसमेत जितेको छ ।

 

पुर्नवासमा कांग्रेस विजयी

 

त्यसैगरी कञ्चनपुरको पुर्नवास नगरपालिकामा कांग्रेसका उम्मेदवार नगरप्रमुख र उपप्रमुखमा निर्वाचित भएका छन् ।  नगरप्रमुखमा तोयप्रसाद शर्माले १० हजार ६००  र उपप्रमुखमा भुलिया रानाले सात हजार ३४५ मत प्राप्त गरी निर्वाचित  भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सो नगरप्रमुखमा एमालेका पदम पुजाराले चार हजार ६७४ र एकीकृत समाजवादीका उम्मेदवार जीवनराज थापाले तीन हजार ७३४ मत प्राप्त गरेका छन् । 

 

उपप्रमुखमा माओवादी केन्द्रका धोखे रानाले पाँच हजार ४९२ र एमालेका सुशीला खत्रीले पाँच हजार ३०३ मत ल्याएका छन् । अघिल्लो पटक पुर्नवासमा एमालेका उम्मेदवार जीवनराज थापा निर्वाचित भएका थिए ।


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

चावहिलमा खुल्यो फिल्म तथा टीभी स्कुल

  • 3 minutes ago
चावहिलमा खुल्यो फिल्म तथा टीभी स्कुल

काठमाडौँ। अभिनेता राजेश हमाल, फिल्ममा डेब्युको तयारीमा रहेकी मोडल नीति शाह र आई आई एफ टी स्कूल अफ फेसन एण्ड इन्टेरियरका निर्देशक तथा फेसन कोरिओग्रफ़र बिपना थापा लगायतका कलाकारले नेसनल फिल्म एण्ड टीभी

माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु

  • 1 hour ago
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु

काठमाडौँ। नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सुरु भएको छ। कमलादीस्थित प्रज्ञा भवनमा सुरु भएको बैठकमा अध्यक्ष प्रचण्डले बैठकका कार्यसूचीबारे जानकारी गराएका छन्। बैठकमा नयाँ सदस्यहरुक

श्रीमतीलाई आगो लगाई हत्या गर्ने श्रीमान पक्राउ

  • 1 hour ago
श्रीमतीलाई आगो लगाई हत्या गर्ने श्रीमान पक्राउ

मोरङ। श्रीमतीलाई आगो लगाई हत्या गर्ने श्रीमान पक्राउ परेका छन्। रंगेली नगरपालिका– १ बिर्ताबजारका तिलका मल्लिकलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। शुक्रबार राति ८ बजे मल्लि



पर्यटन

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।

जीवनशैली

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।

विचित्र विश्व

कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

एजेन्सी । विश्वमा कैयौं रहस्यहरु लुकेर रहेका छन् । हाम्रा नजिक पनि यस्ता कैयौं रहस्यमयी स्थानहरु रहेका छन् । यसका साथै यी विश्वमा यस्ता स्थानहरु पनि रहेका छन् जसको बारेमा पत्ता लाग्न सकेको छैन र रहस्यमयी नै रहेको छ । यसै सन्दर्भमा ती विश्वका ५ स्थानहरुबारे चर्चा गरौँ ।