पाँचखाल प्रमुख कांग्रेस र उपप्रमुखमा एमाले विजयी
- सोमबार, ९ जेष्ठ, २०७९
- 1 month ago
- राजनीति

बनेपा । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका महेश खरेल र उपप्रमुखमा नेकपा (एमाले)का सूर्यमाया दनुवार विजयी भएका छन् ।
आज बिहान सम्पन्न भएको मतगणना परिणामअनुसार कांग्रेसका प्रमुख पदका उम्मेदवार खरेलले १२ हजार ८३६ मत प्राप्त गरेका छन् भने एमालेका उपप्रमुख पदका उम्मेदवार दनुवारले नौ हजार ५३४ मत प्राप्त गरी विजयी भएका हुन् ।
प्रमुख पदका निकटतम प्रतिस्पर्धी एमालेका कञ्चन अधिकारीले आठ हजार ११५ मत प्राप्त गरे भने उपप्रमुखका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र)का चेतप्रसाद गौतम(मणि)ले नौ हजार १० मत प्राप्त गरे ।
त्यस्तै वडाहरुमा क्रमशः वडा नं १ मा माओवादी केन्द्रका जय बहादुर तामाङले ५९४ मत प्राप्त गरी विजयी हुनुभएको छ भने वडा नं २ मा कांग्रेसका रामेश्वर दाहालले ९३४ मत प्राप्त गरी विजयी भए । वडा नं ३ मा कांग्रेसका सुन्दर अधिकारीले ८०५ मत, वडा नं ४ मा कांग्रेसकै सुन्दर तामाङले ९१० मत, वडा नं ५ मा एमालेका सीताराम ढुङ्गानाले ६१४ मत र वडा नं ६ मा नेकपा (एकीकृत समाजवादी)का रामशरण दुलालले एक हजार ३८२ मत प्राप्त गरी विजयी भए ।
त्यस्तै वडा नं ७ मा कांग्रेसका रामकृष्ण दङ्गालले ६९६ मत, वडा नं ८ मा कांग्रेसकै सञ्जय तामाङले एक हजार १५८ मत, वडा नं ९ मा एमालेका रामकाजी श्रेष्ठले एक हजार ११ मत, वडा नं १० मा एमालेकै नारायण प्रसाद सापकोटाले ६५५ मत, वडा नं ११ मा कांग्रेसका हीराकाजी तामाङ ९१६ मत, वडा नं १२ मा कांग्रेसका ज्ञानबहादुर दनुवारले एक हजार १७७ मत र वडा नं १३ मा कांग्रेसका सुकुवीर तामाङले ७०४ मत प्राप्त गरी विजयी भए ।
सो नगरपालिकाको वडा नं १३ कोशिदेखास्थित श्रीराम मावि मतदान केन्द्रमा गत वैशाख ३० गते शुक्रबार भएको मतदानमा मतपत्र वितरणको क्रममा विवाद उत्पन्न भएपछि स्थगित भएकोमा यही जेठ ३ गते पुनः मतदान भएको थियो ।
यसका कारण ढिला गरी मतगणना भएको थियो । पाँचखालको मतगणना सम्पन्न भएसँगै जिल्लाका १३ वटै स्थानीय तहको मतगणना सम्पन्न भएको छ । अधिकांश पालिकाका नवनिर्वाचित जनप्रतिनिधिले आ–आफ्नो पदको पद तथा गोपनियताको शपथ ग्रहण गरी कार्यभारसमेत सम्हालिसकेको छ ।
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
फेरि कोरोना संक्रमणको दर बढ्न थाल्यो
- 41 seconds ago

काठमाडौँ। नेपालमा फेरी कोरोना संक्रमणको दर बढ्न थालेको छ। आइतबार मात्रै ओमिक्रोनको नयाँ प्रजाति ‘बीए फाइभ’भेटिएको हो । धुलिखेल अस्पतालले गरेको अनुवांशिक (जिन सिक्वेन्सिङ) परीक्षणमा नयाँ प्रजाति
आफूलाई पार्टीबाट निष्कासन गर्नेलाई वामदेवको जवाफी कारबाही
- 6 minutes ago
काठमाडौँ। नेकपा राष्ट्रिय एकता अभियानका संयोजक वामदेव गौतमले आफूलाई पार्टीबाट निष्कासित गरेको भन्दै विज्ञप्ति निकाल्ने पाँचजनालाई जवाफी कारबाही गरेका छन्। शनिबार बसेको पार्टीको सचिवालय बैठकले सचिवालय
आइएमई जनरल इन्स्योरेन्सका ग्राहकलाई ग्यालेक्सी क्लिनिकमा विशेष छुट
- 14 minutes ago

काठमाडौँ। आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले ग्यालेक्सी स्पेसियालिटि क्लिनिक प्रा.लिसँग सम्झौता गरेको छ । इन्स्योरेन्स र ग्यालेक्सी स्पेसियालिटि क्लिनिकबिच सेवा प्रदान गर्ने सम्झौता भएको हो । उक्त
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

एजेन्सी । विश्वमा कैयौं रहस्यहरु लुकेर रहेका छन् । हाम्रा नजिक पनि यस्ता कैयौं रहस्यमयी स्थानहरु रहेका छन् । यसका साथै यी विश्वमा यस्ता स्थानहरु पनि रहेका छन् जसको बारेमा पत्ता लाग्न सकेको छैन र रहस्यमयी नै रहेको छ । यसै सन्दर्भमा ती विश्वका ५ स्थानहरुबारे चर्चा गरौँ ।