निर्वाचनको तयारीमा जुटे म्याग्दीका दल

Bank Of Kathmandu
Mega Bank
Norvic Hospital

म्याग्दी । म्याग्दीका राजनीतिक दलहरूले आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको तयारी थालेका छन् ।  चुनावको तयारीका लागि कार्यकर्ता र मतदाताको अपेक्षा बुझ्नका लागि नेताहरू गाउँ पसेका हुन् । गत वैशाखमा भएको स्थानीय तह चुनावपछि सुस्ताएको राजनीतिक गतिविधि बढ्न थालेको छ । प्रशिक्षण र भेटघाटका कार्यक्रम बनाएर उहाँहरु गाउँ पसेका हुन् । 

 

नेपाली कांग्रेसले जिल्लास्तरीय बैठक बसेर सबै पालिकामा कार्यकर्ता प्रशिक्षण र भेटघाट कार्यक्रम सञ्चालन गरेको छ । नेकपा ९एमाले०ले पालिकास्तरीय कार्यकर्ता प्रशिक्षण सकेर वडास्तरमा प्रशिक्षण र भेटघाट थालेको छ । नेकपा माओवादी केन्द्रले जिल्ला समन्वय समितिको बैठक बसेर सङ्गठन सुदृढीकरण अभियानको तयारी गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीको जिल्ला कार्यसमितिको बैठकले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा उम्मेदवारसमेत सिफारिस गरेको छ । 

 

एमाले म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर कटुवालले गत साउन महिनामा जिल्लाका सबै छवटा स्थानीय तहमा अगुवा कार्यकर्तालाई प्रशिक्षण सञ्चालन गरिएको बताए । उनले अन्नपूर्ण गाउँपालिका–८ राम्चेबाट वडास्तरीय कार्यकर्ता प्रशिक्षण, बैठक र भेटघाट कार्यक्रम सुरु गरेको बताए । 

 

एमाले निकट अनेमसङ्घले पनि पालिकास्तरमा कार्यकर्ता प्रशिक्षण अभियान सञ्चालन गरेको छ । कांग्रेस म्याग्दीका सचिव भरत रकालले बुधबार रघुगङ्गाको मौवाफाँट र बिहीबार मङ्गलाको बाबियाचौरमा पालिकास्तरीय कार्यकर्ता प्रशिक्षण भएको जानकारी दिए । बाँकी चारवटा पालिकामा पनि कार्यकर्ता प्रशिक्षण हुने उनले बताए । 

 

नेकपा (माओवादी केन्द्र) म्याग्दीका संयोजक रेशम जुग्जाली (सुवीन)ले जनवर्गीय सङ्गठनको बैठक सञ्चालन भइरहेको र आगामी हप्ता जिल्ला समन्वय समितिको बैठक आयोजना गरिएको जानकारी दिनुभयो । पालिकास्तरीय कार्यकर्ता प्रशिक्षणसँगै वडास्तरसम्म सङ्गठन सुदृढीकरण, सदस्यता विस्तार र जनवर्गीय सङ्गठन परिचालन गरिने उनले बताए । 

 

राष्ट्रिय प्रजातन्त्र पार्टी म्याग्दीका अध्यक्ष वीरबहादुर थापा क्षेत्रीले यसै हप्ता बेनीमा बसेका बैठकले प्रतिनिधिसभामा पूर्वसहायकमन्त्री जगतप्रसाद गौचन, प्रदेशसभा क्षेत्र (क)मा रामबहादुर शाही र क्षेत्र (ख) मा होमबहादुर थापालाई उम्मेदवार बनाउन नाम सिफारिस गरेको जानकारी दिए । 

 

उम्मेदवारका आकाङ्क्षीको पहिचान, आकाङ्क्षीप्रति मतदाता तथा कार्यकर्ताको मनोभावना, जितको सम्भावनालगायतका विषयमा नेताले अध्ययन गरिरहेका छन् । विगतको अनुभव, सफलता र कमजोरी पहिचान गरेर चुनाव जित्ने रणनीति बनाउन थालेका छन् । 

 

जिल्लामा प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई वटा निर्वाचन क्षेत्र छन् । गत २०७४ को चुनावमा प्रतिनिधिसभामा एमालेका भूपेन्द्रबहादुर थापा, प्रदेशसभा क्षेत्र (क)मा माओवादीका विनोद केसी र क्षेत्र (ख)मा एमालेकी नरदेवी पुन विजयी हुनुभएको थियो । त्यो चुनावमा एमाले र माओवादी तथा कांग्रेस र राप्रपाले तालमेल गरेका थिए । 

 

गत स्थानीय तह चुनावमा म्याग्दीमा एमालेले चार  पालिका प्रमुख, तीन वडा उपप्रमुख र १८ वडा, कांग्रेसले दुई पालिका प्रमुख, एक उपप्रमुख, १७  वडा र माओवादी केन्द्रले दुई उपप्रमुख र छ  वडा जितेका थिए । 


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

रवीन्द्र मिश्रले दिए विवेकशील साझाबाट राजीनामा

  • 3 hours ago
रवीन्द्र मिश्रले दिए विवेकशील साझाबाट राजीनामा

विवेकशील साझा पार्टीका नेता रवीन्द्र मिश्रले राजीनामा दिएका छन् । निवर्तमान अध्यक्षसमेत रहेका मिश्रले आज पार्टी अध्यक्ष समीक्षा बास्कोटासमक्ष राजीनामा दिएका हुन् ।

इटलीमा दक्षिणपन्थी पक्षका उम्मेदवार धेरै विजयी हुने प्रक्षेपण

  • 8 hours ago
इटलीमा दक्षिणपन्थी पक्षका उम्मेदवार धेरै विजयी हुने प्रक्षेपण

एजेन्सी । इटलीमा भएको संसदीय निर्वाचनमा दक्षिणपन्थी पक्षधर उम्मेदवारहरु धेरै विजयी हुने प्रक्षेपण गरिएको छ ।

रुसको एक विद्यालयमा गोली चल्यो

  • 9 hours ago
रुसको एक विद्यालयमा गोली चल्यो

एजेन्सी । मध्य रुसको इजेभस्क शहरको एक विद्यालयमा गोली चलेको छ । यस गोली प्रहारमा परी छ व्यक्तिको मृत्यु हुनुको साथै अन्य २० घाइते भएका आन्तरिक मन्त्रालयले सोमबार जानकारी दिएको छ ।



पर्यटन

काठमाडौँका सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्छ: पर्यटनमन्त्री

काठमाडौँका सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्छ: पर्यटनमन्त्री

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको काठमाडौँ उपत्यकाको सांस्कृतिक सम्पदाको संरक्षण र प्रवद्र्धन गरिनुपर्ने बताएका छन् ।

जीवनशैली

नवरात्रको पहिलो दिनः घरघरमा घटस्थापनासहित जमरा राखिँदै

नवरात्रको पहिलो दिनः घरघरमा घटस्थापनासहित जमरा राखिँदै

नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्दै छन् ।

विचित्र विश्व

भारतीय काँग्रेसको अध्यक्षमा शशी थारुरले उम्मेदवारी दर्ता गर्ने

भारतीय काँग्रेसको अध्यक्षमा शशी थारुरले उम्मेदवारी दर्ता गर्ने

एजेन्सी । भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसको अध्यक्ष पदका लागि वरिष्ठ नेता शशी थारुरले उम्मेदवारी दर्ता गर्ने भएका छन्। सङ्घीय संसदको सांसद समेत रहेका थारुरले यही सेप्टेम्बर ३० मा उम्मेदवारी दर्ता गर्ने भएका हुन् । उनले भने, “काँग्रेसका देशभरीका प्रतिनिधिहरुले मलाई उम्मेदवारी दर्ताका लागि उत्प्रेरित गरेका छन्, त्यसैले उनीहरुको भावना र आग्रह अनुसार मैले उम्मेदवारी दर्ता गर्न लागेको हुँ ।”