आज उपनिर्वाचनः मतदान शुरु
- शनिबार, १४ मंसिर, २०७६
- 3 years ago
- राजनीति

काठमाडाैँ । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको रिक्त ५२ पदको उपनिर्वाचनका लागि आज बिहान सात बजेदेखि मतदान शुरु भएको छ ।
मतदानका लागि सम्पूर्ण आवश्यक तयारी पूरा भएको र भरपर्दो व्यवस्था मिलाइएको हुँदा कुनै शङ्का, डर र त्रासमा नपरी निर्धक्क भएर मतदानमा सरिक हुन सम्पूर्ण मतदातालाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आह्वान गरेका छन् ।
उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयरहित वातावरणमा सम्पन्न गर्न सबै सुरक्षा निकायको समन्वय र सहभागितामा उपनिर्वाचन लक्षित भरपर्दो एकीकृत सुरक्षा योजना बनाइएको छ । प्रतिनिधिसभातर्पm २१, प्रदेशसभा सदस्य तर्पm ४३ र स्थानीय तहका विभिन्न पदका लागि २७३ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । यस उपनिर्वाचनमा ४ लाख ५४ हजार ११४ जनालाई मतदान गर्न पाउने मताधिकार छ ।
अपाङ्गता भएका व्यक्ति, गर्भवती, सुत्केरी, ज्येष्ठ नागरिक, अशक्त वा बिरामी मतदातालाई प्राथमिकता दिई मतदान गर्न पाउने उचित प्रबन्ध मिलाउन पनि आयोगले सबै मतदान अधिकृतलाई निर्देश गरेको छ । निर्वाचन कानूनले अनुमति दिएका उम्मेदवार, मतदाता, व्यक्ति वा अधिकारीबाहेक अन्य कुनै पनि व्यक्ति मतदान केन्द्रमा प्रवेश नगर्न सुझाव दिदै आयोगले मतदाताले स्वतन्त्र र विवेकपूर्ण ढङ्गबाट मतदान गर्न पाउने नैसर्गिक अधिकारको सम्मान गर्न र सहज वातावरण तयार गरिदिन अनुरोध गरेको छ ।
कास्की–२ मा प्रतिनिधिसभा सदस्य, भक्तपुर, बागलुङ र दाङमा प्रदेशसभा सदस्य तथा धरानमा उपमहानगरपालिकाको प्रमुख पदका लागि उपनिर्वाचन हुन लागेको हो । पाँचथरको फाल्गुनन्द गाउँपालिका, सङ्खुवासभाको मकालु गाउँपालिका र महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षका लागि पनि उपनिर्वाचन हुँदैछ । हुम्लाको खार्पुनाथ गाउँपालिकाको उपाध्यक्षका र ४३ वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुन लागेको हो ।
यसैबीच भक्तपुरको चाँगुनारायण–२ दुवाकोट मतदान केन्द्रमा भएको मतदानको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अवलोकन गरका छन् । उपनिर्वाचनको अवलोकनका लागि भक्तपुरका मुख्य निर्वाचन अधिकृत जगत्नारायण प्रधानले यहाँ हुने निर्वाचनका लागि गरिएको आवश्यक तयारीबारे प्रमुख निर्वाचन आयुक्त थपलियालाई जानकारी दिए । उपनिर्वाचन अवलोकनका लागि कूटनीतिक नियोगका प्रमुखहरु मतदान केन्द्र आइसकेका छन्
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
घुम्टे युवा परिवारले होली पूर्णिमा मेलाको आम्दानी–खर्च सार्वजनिक गर्यो
- 7 minutes ago

बागलुङ। ‘खेलकुद कला संस्कृति हाम्रो शान, पर्यटकीय स्थल घुम्टे गलकोटको पहिचान’ भन्ने मुल नारका साथ संस्थाले गत फागुन १९ गतेदेखि २२ गतेसम्म विविध खेलकुद, सांस्कृतिक, विभिन्न विधामा अभिनन्दन कार्यक
चलचित्रकर्मी कल्याणकारी कोषद्वारा स्व. बीएस राणाकी पत्नी र छोरीको उपचार सहयोगार्थ सहयोग
- 10 minutes ago

काठमाडौँ। स्वर्गीय अभिनेता बीएस राणाकी पत्नी र छोरीको उपचार सहयोगार्थ चलचित्रकर्मी कल्याणकारी कोषबाट रु। एक लाख सहयोग गरिएको छ। चलचित्र विकास बोर्ड अन्तर्गत रहेको कोषले बुधबार हाल उनीहरु रहेको ललितपुर
लुम्बिनीमा माओवादीले समर्थन फिर्ता लिँदै, संसदीय दलको बैठक आह्वान
- 28 minutes ago

लुम्बिनी प्रदेश सरकारको मुख्य साझेदार दल नेकपा (माओवादी केन्द्र)ले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारी गरेको छ । उक्त विषयमा निर्णय लिन आज संसदीय दलको बैठक आह्वान गरिएको छ । आज दिउ
पर्यटन
प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।
जीवनशैली
काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।
विचित्र विश्व
महाठग चन्द्रशेखरले भनेः गरिब कैदीलाई करोडौँ रकम प्रदान गर्ने चाहन्छु

एजेन्सी । आफैँ कैदमा रहेका एक बन्दीले कारागारमा रहेका कैदीबन्दी तथा उनीहरूका परिवारका लागि रु पाँच करोड ११ लाख प्रदान गर्ने चाहना व्यक्त गरेका छन् ।