उपनिर्वाचन २०७६ः धुलिखेल, सखुवाप्रसौनी र बैतडीमा मतदान जारी

Global IME
Norvic Hospital

काठमाडाैँ । धुलिखेल नगरपालिका–२ मा वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा मतदान शुरु भएको छ । बिहान ७ बजेबाट मतदान शुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

 

निर्वाचन अधिकृत उमेश राईका अनुसार रविओपीको सेतीदेवी मावि माझथुम मदतानस्थलमा केन्द्र ‘क’ र ‘ख’ केन्द्र रहेकामा केन्द्र ‘क’ मा ९५२ र केन्द्र ‘ख’ मा ९२५ ले मतदान गर्दैछन् । त्यहाँ जम्मा एक हजार ८७७ मतदाता रहेका छन् । वडा नं २  को वडाध्यक्ष पदका लागि नेकपाबाट देवप्रसाद कोइराला, नेपाली काङ्ग्रेस पार्टीबाट दर्णबहादुर खत्री, राजपा नेपालबाट कृष्णबहादुर तामाङ र राप्रपा संयुक्तबाट वासुदेव थापा उम्मेदवार रहेका छन् ।

 

निर्वाचन शान्तिपूर्णरूपमा भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जयराज सापकाटोले बताउनुभयो । निर्वाचनस्थलमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका करीब २०० सुरक्षाकर्मी खटिएका छन् । त्यस्तै बाहिर सुरक्षाका लागि पनि सुरक्षा व्यवस्था कडा पारिएको सापकोटाले बताए ।

 

वीरगञ्ज–  पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ महुवनस्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा आजदेखि वडास्तरीय मतदान शुरु भएको छ । जिल्ला निर्वाचन अधिकारी रञ्जिता झाका अनुसार आज बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म हुने मतदानस्थलमा कडा सुरक्षाबीच मतदान भइरहेको जनाइएको छ ।

 

त्यहाँ दुई हजार ६०२ मतदाता रहेका छन् । उपनिर्वाचनका लागि मतदान केन्द्र एक र मतदानस्थल तीन मतदानस्थल रहेको छ । मतदाताको घरदेखि मतदानस्थलसम्म सुरक्षा व्यवस्था कडा पारिएकाले मतदातालाई मतदानस्थलसम्म आउन सहज भएको छ ।

 

सो मतदानमा महुवन, बलुवा र सोलकपुर गरी तीन गाउँका मतदाता सहभागी रहेका छन् । क, ख, ग गरी तीन मतदान केन्द्र रहेको छ । 

 

बैतडीः उपनिर्वाचन हुने बैतडीका तीनवटै वडामा मतदान जारी रहेको छ । बिहान ७ बजेदेखि मतदान जारी रहेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ । दोगडाकेदार गाउँपालिका–४, सुर्नया गाउँपालिका–१ र पुर्चौडी नगरपालिका–४ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन भएको हो । बिहान साँढे ८ बजेसम्म ४३७ जनाले मतदान गरेका निर्वाचन अधिकारी माधव फुयाँलले जानकारी दि । उपनिर्वाचन हुने तीन वडामा कूल चार हजार ३३६ मतदाता रहेका छन् ।

 

उपनिर्वाचनका लागि छ मतदानकेन्द्र तोकिएका छन् । दोगडाकेदार गाउँपालिका–४ को केदार मावि पिपलकोटमा क र खमा गरी एक हजार २२९, हुनैनाथ आधारभूत विद्यालय कपिन्नामा ५७९ र सुर्नया गाउँपालिका–१ को साविकको गाविस भवन गुर्केलीमा ६१९ मतदाता छन् । पुर्चौडी नगरपालिका–४ को महादेव मावि सिवाबोमा ८६५, पहरौल मावि बाङ्गामा एक हजार ४४ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ ।

 

उपनिर्वाचनका लागि सुरक्षाकर्मीसहित करीब ४०० जनशक्ति परिचालन गरिएको छ ।  उपनिर्वाचन हुने जिल्लाको दोगडाकेदार–४, सुर्नया गाउँपालिका–१ र पुर्चौडी नगरपालिका–४ मा  ३०० बढी सुरक्षाकर्मी र ५४ कर्मचारी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिनुभयो । तीन वडामा छ मतदान केन्द्र तोकिएकामा प्रत्येक मतदान केन्द्रमा नौ कर्मचारी र ५० भन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ ।  मतदानकेन्द्रको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।  


Reliable life insurance
Nepal Telecocme

ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

चर्चित फुटबलर ओजिलद्वारा सन्यासको घोषणा, भावुक हुँदै के भने ?

  • 7 minutes ago
चर्चित फुटबलर ओजिलद्वारा सन्यासको घोषणा, भावुक हुँदै के भने ?

जर्मनीका पूर्व मिडफिल्डर मेसुट ओजिलले फुटबलबाट सन्यासको घोषणा गरेका छन् । आर्सनल, रियल मड्रिड र जर्मनीका पूर्व मिडफिल्डर ओजिल पछिल्लो समय टर्किस क्लब इस्तानबुल बसाकसेहिरमा आवद्ध थिए ।

मेघ गर्जनसहित वर्षाको सम्भावना

  • 42 minutes ago
मेघ गर्जनसहित वर्षाको सम्भावना

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायम छ । यसका कारण देशका पहाडी भू–भागमा आंशिक बदली छ ।

होटलमा ६० करोड लगानी, तीन सयलाई रोजगारी

  • 1 hour ago
होटलमा ६० करोड लगानी, तीन सयलाई रोजगारी

आतिथ्य सेवा क्षेत्रमा लगानी गर्दै आएको होटल पौवा प्रालिले पर्यटकीय सहर पोखराको लेकसाइडमा होटलको ११औँ शाखा सञ्चालनमा ल्याएको छ ।



पर्यटन

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

प्यासिफिक एसिया ट्राभलको शिखर सम्मेलन पोखरामा हुँदै

कास्की । देशकै प्रमुख पर्यटकीय सहर पोखरामा पहिलोपटक प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा)को वार्षिक शिखर सम्मेलन हुने भएको छ ।

जीवनशैली

काजु खानुका यस्ता छन् फाइदाहरु

काजु खानुका यस्ता छन् फाइदाहरु

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।