जङ्गली हात्तीको आतङ्क

  • शनिबार, ३ असोज, २०७७
  • 1 month ago
  • नेपाल

बर्दिया । बर्दियाको मधुवन नगरपालिका–१ मा बर्दिया राष्ट्रिय निकुञ्जबाट आउने जङ्गली हात्तीले आतङ्क मच्चाएको छ । बर्दिया राष्ट्रिय निकुञ्जको जङ्गलबाट दिनहुँ आउने हात्तीले खेतमा रोपेको धान, भटमासलगायत बालीमा क्षति गर्ने गरेको मधुवन–१ का धनिराम थारूले बताए । 

 

उनका अनुसार गएराति हात्ती धपाउन बसेका स्थानीयवासी ४५ वर्षीय कृष्णप्रसाद थारू हात्तीको आक्रमणमा परी घाइते भएका छन् । राष्ट्रिय निकुञ्जबाट आउने हात्तीले बर्सेनि घर भत्काउने, स्थानीयवासीलाई आक्रमण गरी घाइते बनाउने र दर्जनौँ बिघा खेती नोक्सान गर्ने  गरेको छ । एकातिर कुलो पानीको समस्या अर्कोतर्फ हात्तीको डरले त्रासमै दिन बित्न थालेको थारूले सुनाए ।

 

जङ्गली जनावरहरुको क्षति रोक्न र स्थानीयवासीलाई सुरक्षित गर्न आफूहरु निरन्तर लागिरहेको वडाध्यक्ष बिन्तीराम थारूले बताए । तारबारमा करेन्ट प्रवाह गर्ने एनेलाइजर मेसिनमा खराबी आएको र तार बाँधिएका पोलहरु ढलेका कारण मर्मतको तयारी भइरहेको थारूले जानकारी गराए ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

कांग्रेस केन्द्रीय समिति बैठकको मिति तय

  • 6 minutes ago
कांग्रेस केन्द्रीय समिति बैठकको मिति तय

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्ने भएको छ । कात्तिक २१ गते पार्टी कार्यालय सानेपामा बैठक बोलाइएको पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।

मुकेश चौरसिया हत्याका मुख्य आरोपीहरु फरार

  • 13 minutes ago
मुकेश चौरसिया हत्याका मुख्य आरोपीहरु फरार

पर्सा । मुकेश चौरसिया हत्याका मुख्य आरोपीहरु फरार भएका छन् । विन्दवासिनी गाउँपालिका नेकपा पार्टी कमिटी सचिव मुकेश चौरसियाको हत्यामा संलग्न भएको आरोप लागेका वडा नम्बर ४ का अखिलेश चौरसिया, शंकर पुकार ति

डम्बरे बाँधमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

  • 36 minutes ago
डम्बरे बाँधमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु

झापा । झापामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । दमक नगरपालिका– २ मा रहेको डम्बरे बाँधमा पौडी खेल्ने क्रममा डुबेर १ जनाको मृत्यु भएको छ । बुधवार दिउँसो पौने २ बजेको समयमा उक्त ब



पर्यटन

मानहुँकोट

मानहुँकोट

दमौली । पोखराका रमेश पौडेल दशैं बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट आइपुगे ।

जीवनशैली

दिनहुँ किसमिस खानुहोस्, हुनेछन् यस्ता फाइदाहरु

दिनहुँ किसमिस खानुहोस्, हुनेछन् यस्ता फाइदाहरु

एजेन्सी । धेरै मानिसलाई किसमिस मन पर्छ । यो मिठो मात्र हुँदैन स्वास्थ्यको लागि अति नै प्रभावकारी हुन्छ । शरीरका महत्वपूर्ण अङ्गहरूलाई स्वस्थ र तन्दुरुस्त राख्न रातभरि किसमिस भिजाएर बिहान सेवन गर्न चिकित्सकहरू सल्लाह दिन्छन् ।