एलोन मस्कको भयो ट्वीटर, कम्पनीको बोर्डले ४४ अर्ब डलरमा बिक्री गर्न स्वीकृत
- मंगलबार, १३ बैशाख, २०७९
- 2 months ago
- विचित्र विश्व
- प्रबिधि

एजेन्सी । धेरै दिनको चर्चापछि अन्ततः ट्वीटर विश्वकै धनी व्यक्ति एलोन मस्कको भएको छ । ट्वीटर इंकले अर्बपति एलोन मस्कलाई ४४ अर्ब डलरमा बेचेको खबर छ । यस सम्बन्धमा कम्पनीको सञ्चालक समितिले स्वीकृति दिएको छ ।
जसनुसार, मस्कले ट्विटरको प्रत्येक शेयरको लागि ५४.२० डलर तिर्नुपर्नेछ । ट्विटरको स्वतन्त्र बोर्डका अध्यक्ष ब्रेट टेलरले सोमबार राति १२ बजेपछि एक प्रेस विज्ञप्तिमार्फत मस्कसँगको सम्झौताको बारेमा जानकारी दिएका हुन् ।
सम्झौताले टेस्ला सीईओ मस्कलाई कम्पनीको २१७ मिलियन प्रयोगकर्ताहरूको स्वामित्व दिएको छ ।
एलोन मस्कले सम्झौताको घोषणा गर्दै एक भने, ‘वाक स्वतन्त्रता कार्यशील लोकतन्त्रको आधारशिला हो, र ट्विटर डिजिटल टाउन स्क्वायर हो जहाँ मानवताको भविष्यका लागि महत्त्वपूर्ण कुराहरू बहस गरिन्छ। म उत्पादनमा नयाँ सुविधाहरू थप्दैछु । म ट्विटरलाई विस्तार गरेर, विश्वास निर्माण गर्न, स्प्याम बटहरूलाई हराउन र सबै मानिसहरूलाई प्रमाणीकरण गर्न यसको एल्गोरिदमहरू खुला स्रोत बनाएर पहिले भन्दा राम्रो बनाउन चाहन्छु।’
ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुक रट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।
थप समाचार
चावहिलमा खुल्यो फिल्म तथा टीभी स्कुल
- 40 seconds ago
काठमाडौँ। अभिनेता राजेश हमाल, फिल्ममा डेब्युको तयारीमा रहेकी मोडल नीति शाह र आई आई एफ टी स्कूल अफ फेसन एण्ड इन्टेरियरका निर्देशक तथा फेसन कोरिओग्रफ़र बिपना थापा लगायतका कलाकारले नेसनल फिल्म एण्ड टीभी
माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सुरु
- 1 hour ago

काठमाडौँ। नेकपा माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक सुरु भएको छ। कमलादीस्थित प्रज्ञा भवनमा सुरु भएको बैठकमा अध्यक्ष प्रचण्डले बैठकका कार्यसूचीबारे जानकारी गराएका छन्। बैठकमा नयाँ सदस्यहरुक
श्रीमतीलाई आगो लगाई हत्या गर्ने श्रीमान पक्राउ
- 1 hour ago
मोरङ। श्रीमतीलाई आगो लगाई हत्या गर्ने श्रीमान पक्राउ परेका छन्। रंगेली नगरपालिका– १ बिर्ताबजारका तिलका मल्लिकलाई श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो। शुक्रबार राति ८ बजे मल्लि
पर्यटन
टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौँ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलङ्कन एयरलाईन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ।
जीवनशैली
‘परीक्षण गरे मात्रै पत्ता लाग्छ जलविन्दु’

चितवन । समय–समयमा आँखा परीक्षण गरेर समयमै जलविन्दु पत्ता लागेमा दृष्टि गुम्नबाट बचाउन सकिने चिकित्सकहरूले बताएका छन् । उनीहरूले जलविन्दुको लक्षण नदेखिने भन्दै अन्तिम समयमा उपचार गर्न कठिन हुने बताएका हुन् ।
विचित्र विश्व
कहिल्यै पत्ता लाग्न नसकेका विश्वका ५ रहस्यमयी स्थानहरु

एजेन्सी । विश्वमा कैयौं रहस्यहरु लुकेर रहेका छन् । हाम्रा नजिक पनि यस्ता कैयौं रहस्यमयी स्थानहरु रहेका छन् । यसका साथै यी विश्वमा यस्ता स्थानहरु पनि रहेका छन् जसको बारेमा पत्ता लाग्न सकेको छैन र रहस्यमयी नै रहेको छ । यसै सन्दर्भमा ती विश्वका ५ स्थानहरुबारे चर्चा गरौँ ।