नेपाली दूतावास बेलायतमा संविधान दिवस मनाइयो

  • मंगलबार, ६ असोज, २०७७
  • 1 month ago
  • युके

लण्डन । राष्ट्रिय दिवस एवं संविधान दिवसको उपलक्ष्यमा यहाँ लण्डनस्थित नेपाली दूतावासले असोज २, ३ र ४ गते त्रिदिवसीय कार्यक्रम सम्पन्न गरेको छ ।

 

कार्यक्रमको पहिलो दिन शुक्रबार नेपाली दूतावास र नेपाल–बेलायत व्यापार तथा लगानी मञ्चको संयुक्त आयोजनामा भर्चुअल माध्यमबाट नेपाल विकास सम्मेलन सम्पन्न भएको थियो । उक्त सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, बेलायत–नेपाल व्यापार तथा लगानी मञ्चका अध्यक्ष तथा बेलायती संसद्मा नेपालसम्बन्धी सर्वदलीय समूहका उपाध्यक्ष लर्ड शेख, मञ्चका उपाध्यक्ष लर्ड बिलिमोरिया, नेपालका लागि संयुक्त अधिराज्यका राजदूत निकोला पोलिट, नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र संयुक्त अधिराज्यका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदीले सम्बोधन एवं प्रस्तुति गरेका थिए ।

 

कार्यक्रममा वक्ताहरुले नेपालमा लगानीका अवसरहरुका बारेमा जानकारी दिँदै व्यापार तथा लगानी प्रवद्र्धनका लागि बेलायतका व्यवसायी एवं लगानीकर्ताहरुलाई आग्रह गरेका थिए ।

 

त्यस्तै दोस्रो दिन शनिबार दूतावासमा राष्ट्रिय दिवस विशेष समारोह तथा नेपाली सङ्गीत महोत्सवको कार्यक्रम आयोजना गरिएको थियो । उक्त दिन राजदूत डा सुवेदीले संयुक्त अधिराज्य, आयरल्याण्ड र माल्टावासी समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीको सुख, सुस्वास्थ्य र समृद्धिको कामना गर्दै सम्माननीय राष्ट्रपतिज्यू एवं सम्माननीय प्रधानमन्त्रीज्यूका शुभकामना सन्देशहरु पढेर सुनाएका थिए ।

 

त्यसैगरी तेस्रो दिन आइतबार दूतावासले नेपाल–आयरल्याण्ड समाज एवं आयरल्याण्ड–नेपाल च्याम्बर अफ कमर्शसँगको सहकार्यमा भर्चुअल माध्यमबाट राष्ट्रिय दिवस एवं नेपाल विकास सम्मेलन सम्पन्न गरेको थियो । उक्त सम्मेलनमा  नेपाल र आयरल्याण्डबीच शिक्षा, पर्यटन, व्यापार र लगानी अभिवृद्धिका अवसर र चुनौतीबारे बृहत् अन्तक्र्रिया सम्पन्न भएको थियो ।


ग्लोबल नेपालीपत्रमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई info@nepalipatra.com मा इमेल गर्न सक्नुहुनेछ । साथै तपाई आफ्नो बिजनेश प्रवद्र्धन गर्न चाहनुहुन्छ भनेsales@nepalipatra.com सम्पर्क गर्न सक्नुहुनेछ । हामीसँग तपाईंफेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

थप समाचार

काभ्रेमा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै

  • 52 minutes ago
काभ्रेमा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै

काभ्रे । पछिल्लो समय काभ्रेपलाञ्चोकमा कोरोना भाइरसको सङ्क्रमण दर घट्दै गएको छ भने कोरोनामुक्त हुनेको सङ्ख्या बढ्दै गएको छ ।

कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई कोरोना संक्रमण

  • 1 hour ago
कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई कोरोना संक्रमण

काठमाडौँ । कार्यक्रम प्रस्तोता रवि लामिछाने र उनको श्रीमती निकिता पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । यसको जानकारी उनले फेसबुकमार्फत दिएका हुन् ।

पोखरामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

  • 1 hour ago
पोखरामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु

पोखरा । पोखरामा कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १३ की ३६ वर्षीय महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तरगत कोभिड १९ उच



पर्यटन

मानहुँकोट

मानहुँकोट

दमौली । पोखराका रमेश पौडेल दशैं बिदाको अवसर पारेर तनहुँको व्यास नगरपालिका–५ मानहुँकोट आइपुगे ।

जीवनशैली

वास्तुशास्त्र अनुसार बच्चाहरुको स्टडी रुम कस्तो हुनुपर्छ ?

वास्तुशास्त्र अनुसार बच्चाहरुको स्टडी रुम कस्तो हुनुपर्छ ?

एजेन्सी । वास्तु शास्त्रका अनुसार बालबालिकाको पढ्ने कोठाको संरचना बनाउनुपर्छ । यसले उनीहरुको पढाईमा ध्यान जाने र पछि करिअरका लागि पनि सहयोग हुने वास्तुशास्त्र विदहरु बताउँछन् ।